८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग

पाथिभरा माताको मन्दिरलाई एक शेयर गर्दै पौष १४ गते शनिबार, यस्तो छ तपाईको भाग्य र भविष्य

पाथिभरा माताको मन्दिरलाई एक शेयर गर्दै  पौष १४ गते शनिबार, यस्तो छ तपाईको भाग्य र भविष्य
अ+ अ-

वि.सं. २०७५ साल पुस १४ गते। शनिबार । इश्वी सन् २०१८ डिसेम्बर २९ तारिख।
राशिफलको सुरुमा वैवाहिक जीवनलाई सफल बनाउने तरीका सफल वैवाहिक जीवनका लागि सबैभन्दा पहिलो र महत्वपूर्ण पक्ष भनेको एक–अर्कालाई बढीभन्दा बढी समय दिनु र धेरै समय साथमा बिताउनु हो । शारीरिक अन्तरंगता, करियरमा सफलतालगायत विषय मात्रै सफल वैवाहिक जीवनको कारक हैन । पति–पत्नीबीच आपसमा एक दोस्रोका लागि सौहार्दपूर्ण भावना राख्नु, एक दोस्रोको भावनालाई सम्झिनु र आपसी समझदारीबाट समस्याको हल गर्नु हो । कैयौं पटक कुनै एक विषयमा पति र पत्नीबीच फरक धारणा र सोच हुँदा पनि सम्बन्धमा तनाव उत्पन्न हुने अवस्था आउँछ । यस्तो अवस्था आउन नदिन एकअर्काको सोच, बिचार र सिद्धान्तको सम्मान गर्ने गर्नुपर्छ ।

वैवाहिक जीवनलाई सफल बनाउन एक अर्काको काम र पेषालाई सम्मान गर्नु पनि महत्वपूर्ण हुनछ । जिम्मेवारी निभाउँदा मात्रै पनि वैवाहिक जीवन सफल हुँदैन । कहिलेकाँही दुवैजना मिलेर रमाइलो गर्ने, घुम्न जाने, सरप्राइज पार्टी दिने पनि गर्नुहोस् । यसले तपाईको साथीलाई खुसी मिल्ने छ । वैवाहिक जीवनलाई सफल बनाउने अर्को महत्वपूर्ण पक्ष यो पनि हो कि तपाईं आफ्नो जीवन साथीलाई कुनै तेस्रो व्यक्तिका अगाडि अपमान नगर्नुहोस् । कैयौं पटक पति या पत्नीले आवश्यकताभन्दा बढी समय घरभन्दा बाहिर रहँदा अथवा समयमै घर नआउँदा पनि सम्बन्धमा दरार आउन सक्छ । यस्तो अवस्थामा आफू बाहिर रहनु तथा समयमै घर आउन नसक्नुको कारणबारे आफ्नो साथीलाई सत्य बताएर विश्वास दिलाउनु जरुरी हुन्छ ।

सम्बन्धलाई बचाएर राख्नका लागि यो पनि जरुरी हुन्छ कि वर्षमा ४–५ दिनका लागि भएपनि बाहिर घुम्नु जानुहोस् । वैवाहिक जीवन सफल हुनुको श्रेय साहार्दपूर्ण र साथित्वको व्यवहारलाई पनि जान्छ । तपाई परम्परागत पति अथवा पत्नी मात्रै नबन्नुहोस् । एक असल साथी बन्नुहोस् । शारीरिक सम्बन्धले वैवाहिक सम्बन्धमा घनिष्ठता ल्याउँछ । तर यो जरुरी हुँदैन कि तपाईं हरेक समय शारीरिक सम्बन्धकै बारेमा सोच्ने गर्नुहोस् । वैवाहिक जीवनलाई सफल बनाउन पति पत्नीले एक अर्काको आवश्यकतालाई बुझेर उसलाई पूरा गर्ने कोशिष गर्नुपर्छ । वैवाहिक जीवन समधुर रहन्छ ।

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ
पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई उछिन्दै फाइदा उठाउन सकिनेछ।

बृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
परिस्थितिवश चिताएको काममा विलम्ब हुनेछ। अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ला। अध्ययनमा समय दिन नसक्दा पछि परिने सम्भावना छ। लगनशीलताले मात्र परिस्थितिलाई बदल्न सक्छ। शुभचिन्तकहरूले राम्रो साथ दिनेछन्। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह
समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन्। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग विशेष सावधान रहनुहोला। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा दिएको वचनले समस्या निम्त्याउन सक्छ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो
भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। मिहिनेतले विशेष उपहार वा पुरस्कार दिलाउन सक्छ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे
बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ। विचार सम्प्रेषण गर्नुअघि पूर्वतयारी गर्नु बुद्धिमानी हुनेछ। आत्तिने बानीले काम बिग्रनुका साथै हातमा आएको मौका गुमाउनुपर्ला। अध्ययनमा त्यति समय दिन नसकिएला। स्थायी सम्पत्तिमा विवाद आउन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ।

कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो
परिश्रम परे पनि अरूका लागि उपयोग भइनेछ। रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। तर अवसरले पछ्याए पनि ठूलो आशा देखाउनेहरूबाट सावधान रहनुहोला। खानपानको असावधानीले स्वास्थ्य कमजोर रहला। सरकारी कामकाज रोकिन सक्छ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय छ। शुभचिन्तकहरूको राय लिएर अघि बढ्नुहोला।

तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते
अवसरका लागि केही दौडधुप गर्नुपर्ला। सानो गल्तीले हर्जाना तिराउन सक्छ। नयाँ काममा लगानी गर्न केही समय पर्खंदा राम्रो हुनेछ। दिगो योजनाका लागि ऋण लिने समय छ। टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। अरूको करकापमा निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ। आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने हुँदा सावधान रहनुहोला।

बृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु
दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेत गर्दा लक्ष्यमा पुगिनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। साझेदारीबाट पनि लाभ मिल्नेछ। भौतिक साधनको उपयोगले फाइदा दिनेछ। श्रमको उचित मूल्य पाइनेछ। छोटो समयमै राम्रो प्रगति हुनेछ। उद्योग र व्यापारमा विशेष लाभ हुनेछ। विभिन्न परोपकारी काममा प्रवृत्त भइनेछ। सहयोगीहरू पनि जुट्नेछन्।

धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। विशेष भेटघाटले काममा उत्साह बढाउला। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हातलागी हुने समय छ।

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि
विशेष भेटघाटले काममा उत्साह बढाउला। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। समुदायको नेतृत्व गर्दै आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ। आँटले कीर्तिमानी दिलाउन सक्छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट मनग्गे लाभ मिल्नेछ। व्यापारमा पनि निकै फाइदा हुनेछ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द
चिताएको काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। कामको चाप बढ्नेछ भने वादविवादले मन खिन्न तुल्याउनेछ। तापनि परिश्रमले फाइदा दिलाउनेछ। अध्यात्मभाव जागृत हुनाले परोपकामा मन जानेछ। तर आफ्नो वस्तुमा समेत अरूले दाबी गर्न सक्छन्। श्रम परे पनि लाभांश अरूको हातमा पर्न सक्छ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि
रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। परिवारजनको साथले काममा पनि उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ।

अन्तमा कुनै पनि असफलताविना बाँच्न त्यति सजिलो छैन । तर, असफलता त्यस्तो चिज हो जसलाई हामी सकेसम्म टार्ने प्रयास गर्छौं । तैपनि, साँच्चै नवप्रवर्तक र अग्रणीहरू भने असफलतालाई एउटा प्रक्रियाको रूपमा लिन्छन् र उनीहरू ‘असम्भव लक्ष्य’ लिएर बारम्बार असफल हुने प्रयास गर्छन् । प्रगतिका लागि असफलता जरुरी हुन्छ भन्ने कुरा स्वीकार गर्न जान्नुपर्छ । यदि तपाईं ठूलो सपना देख्नुहुन्छ र वर्तमान स्थितिलाई बदल्ने चुनौती लिन चाहनुहुन्छ भने जोखीम त उठाउनै पर्छ । असफलता हुने सम्भावना त हुन्छ, तर लडेपछि पुनः उठ्न पनि सकिन्छ भन्ने बुझ्न जरुरी छ ।