२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक वर्षमा माओवादी पहिलो पार्टीः शिक्षामन्त्री पौडेल



अ+ अ-

बलेवा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य तथा नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अबको एक वर्षमा माओवादी केन्द्र देशकै पहिलो र ठूलो पार्टी बन्ने बताउनुभएको छ ।
 
विगतका केही वर्षमा पार्टी आन्तरिक समस्यामा अल्झेको भन्दै पौडेलले पार्टीभित्रका समस्याको समीक्षा गरेर सङ्गठन बिस्तारमा लागेको बताउनुभयो । माओवादी केन्द्रले ल्याएको परिवर्तन र एजेण्डामा अरु पार्टीले रजाईं गरेको आरोप लगाउँदै पौडेलले माओवादीभित्र नयाँ जागरण आएको बताउनुभयो ।

“नेकपा फुटाउनु बाध्यता थियो, मलाई त ठिकै भएछ जस्तो लागेको छ”, पौडेलले भन्नुभयो, “अहिले हेर्नुहोस् त हाम्रा साथीहरु देखिन थाले, सङ्गठित हुन थाले ।” समावेशी राज्य व्यवस्था पार्टीको एजेण्डा भए पनि पछिल्लो समय माओवादी सकियो भन्नेले नै त्यो एजेण्डा आफ्नो भएको सस्तो प्रचार गर्नेगरेको उहाँको आरोप थियो । 

माओवादी केन्द्र जैमिनी नगर कमिटीको पहिलो अधिवेशनको शनिबार कुश्मीशेरामा उद्घाटन गर्दै पौडेलले पार्टीमा नयाँ जागरण आएको बताउनुभयो । विचार मिल्नेसँग एकताको सम्भावना कायम रहेको भन्दै पौडेलले त्यसका लागि माओवादी केन्द्रले नेतृत्व गर्ने बताउनुभयो । देशमा आउने हरेक सङ्कटको समाधान माओवादी केन्द्रकै नेतृत्व र अध्यक्ष प्रचण्डको भूमिकाले समाधान हुने गरेका उदाहरण दिँदै पौडेलले शिक्षा क्षेत्रको विकास र परिवर्तनका लागि सधै काम गर्ने बताउनुभयो ।