५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

जनतालाई ढाट्दै साँसद, पुस महिनाको पनि घरभाडा बुझ्दै

जनतालाई ढाट्दै साँसद, पुस महिनाको पनि घरभाडा बुझ्दै
अ+ अ-

काठमाडौँ । काठमाडौं उपत्यकामा घर भएका दर्जनभन्दा बढी सांसदले पुस महिनाको पनि घरभाडा लिने भएका छन् । घर भएर पनि जानकारी नदिएका सांसदलाई पुस महिनाको घर भाडाबापत १८ हजार रुपैयाँ पठाउने तयारीमा रहेको संसद् सचिवालयले जनाएको छ ।
घर हुने सांसदले भाडा लिएको समाचार प्रकाशित भएपछि १४ जनाले यसअघि लिएको रकम फिर्ता गरिसकेका छन् भने अझै १६ जनाले लिइरहेका छन् । भाडा फिर्ता गरेका सांसदलाई अब मर्मत खर्च मात्रै खातामा पठाइदिने सचिवालयले जनाएको छ । ‘मेरो घर काठमाडौंमा पनि छ भनेर जानकारी नदिएसम्म यसअघि पठाउँदै आएको भाडा कटौती गर्न मिल्दैन,’ सचिवालय स्रोतले भन्यो ।

घर हुने सांसदले घर मर्मत खर्चबापत मासिक ९ हजार पाउँछन् भने घर नहुने या नभएको दाबी गर्नेले प्रतिमहिना भाडाबापत १८ हजार रुपैयाँ पाउँछन् । सचिवालयका अनुसार नेकपाका पम्फा भुसाल, पार्वत गुरुङ, योगेश भट्टराई, विरोध खतिवडा, दलबहादुर राना, यज्ञराज सुनुवार, कांग्रेसका नारायण खडका, कर्मा घले, उमेश श्रेष्ठ, बहादुरसिंह तामाङ, भीमसेनदास प्रधान, दिव्यमणि राजभण्डारी, रामबहादुर बिष्ट, अमरेशकुमार सिंह र बालकृष्ण खाँणले गत चैतदेखि मंसिरसम्म लिएको घरभाडा फिर्ता गरेका छन् । खाँणले यसअघि लिएको १२ हजार ३ सय फिर्ता गरेका हुन् । धेरै सांसदले चैतदेखि असारसम्मको ३९ हजार ३ सय र साउनदेखि मंसिरसम्मको ४५ हजार रुपैयाँ फिर्ता गरेका छन् ।

कान्तिपुरले सूचनाको हक प्रयोग गरेर सांसदले लिएको पारिश्रमिकको अध्ययन गर्दा ३० जना सांसदले असोज महिनासम्म घरभाडा लिएको पाइएको थियो । सूचना लिइसकेपछि सचिवालयले आफ्नो कमजोरीले सांसदको खातामा भाडा गएको भन्दै नौ जनाको तीन महिनाको २७ हजारका दरले भाडाबापत रकम कात्तिक महिनाको तलबबाट कट्टा गरेको थियो ।

त्यसमा नेकपाका सुवासचन्द्र नेम्वाङ, पार्वत गुरुङ, गोमा देवकोटा, कांग्रेसका कर्मा घले, नारायण खडका, दिव्यमणि राजभण्डारी, बहादुरसिंह लामा, फोरमकी सरिता गिरी र स्वतन्त्र सांसद छक्कबहादुर लामा छन् । यीमध्ये घले, खडका, राजभण्डारी, लामा र गुरुङले असारअघि भाडाबापत लिएको ३९ हजार ३ सयका दरले फिर्ता गरिसकेको सचिवालयले जनाएको छ ।
आफ्नै घर भएर पनि भाडा लिनेको सूचीमा रहेका राजपाका राजेन्द्र महतो र लक्ष्मणलाल कर्णले अझै लिइरहेका छन् । उनीहरूले यसअघि लिएको भाडा फिर्ता गरेका छैनन् । आफ्नो घर भएको जानकारी पनि सचिवालयलाई गराएका छैनन् । काठमाडौंमा घर भएर पनि भाडा लिनेमा नेकपाका नवीना लामा, रामकुमारी झाँक्री र रामेश्वर राय यादव छन् । झाँक्री सगोलको घरमा बस्छिन् । सगोलकै घरमा बस्ने कांग्रेसका अमरेशकुमार सिंहले यसअघि लिएको भाडा फिर्ता गरिसकेका छन् ।

बाँसबारीमा घर भएका सुनुवाइ समिति सभापति लक्ष्मणलाल कर्ण र भक्तपुरको चुनदेवीमा घर भएका राष्ट्रिय सभा विधायन समितिका सभापति परशुराम मेघी गुरुङले घरभाडा लिइरहेका छन् । राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिकी सभापति तारादेवी भट्टले भैंसीपाटीस्थित छोराको घरमा बसे पनि भाडा लिइरहेकी छन् । उनले पनि भाडा फिर्ता गरेकी छैनन् । समितिका सभापतिहरूले घरभाडाबापत मासिक २५ हजार ६ सय ८ रुपैयाँ पाउँछन् ।

कांग्रेस सांसद चित्रलेखा यादवले यसअघि लिएको भाडा फिर्ता गरेकी छैनन् । नेकपाका समानुपातिक सांसद मोतीलाल दुगडले पनि घरभाडा लिइरहेका छन् । यसअघि लिएको घरभाडा पनि फिर्ता गरेका छैनन् । कान्तिपुरसँग कुराकानीमा दुगडले नक्सालमा घर भएको बताएका थिए । कांग्रेस सांसद किशोरसिंह राठोरको बालुवाटारमा घर भए पनि भाडा बुझिरहेका छन् ।
सरकारी निवासमा बस्ने जलस्रोतमन्त्री वर्षमान पुनकी श्रीमती एर्व पूर्वसभामुख ओनसरी घर्तीले पनि अझै भाडा लिएरहेकी छन् । त्यस्तै वन तथा वातावरण मन्त्री शक्ति बस्नेतसँगै पुल्चोकस्थित क्वार्टरमा बस्ने श्रीमती सत्या पहाडीले पनि मासिक घरभाडा लिइरहेकी छन् ।

सांसदहरूले यसअघि लिएको घरभाडा फिर्ता गरिरहेका बेला संसद् सचिवालयले घर हुने सांसदले भाडा लिनु सामान्य गल्ती भएको भन्दै ढाकछोप गरेपछि भाडा फिर्ता गर्न छाडेका हुन् । सचिवालयबाट भुक्तानीमा भएका सामान्य तथ्यांकीय गल्तीलाई आधार मानी सम्प्रेषित समाचारबाट ‘सम्मानित जनप्रतिनिधिहरूको आत्मसम्मानमा चोट पुगेको’ भन्दै सचिवालयले घरभाडा लिने सांसदको बचाउ गरेको थियो । कान्तीपुर दैनिकमा खबर छ ।