५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा

गौ सेवक राम दाइ सम्मानित

गौ सेवक राम दाइ सम्मानित
अ+ अ-

काठमाडौँ । पशुपति वनकालीमा नन्दी सेवा आश्रम सञ्चालन गर्दै आएका रामबहादुर न्यौपाने ९गोपाल० यसवर्षको ‘साइनिङ वल्र्ड कम्पासन एवार्ड’द्वारा पुरस्कृत हुनुभएको छ ।

सुप्रिम मास्टर इन्टरनेशनल एशोसिएशनले शनिबार ललितपुरको खुमलटारमा गरेको एक कार्यक्रममा न्यौपानेलाई एवार्डको साथमा सो संस्थाकी सञ्चालिका सुप्रिम मास्टर चिङ्हाइले पठाउनुभएको ३० हजार अमेरिकी डलरको चेक मास्टरका अनुयायीको तर्फबाट नेपाल भेगन एशोसियशनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने र मीरा खनालले हस्तान्तरण गर्नुभएको थियो ।

रामबहादुरले छाडा छोडिएका गाई गोरु तथा बाच्छाबाच्छीलाई आश्रय दिन काठमाडाँैंको पशुपति क्षेत्रको वनकालीमा नन्दी आश्रम सञ्चालन गर्दै आउनुभएको छ ।

काठमाडौँ लगायतका शहर एवं गाउँबस्तीमा गाई धनीले दूध दिँदासम्म दुहुने र दूध दिन छाडेपछि गाईलाई सडकमा लगेर छोडिदिने, आफूले धेरै दूध पाउन दूधेबाच्छोलाई पनि सडकमा छोडिदिने गर्ने गरेको पाइएको छ । छाडा छोडिएका गाईगोरु बाच्छाबाच्छीको कारणले सडकमा ट्राफिक जाम हुने, दुर्घटना हुने गरेका छन् ।

सवारी साधनले ढक्कर दिने र ती गाईगोरु तथा बाच्छाबाच्छी घाइते हुने, बिरामी हुने जस्ता धेरै समस्या हुने गरेको पाइन्छ । छाडा छोडिएका गाईगोरु बाच्छाबाच्छीलाई बस्न खान र औषधोपचारको व्यवस्था मिलाउने कामलाई आफ्नो साधना बनाएका न्यौपानेको उदाहरणीय कार्यको मूल्याङ्कन गर्दै पुरस्कृत गरिएको हो ।

सुप्रिम मास्टर चिङ्हाई विश्व प्रसिद्ध आध्यात्मिक गुरु हुनुहुन्छ । उहाँले आफ्नो शिष्य ग्रहण गर्ने जोकोहीलाई पनि सबै प्राणीप्रति दया, करुणा गर्न, प्राणी हिंसा नगर्न र पूर्ण शाकाहारी आहार एवं सात्विक जीवनयापन गर्न मार्ग दर्शन गर्नुहुन्छ ।

सुप्रिम मास्टर इन्टरनेशनल एशोसिएशनले प्रदान गर्ने साइनिङ वल्र्ड कम्पासन एवार्ड नेपालीका लागि यो तेस्रो हो । प्रथम एवार्ड समता शिक्षा सदनका उत्तम सञ्जेल र दोस्रो एवार्ड माइती नेपालकी संस्थापक अनुराधा कोइरालाले प्राप्त गर्नुभएको थियो ।
रासस