५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा

केन्द्रद्वारा वृद्धवृद्धा तथा बालबालिकाको उद्धार शुरु

केन्द्रद्वारा वृद्धवृद्धा तथा बालबालिकाको उद्धार शुरु
अ+ अ-

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा रहेका असहाय वृद्धवृद्धा तथा बालबालिकाको उद्धार शुरु गरिएको छ ।

नेपालगञ्जस्थित नीलसागर वृद्ध तथा असहाय सेवा केन्द्रले कोहलपुर क्षेत्रको फुटपाथमा रहेका, माग्दै हिँड्ने वृद्धवृद्धा तथा बालबालिकाको हिजोबाट उद्धार शुरु गरेको हो । एक साताभित्र सबैको उद्धार गरी सक्ने केन्द्रका सचिव नारायण सुवेदीले बताउनुभयो ।

नगरपालिकाको सम्झनाचोक, मदनचोक र हवलदारपुरबाट उद्धारको काम शुरु गरिएको छ । यसअघि पनि नीलसागरले कोहलपुर क्षेत्रबाट १२ जना असहायको उद्धार गरी आश्रममा राखेको केन्द्रका अध्यक्ष सरिता खनालले बताउनुभयो । सो केन्द्रमा अहिले ४० भन्दा बढी असहाय वृद्धवृद्धा तथा बालबालिकाले आश्रय लिइरहेका छन् ।

यसैबीच प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले नीलसागर केन्द्रको निरीक्षण गरी प्रदेश सरकारबाट हुने सबैखाले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले केन्द्रको नेपालगञ्ज फुलटेक्रामा निर्माण हुने योजनाको ३० कोठे पक्की भवनका लागि प्रदेश सरकारका तर्पmबाट सहयोग गरिने आश्वासन दिनुभयो । त्यस अवसरमा केन्द्रका अध्यक्ष खनालले आश्रमबाट सञ्चालित गतिविधिका बारेमा मुख्यमन्त्री पोखरेललाई जानकारी गराउनुभएको थियो । रासस