५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा

कन्दमूल खाएर ‘पुसे पन्ध्र’ मनाइँदै

कन्दमूल खाएर ‘पुसे पन्ध्र’ मनाइँदै
अ+ अ-

डोटी । सुदूरपश्चिम प्रदेशसहित डोटी जिल्लामा कन्दमूल खाएर आज विभिन्न कार्यक्रमको आयोजनासहित पुसे पन्ध्र मनाइँदै छ ।

यहाँका विभिन्न जिल्लामा आ–आफ्नो जिल्लाअनुसार रहेका प्रख्यात परिकारसहित आजका दिन १५ प्रकारका खानेकुरा खाने तथा राति विभिन्न पुराना राजारजौटाका कथाव्यथाका बारेमा रचिएका किंवदन्ती गाउने र भन्ने चलन पनि रहेको छ । डोटीलगायत अन्य जिल्लामा आज राति गाउँभरिका मानिस एक ठाउँमा जम्मा हुने तथा त्यहाँ उक्त किंवदन्ती भन्ने तथा सुन्ने चलन रहेको डोटी बोगटान गाउँपालिका सिमीचौरका स्थानीयवासी हेमबादुर बुढाले बताउनुभयो ।

आज राति मीठा खानेकुरा पकाएर खुवाउने, रातभरि जाग्राम बस्ने, डेउडा खेल्ने तथा बिहान उज्यालो नहुँदै नुहाइधुवाई गर्ने चलन रहेको छ । यति मात्र नभई सुदूरपश्चिमभरिमा आजको रातलाई पन्नरी रातसमेत भन्ने चलन छ । आजको रातिमा तरुल, तेकुना, फर्सी, पिँडालु, सख्खरखण्ड तथा अन्नमा चालको परिकारबाट बनेको रोटी भुने खाने चलन रहेको शिखर नगरपालिका–१ कप्पलेकीका स्थानीयवासी अनिल शाहीले बताउनुभयो ।
पुसको १५ गते बढी चिसो हुने भएकाले चिसो हटाउनका लागि यहाँका स्थानीयवासी दिनभरि जङ्गलमा गएर तरुललगायत विभिन्न कन्दमूल खोजेर ल्याउने र राति उसिनेर खाने गर्दछन् । पुस १५ देखि दिनहरु बिस्तारै लम्बिदै जाने किंवदन्ती रहेको छ । आज राति खानका लागि यहाँका बजारहरुमा विभिन्न जङ्गली कन्दमूल बिक्री वितरण गर्नेहरुको बिहानदेखि घुइँचो लागेको दीपायल पिपल्लाका स्थानीय व्यापारी लेकबहादुर देउवाले बताउनुभयो ।
रासस