१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनप्रतिनिधिले घरदैलो गर्ने



अ+ अ-

काठमाडौँ । तारकेश्वर नगरपालिकाका जनप्रतिनिधिले घरदैलो कार्यक्रम सञ्चालन गर्ने भएका छन् ।

जनताका गुनासा तथा समस्यालाई उजागर गर्न जनप्रतिनिधि आफैँ जनताको घरदैलोमा पुग्ने भएका हुन् । तारकेश्वर– ९ का वडाध्यक्ष बलराम सिटौलाका अनुसार नागरिकका समस्या सजिलै सम्बोधन गर्न सक्ने उद्देश्यले सो कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको हो ।

कार्यक्रम आगामी माघदेखि सञ्चालन गरिने बताइएको छ । हरेक महीनाको अन्तिम शनिबार नगरप्रमुख, उपप्रमुख र वडा अध्यक्षसहितको टोली जनताको घरदैलोमा पुग्ने भएका छन् । यसरी जनप्रतिनिधि जनताको घरदलौसम्म पुग्ने भएपछि जनताले आफ्ना समस्या सजिलै जनप्रतिनिधि समक्ष व्यक्त गर्नेछन् । रासस