१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्यौलताका बीच कङ्गोमा मतदान



अ+ अ-

किन्शास । लोकतान्त्रिक गणतन्त्र कङ्गोमा अन्यौलता र विबादका बीच आइतबार मतदान भएको छ ।

निर्वाचन स्थगित गरेर पछाडी सार्ने की डिसेम्बर ३० आजकै दिन गर्ने भन्ने बारेमा अन्यौलताका बीच मतदान भएको हो ।
आफ्नो भविष्य निर्धारण गर्न देशभरी ठूलो संख्यामा मतदाताहरु मतदानमा सहभागी भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

राष्ट्रपति सोजेफ काबिलाको कार्यकाल सकिएकाले नयाँ राष्ट्रपति चयनका लागि भएको निर्वाचनका क्रममा केही हिंसात्मक घटनाहरु भएका थिए ।

यसअघि तय गरेको निर्वाचन पछाडि सारिएकाले निष्पक्ष र स्वतन्त्र निर्वाचन हुनेमा विपक्षीहरुले आशङ्का गरेका छन् ।
संयुक्त राष्ट्रसंघले यसअघि तय गरिएको निर्वाचनको वातावरण, स्वच्छता र निष्पक्षतामा प्रश्न उठाएपछि निर्वाचन पछाडी सरेर अहिले भएको हो ।

राष्ट्रपति काबिलाले भने निर्वाचन निष्पक्ष र स्वतन्त्र हुनेमा आशङ्का नगर्न आह्वान गर्दै निर्वाचनमा सक्रिय सहभागी हुन सवैलाई आग्रह गर्नु भएको छ ।
राष्ट्रपति काबिला विगत १७ बर्षदेखि लोकतान्त्रिक गणतन्त्र कङ्गोको राष्ट्रपतिको रुपमा रहनु भएको छ ।