५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा

हुलाकी सडक कालोपत्रे शुरु

हुलाकी सडक कालोपत्रे शुरु
अ+ अ-

विराटनगर । मोरङ–सुनसरी जिल्लाका दक्षिणसीमावर्ती क्षेत्रका जनतालाई आवातजावतमा सहज हुने हुलाकी मार्गको कालोपत्र गर्ने कार्य शुरु भएको छ ।

पूर्व–पश्चिम राजमार्गको वैकल्पिक मार्गको रुपमा रहेको यस मार्गको मर्मतसम्भारका साथै व्यवस्थित बनाउन लागिएको छ । विराटनगरस्थित सडक डिभिजन कार्यालयले विराटनगर–रङ्गेली सडक तथा विराटनगर– देवागञ्ज सडकमा कालेपत्रे गर्ने काम शुरु गरिरहेको छ ।

विराटनगरबाट–रङ्गेली १२ किलोमिटर तथा विराटनगरबाट–सुनसरीको देवानगञ्ज १४ किलोमिटर सडकमा कालोपत्रे गर्ने काम भइरहेको सडक कार्यालय विराटनगरका डिभिजन प्रमुुख शुुभराज न्यौपानेले बताउनुुभयो ।

विराटनगर रङ्गेली सडकमा मर्मतसम्भारसँगै कालोपत्रे गर्ने कार्यको शुुरु गरिएको प्रमुुख न्यौपानेको जानकारी दिनुभयो । रङ्गेली–विराटनगर सडक यही हप्ताभित्र कार्य सम्पन्न गर्ने गरी काम भइरहेको छ भने देवानगञ्ज–विराटनगर सडक चालुु आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।

विराटनगर रङ्गेली सडकको आद्यविक मर्मतका लागि रु दुई करोड ७४ लाख र विराटनगर–देवानगञ्ज सडकमा कालोपत्रे गर्न रु १२ करोड २८ लाखमा ठेक्का लागेको हो । मोरङ र सुुनसरी जिल्ला जोड्ने पुुरानो हुुलाकी राजमार्गको रुपमा रहेको विराटनगर–देवानगञ्ज सडकको १४ किलोमिटर सडकमध्ये पाँच किलोमिटर सडकमा कालोपत्रे गर्ने काम सम्पन्न भइसकेको छ ।

यसअघि ग्राबेल रहेको उक्त सडकमा कालोपत्रे गर्ने काम सुुनसरीको देवानगञ्ज तर्फ भइरहेको छ । उक्त सडक मोरङको अस्थायी राजधानी विराटनगरबाट सोझै देवानगञ्ज जोडिने भएकाले आर्थिक दृष्टिकोणले सडक महत्वपूुर्ण रहेको छ ।

ग्रामीण क्षेत्रका जनतालाई बाह्रैमहीना शहरमा आगामनका लागि जोड्न सडक विभागले निमार्णलाई महत्व दिर्दै आएको कार्यालय प्रमुुख न्यौपानेले बताउनुुभयो । यहाँका किसानले उत्पादन गरेका हरियो तरकारी विराटनगरका व्यापारीलाई थोक तथा खुद्रामा बिक्री वितरण गर्ने गरिन्छ ।

देवानगञ्ज र कप्तानगञ्जमा उत्पादन हुने हरियो तरकारी दैनिक रुपमा विराटनगरको बजारमा खपत हुने गर्दछ । तरकारीको उत्पादन हुने मख्य क्षेत्र रहेका यहाँका कृषकलाई सडक निर्माण भएपछि कृषि उत्पादन वस्तु बजारसम्म पु¥याउन सहज भएको छ । आर्थिक महत्व बोकेको दुबै सडक कालेपत्रे भएपछि यातायातको सहज पहुँुचबाट यस क्षेत्रका जनताको आर्थिक समृिद्धमा सहयोग पुग्ने देखिन्छ । रासस