१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुलाकी सडक कालोपत्रे शुरु



अ+ अ-

विराटनगर । मोरङ–सुनसरी जिल्लाका दक्षिणसीमावर्ती क्षेत्रका जनतालाई आवातजावतमा सहज हुने हुलाकी मार्गको कालोपत्र गर्ने कार्य शुरु भएको छ ।

पूर्व–पश्चिम राजमार्गको वैकल्पिक मार्गको रुपमा रहेको यस मार्गको मर्मतसम्भारका साथै व्यवस्थित बनाउन लागिएको छ । विराटनगरस्थित सडक डिभिजन कार्यालयले विराटनगर–रङ्गेली सडक तथा विराटनगर– देवागञ्ज सडकमा कालेपत्रे गर्ने काम शुरु गरिरहेको छ ।

विराटनगरबाट–रङ्गेली १२ किलोमिटर तथा विराटनगरबाट–सुनसरीको देवानगञ्ज १४ किलोमिटर सडकमा कालोपत्रे गर्ने काम भइरहेको सडक कार्यालय विराटनगरका डिभिजन प्रमुुख शुुभराज न्यौपानेले बताउनुुभयो ।

विराटनगर रङ्गेली सडकमा मर्मतसम्भारसँगै कालोपत्रे गर्ने कार्यको शुुरु गरिएको प्रमुुख न्यौपानेको जानकारी दिनुभयो । रङ्गेली–विराटनगर सडक यही हप्ताभित्र कार्य सम्पन्न गर्ने गरी काम भइरहेको छ भने देवानगञ्ज–विराटनगर सडक चालुु आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।

विराटनगर रङ्गेली सडकको आद्यविक मर्मतका लागि रु दुई करोड ७४ लाख र विराटनगर–देवानगञ्ज सडकमा कालोपत्रे गर्न रु १२ करोड २८ लाखमा ठेक्का लागेको हो । मोरङ र सुुनसरी जिल्ला जोड्ने पुुरानो हुुलाकी राजमार्गको रुपमा रहेको विराटनगर–देवानगञ्ज सडकको १४ किलोमिटर सडकमध्ये पाँच किलोमिटर सडकमा कालोपत्रे गर्ने काम सम्पन्न भइसकेको छ ।

यसअघि ग्राबेल रहेको उक्त सडकमा कालोपत्रे गर्ने काम सुुनसरीको देवानगञ्ज तर्फ भइरहेको छ । उक्त सडक मोरङको अस्थायी राजधानी विराटनगरबाट सोझै देवानगञ्ज जोडिने भएकाले आर्थिक दृष्टिकोणले सडक महत्वपूुर्ण रहेको छ ।

ग्रामीण क्षेत्रका जनतालाई बाह्रैमहीना शहरमा आगामनका लागि जोड्न सडक विभागले निमार्णलाई महत्व दिर्दै आएको कार्यालय प्रमुुख न्यौपानेले बताउनुुभयो । यहाँका किसानले उत्पादन गरेका हरियो तरकारी विराटनगरका व्यापारीलाई थोक तथा खुद्रामा बिक्री वितरण गर्ने गरिन्छ ।

देवानगञ्ज र कप्तानगञ्जमा उत्पादन हुने हरियो तरकारी दैनिक रुपमा विराटनगरको बजारमा खपत हुने गर्दछ । तरकारीको उत्पादन हुने मख्य क्षेत्र रहेका यहाँका कृषकलाई सडक निर्माण भएपछि कृषि उत्पादन वस्तु बजारसम्म पु¥याउन सहज भएको छ । आर्थिक महत्व बोकेको दुबै सडक कालेपत्रे भएपछि यातायातको सहज पहुँुचबाट यस क्षेत्रका जनताको आर्थिक समृिद्धमा सहयोग पुग्ने देखिन्छ । रासस