१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन हो भन्दै नक्कली सुन बेच्ने प्रकाउ, चार लाख ठगिको आरोप



अ+ अ-

काठमाडौं। नक्कली सुनलाई सक्कली भन्दै ठगी गर्ने एक जनालाई प्रकाउ गरिएको छ । ललितपुर उपमहानगरपालिका वडा नं १३ बस्ने २६ वर्षका राजु परियारलाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौँको जडिबुटीस्थित पेप्सीकोला एरियामाबिभिन्न व्यक्तिहरुलाई नक्कली सुन देखाई सक्कली हो भन्दै झुक्याएर ठगी गरेको सूचनाको आधारमा परियारलाइ प्रकाउ गरेको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।

अपराधिक क्रियाकलापमा संलग्न राजु परियारको खोजतलासका क्रममा बा ८२ प ५६८८ नंम्बर को चोरीको मोटरसाइकल समेत फेला पारेको परिसर जनाएको हो । प्रहरीले परियारलाई शरीर र कोठमा खानतलासी गर्दा सुनजस्तो देखिने नक्कली सुनका गहनाहरु समेत फेला पारेकोले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

नक्कली गहना दिएर रवि तामाङको २ लाख रुपैयाँ र रमेश मगरको १ लाख ९० हजार ठगी गरेको जाहेरी दरखास्त समेत परेको हुँदा ठगी मुद्धामा काठमाडौं जिल्ला अदालतबाट म्याद थप लिइ अन्य अनुसन्धान समेत भइरहेको प्रहरीले जनाएको छ ।