५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा

काठमाडौँमा नगुडेको विद्युतीय बस दाङमा कुदाउछु : मुख्यमन्त्री पोखरेल

काठमाडौँमा नगुडेको विद्युतीय बस दाङमा कुदाउछु : मुख्यमन्त्री पोखरेल
अ+ अ-

दाङ । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले तुलसीपुरको विकासका लागि नयाँ ढङ्गबाट योजना बनाउनुपर्ने बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाले आज आयोजना गरेको तुलसीपुर आर्थिक विकास सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले परम्परागत ढङ्गबाट अब तुलसीपुरलाई ‘स्मार्ट सिटी’ बनाउन नसकिने भन्दै तुलसीपुुरको विकासका लागि अब नयाँ योजना बनाउनुपर्ने बताएका हुन् ।

मुख्यमन्त्री पोखरेलले दाङमा यस आ.वदेखि विद्युतीय बस सञ्चालन गर्ने प्रदेश सरकारको लक्ष्य रहेको र त्यसमा स्थानीय र नगरपालिकाहरुको साक्षेदारी आवश्यक रहेको बताएका छन्। उनले विद्युतीय बस सञ्चालनले दाङलाई वातावरणमैत्री बनाउन सहयोग पुग्ने बताए । “विद्युतीय बस सञ्चालन गरेमा बसबाट उत्पन्न हुने प्रदूषण न्यूनीकरण हुने र मुलुक नयाँ युगमा प्रवेश गरेको आभास हुने उनको भनाइ थियो ।

उपमहानगरपालिकाको विकासका लागि स्थानीय तहहरुबीच सहकार्य हुन आवश्यक रहेको समेत उनको भनाइ थियो । गाउँलाई बजारसँग जोड्ने गरी योजना बनाउनुपर्ने समेत बताएका छन् । अहिले दाङका कुनै पनि शहर व्यवस्थित नभएको भन्दै ती शहरलाई व्यवस्थित बनाउन निकै चुनौती सामना गर्नुपर्ने उनको भनाइ छ ।

उपमहानगरपालिकालाई व्यवस्थित बनाउन बजार बाहिरको व्यक्तिको जग्गालाई अधिग्रहण गर्ने र ती जग्गामा व्यवस्थित बजार बनाएर आम्दानी भएको फाइदा जग्गाधनीलाई दिने तथा अर्को विकल्पका रुपमा व्यक्तिको जग्गा अधिग्रहण गरी त्यसमा विकास गर्ने र मूल्यवृद्धि गरी व्यक्तिलाई फिर्ता दिने तथा त्यसको केही हिस्सा उपमहानगरपालिकाले लिने गरेमा व्यवस्थित शहर निर्माण हुने उनको भनाइ छ ।

मुख्यमन्त्री पोखरेलले शहरलाई व्यवस्थित गर्न व्यवस्थित सडक, घरहरुको डिजाइन, बिजुलीको प्रयोग, ढल निकास, नदी किनारका बारेमा योजना, खोलाको किनारको बस्ती व्यवस्थितलगायत कुरामा ध्यान दिनुपर्ने बताए ।

त्यस्तै शहरका नागरिकलाई ग्रामीण क्षेत्रमा बसोबास गर्ने वातावरण तयार पार्नुपर्ने, बजारका उत्तरतिरका पहाडलाई हिल स्टेशनका रुपमा विकास गर्नुपर्ने तथा दक्षिणतिरका फाँटमा रात्रिकालीन विकासका रुपमा ध्यान दिनुपर्ने बताए । तुलसीपुरको ‘क’ लाइनलाई व्यावसायिक केन्द्रका रुपमा संरचनाहरु तयार पार्नुपर्ने, राम्रो होटेल व्यवसायको विकासमा ध्यान दिनुपर्ने बताउका हुन् ।

दाङमा उत्पादन भएको मनसुली चामलले काठमाडौँमै राम्रो बजार पाएकाले मनसुली ब्राण्डका रुपमा विकास गर्नुपर्ने, कृषिको विकासमा ध्यान दिनुपर्ने, दाङलाई कर्णालीकै ‘ट्रान्जिट प्वाइन्ट’का रुपमा विकासका लागि शिक्षा, स्वास्थ्य, उद्योग, सूचना तथा प्रविधिको विकास लगायतमा ध्यान दिनुपर्ने बताएका छन् ।

कार्यक्रममा आर्थिक विकासमा लगानी व्यवस्थापन तथा सम्भावनाबारे विष्णु पुरी, तुलसीपुर उपमहानगरपालिकामा आर्थिक विकासका सम्भावना, नीति तथा कार्यक्रमका बारेमा बाबुराम रानाभाट, प्रदेश सरकारको स्थानीय आर्थिक विकाससम्बन्धी रणनीति र सोच बारेमा पाँच नम्बर प्रदेश योजना आयोगका उपाध्यक्ष डा प्रकाश श्रेष्ठ, स्थानीय आर्थिक विकासको अवधारणाबारे तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आनन्द सारुले प्रस्तुति राखेका थिए ।

कार्यक्रममा सहभागीलाई स्वागत गर्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले तुलसीपुर आर्थिक विकास सम्मेलनबाट तुलसीपुरको आर्थिक विकासका लागि आएका सुझावलाई आउँदो वर्षको बजेट तथा नीति तथा कार्यक्रममा समावेश गर्ने बताए ।