१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

किम जोङको चिठी दक्षिणका राष्ट्रपतिलाई



अ+ अ-

उत्तर कोरियाली नेता किम जोङ उनले आउँदो वर्ष दक्षिण कोरियालीले राष्ट्रपति मुन जाइ इनसँग अनआणविकीकरणका लागि धेरैभन्दा धेरै वार्ता गर्ने बचन दिएका छन्।

अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा शनिबार मुनलाई एउटा चिठी लेखेर उनले यही वर्ष दक्षिणको राजधानी सउलको भ्रमण गर्ने भने पनि पूरा नभएको तर अर्को साल निरन्तर वार्ता गर्ने वाचा गरेको मुनको कार्यालयले जनाएको छ। उत्तरले दक्षिणलाई कहिलेकाहीँमात्र चिठी लेख्छ। चिठी कसरी आएको थियो भन्नेबारे मुनको कार्यालयले केही खुलाएको छैन।
सन् २०१८ मा उन र दक्षिण कोरियाली राष्ट्रपति मुनबीच तीन पटक भेट भएको थियो। तीमध्ये २ भेट सीमावर्ती पान्मुन्जोम गाउँमा भएको थियो भने तेस्रो भेटका लागि मुन प्योङयाङ पुगेका थिए।

यही वर्ष सिंगापुरमा भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर वार्ताका क्रममा उनले देशको आणविक कार्यक्रम रोक्ने र अन्तर्राष्ट्रिय विज्ञलाई आणविक भट्टीको निरीक्षण गर्न दिने सहमति गरेका थिए। ऐजेन्सी