• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्छ: उपसभापति वाग्ले ★   टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसक्योः रोहित ★   अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी ★   सिभिल सहकारीको सम्पत्ति हड्प्न सिभिल मलका मालिक लालकाजी र मिनाले मुद्दा हालेको पीडित बचतकर्ताहरुको आरोप ★   हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी ★   भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौँः मन्त्री श्रेष्ठ ★   एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान ★   राप्रपा भक्तपुर अध्यक्षमा कार्की निर्वाचित ★   प्राकृतिक सम्पदाको उपयोगबाट आत्मनिर्भरता बन्दै म्याग्दी ★   स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड

लोकमार्ग आसपास होटल बढे, लगानी थपिए



तेह्रथुम । निर्माणाधीन मध्यपहाडी लोकमार्ग आसपास सुविधासम्पन्न होटल र लज सञ्चालनमा आउने क्रम बढ्दो छ । व्यवसायीले सडक आसपास होटलमा लगानी गर्न थालेका छन् । लोकमार्गको ट्र्याक खोलेर धुले सडकमा सवारी गुड्ने थालेसँगै व्यवसायीले पर्यटक लक्ष्यित रिसोर्ट र होटलहरुमा लगानी गर्न थालेका हुन् ।
सडक आसपासका स–साना बजारहरुमा रहेका होटलहरुले समेत लगानी बढाएका छन् । राष्ट्रिय गौरवको आयोजना भएकाले कालान्तरमा ग्राहकको चाप बढ्ने सोचेर होटलमा लगानी बढाएको उनीहरु बताउँछन् । मध्य पहाडी लोकमार्गको करीव १३५ किलोमिटर खण्ड तेह्रथुममा मात्रै पर्छ ।

यो सडक आसपासका बस्तीहरुले समेत बजारको रुप लिने क्रम बढेको छ । सडक आसपासका मुख्य व्यापारिक केन्द्रहरु सक्रान्ति, म्याङलुङ्ग, वसन्तपुर, जिरिखिम्ती, लसुनेलगायत बजारहरु तीब्र गतिमा फैलिँदैछन् । यस्तै, सानो बस्तीको रुपमा रहेका चुहानडाँडा, इवा, छातेढुङ्गा, सक्रान्ति, ओयाक्जुङ, इसिवु, हलिमेला लगायत गाउँमा पनि शहरीकरण बढ्दो छ । शहरीकरण हुँदै गरेका ती बजार र पर्यटकीय सम्भावना भएका ठाउँहरुमा होटल र रिसोर्टहरु खोलिएका हुन् ।

स्थानीयबासीकै लगानीमा समेत सडक आसपास साना–ठूला होटल, पसल, लज, रिसोर्ट खोल्ने क्रम शुरु भएको मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनीयर सुरेश तुम्बाहाम्फेले बताउनुभयो । “ठाउ“ठाउ“मा ग्रामीण बजारको विस्तार र व्यवसाय गर्नेको सङ्ख्या वृद्धि भएको छ,” उहाँले भन्नुभयो । लोकमार्गको खोरुंगा खोला नजीकै खोरुगा खोला रिसोर्ट खुलेको छ ।

स्थानीय दुई युवा दाजुभाइले ४० लाख रुपैयाँ भन्दा बढी लगानी गरी खोलेको रिसोर्ट अहिले आन्तरिक र बाह्य पर्यटकहरुले भरिभराउ हुने गरेको छ । सदरमुकाम म्याङलुङ्ग नजीकै भएकाले पनि साताको शनिबार रिसोर्टमा भीड लाग्छ । खोरुंगामा पौडी खेल्ने, माछा खाने, घुम्ने र रमाइलो गर्नेहरु खोलामा पुग्ने गर्छन् ।

म्याङलुङ्ग र जिरिखिम्ती बजारको मध्यभागमा टुक्रे नजीकै बगाले होटल खुलेको छ झण्डै एक करोड रुपैयाँको लगानीमा । लसुने बजार नजीकै दुई वर्षयता पर्यटक लक्ष्यित कालापानी रिसोर्ट सञ्चालित छ । उच्च पहाडी क्षेत्रमा पाइने ट्राउट माछाको व्यावसायिक पालनसहित सञ्चालित सो रिसोर्ट पनि पर्यटकलाई सत्कार गर्न व्यस्त रहन्छ ।

रिसोर्टमा आफूले ५ करोड रुपैयाँ भन्दा बढी लगानी गरेको सञ्चालक धर्मराज खड्का बताउनुहुन्छ । लोकमार्ग निर्माण हुने भएपछि वसन्तपुर बजारका पेम्बा छिरिङ भोटियाले पनि होटलमा लगानी थप्नुभएको छ । पाँच करोड रुपैयाँ लगानी गरेर होटलमा सुविधा थप गरेको उहाँले बताउनुभयो । “लोकमार्ग निर्माण हुने भएपछि मानिसहरुको आवतजावत बढ्ने भएकाले होटलमा लगानी थपेको हुँ,” उहाँले भन्नुभयो ।

अब भोटियाको यो होटल जिल्लाकै एकमात्र सुविधायुक्त होटल बनेको छ । लोकमार्गले सदरमुकाम म्याङलुङलाई समेत छोएर जाने भएपछि ब्लु–हेवन होटलका सञ्चालक रोमभगत प्रधानाङ्गले पनि पहिलेको होटल भत्काएर सुविधासम्पन्न होटल निर्माण गरिरहनुभएको छ । होटलमा तीन करोड रुपैयाँ भन्दा बढी रकम खर्च गर्ने र सुविधायुक्त बनाउने तयारी रहेको उहाँले बताउनुभयो ।

सात वर्षअघिसम्म जिल्लाकै दुर्गम मानिएको तत्कालीन चुहानडा“डा गाविसमा यतिबेला मध्यपहाडी लोकमार्गका कारण निकै चहलपहल छ । बजारमा घरहरु थपिँदा छन् । होटल तथा पसलसमेत खुल्ने क्रम जारी छ । यसले एकातिर आर्थिक गतिविधिलाई बढाएको छ भने अर्कोतर्फ बसाइसराई रोकिएको छ । लोकमार्गले छोएका विभिन्न ठाउ“मा साना बजारहरु विस्तार भएर व्यापार गर्नेको भीड बढिरहेको आठराई गाउँपालिका–४, इवाका वडाध्यक्ष श्यामकुमार भट्टराईले बताउनुभयो ।

“सडक नहुँदा उपभोग्य बस्तु खरिद गर्न पाँचथर पुग्नुपथ्र्यो, अहिले घरदैलोमै सडक आयो,” उहाँ भन्नुहुन्छ – “सडकसँगै टोल–टोलमा बजार बनेका छन् ।” आठराई गाउँपालिकाका बासिन्दा लोकमार्गको ट्र्याक खुलेर सवारी नआउञ्जेलसम्म दैनिक उपभोग्य वस्तु लिनकै लागि डेढ दिन पैदल हिँडेर पाँचथरको फिदिम पुग्थे । तर अहिले यहाँबाट दैनिक दर्जनौँ सवारीका साधनहरु फिदिम हुँदै झापा, दमक, विराटनगर र धरानसम्म पनि पुग्ने गरेका सक्रान्तिबजार उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रेम पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो – “सडक आएपछि विकासको गति बढ्यो । व्यवसायीले लगानी पनि गर्न थालेका छन् ।” लोकमार्ग आसपास आठराई गाउँपालिकाका विभिन्न ठाउँमा मात्रै दर्जनौँ होटलहरु थपिएका उहाँले जानकारी दिनुभयो ।

चुहानडाँडामा पछिल्ला दुई वर्षमा १० वटा नयाँ घर निर्माण भएर स–साना होटलहरु सञ्चालनमा आएका स्थानीय बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक कृष्ण बाँस्कोटाले बताउनुभयो । सक्रान्ति बजारमा पनि पाँच वटा नयाँ होटल थपिएका छन् । लोकमार्गकै इसिवु र ओयाक्जुङ खण्डमा पनि पसल, व्यवसाय र होटल खुल्ने क्रम वृद्धि भएको फेदाप गाउँपालिका–२ का वडाध्यक्ष गोविन्द मादेम्बाले बताउनुभयो ।

सडकको पहुँच वृद्धि भइरहेकै कारण व्यवसाय जम्ने देखेर लोकमार्ग आसपासमा धेरैले होटल व्यवसायमा लगानी बढाएका तेह्रथुम उद्योग वाणिज्य सङ्घका पुर्वअध्यक्ष महेन्द्र काफ्लेले बताउनुभयो । “तमोर नदीले छोएका गाउँ–गाउँमा समेत शहरीकरण हुँदैछ, गाउँमै पनि सानो पूँजीबाटै पसल, होटल र व्यवसाय सञ्चालन गर्नेहरु बढेका छन्,” उहाँले भन्नुभयो । लोकमार्गको आसपास पछिल्लो पाँच वर्षको अवधिमा एकसय भन्दा बढी साना–ठूला होटलहरु खुलेका छन् ।

सडक निर्माणसँगै सवारीसाधनमा आउने यात्रुका कारण लोकमार्ग आसपासका बजार क्षेत्रमा ग्राहकको चाप वृद्धि भएको जिल्ला समन्वय समिति प्रमुख शिवप्रसाद ढुंगानाले बताउनुभयो । सडकले गाउँमा व्यापार राम्रो हुने भएपछि गाउँ छाडेर पूर्वी तराईमा व्यवसाय गर्नेहरु पनि गाउँ फर्किन थालेका छन् ।

लोकमार्गले गाउँमा बढिरहेको बसाइसराई रोकेको छ भने यहाँ कमाएर जिल्ला बाहिर लगानी गर्नेहरु घटेका छन् । नेपाल र भारतको सीमा क्षेत्र पा“चथरको चियोभञ्ज्याङदेखि बैतडीको झुलाघाट जोड्ने यो सडक खण्ड निर्माणसँंगै गाउ“मा विकासको लहर शुरु भएको समन्वय समितिका प्रमुख ढुंगानाको मूल्याङ्कन छ । लोकमार्गले छोएका गाउँमा जग्गाको मूल्य समेत अकाशिएको छ ।