८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

लोकमार्ग आसपास होटल बढे, लगानी थपिए

लोकमार्ग आसपास होटल बढे, लगानी थपिए
अ अ+ अ-

तेह्रथुम । निर्माणाधीन मध्यपहाडी लोकमार्ग आसपास सुविधासम्पन्न होटल र लज सञ्चालनमा आउने क्रम बढ्दो छ । व्यवसायीले सडक आसपास होटलमा लगानी गर्न थालेका छन् । लोकमार्गको ट्र्याक खोलेर धुले सडकमा सवारी गुड्ने थालेसँगै व्यवसायीले पर्यटक लक्ष्यित रिसोर्ट र होटलहरुमा लगानी गर्न थालेका हुन् ।
सडक आसपासका स–साना बजारहरुमा रहेका होटलहरुले समेत लगानी बढाएका छन् । राष्ट्रिय गौरवको आयोजना भएकाले कालान्तरमा ग्राहकको चाप बढ्ने सोचेर होटलमा लगानी बढाएको उनीहरु बताउँछन् । मध्य पहाडी लोकमार्गको करीव १३५ किलोमिटर खण्ड तेह्रथुममा मात्रै पर्छ ।

यो सडक आसपासका बस्तीहरुले समेत बजारको रुप लिने क्रम बढेको छ । सडक आसपासका मुख्य व्यापारिक केन्द्रहरु सक्रान्ति, म्याङलुङ्ग, वसन्तपुर, जिरिखिम्ती, लसुनेलगायत बजारहरु तीब्र गतिमा फैलिँदैछन् । यस्तै, सानो बस्तीको रुपमा रहेका चुहानडाँडा, इवा, छातेढुङ्गा, सक्रान्ति, ओयाक्जुङ, इसिवु, हलिमेला लगायत गाउँमा पनि शहरीकरण बढ्दो छ । शहरीकरण हुँदै गरेका ती बजार र पर्यटकीय सम्भावना भएका ठाउँहरुमा होटल र रिसोर्टहरु खोलिएका हुन् ।

स्थानीयबासीकै लगानीमा समेत सडक आसपास साना–ठूला होटल, पसल, लज, रिसोर्ट खोल्ने क्रम शुरु भएको मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनीयर सुरेश तुम्बाहाम्फेले बताउनुभयो । “ठाउ“ठाउ“मा ग्रामीण बजारको विस्तार र व्यवसाय गर्नेको सङ्ख्या वृद्धि भएको छ,” उहाँले भन्नुभयो । लोकमार्गको खोरुंगा खोला नजीकै खोरुगा खोला रिसोर्ट खुलेको छ ।

स्थानीय दुई युवा दाजुभाइले ४० लाख रुपैयाँ भन्दा बढी लगानी गरी खोलेको रिसोर्ट अहिले आन्तरिक र बाह्य पर्यटकहरुले भरिभराउ हुने गरेको छ । सदरमुकाम म्याङलुङ्ग नजीकै भएकाले पनि साताको शनिबार रिसोर्टमा भीड लाग्छ । खोरुंगामा पौडी खेल्ने, माछा खाने, घुम्ने र रमाइलो गर्नेहरु खोलामा पुग्ने गर्छन् ।

म्याङलुङ्ग र जिरिखिम्ती बजारको मध्यभागमा टुक्रे नजीकै बगाले होटल खुलेको छ झण्डै एक करोड रुपैयाँको लगानीमा । लसुने बजार नजीकै दुई वर्षयता पर्यटक लक्ष्यित कालापानी रिसोर्ट सञ्चालित छ । उच्च पहाडी क्षेत्रमा पाइने ट्राउट माछाको व्यावसायिक पालनसहित सञ्चालित सो रिसोर्ट पनि पर्यटकलाई सत्कार गर्न व्यस्त रहन्छ ।

रिसोर्टमा आफूले ५ करोड रुपैयाँ भन्दा बढी लगानी गरेको सञ्चालक धर्मराज खड्का बताउनुहुन्छ । लोकमार्ग निर्माण हुने भएपछि वसन्तपुर बजारका पेम्बा छिरिङ भोटियाले पनि होटलमा लगानी थप्नुभएको छ । पाँच करोड रुपैयाँ लगानी गरेर होटलमा सुविधा थप गरेको उहाँले बताउनुभयो । “लोकमार्ग निर्माण हुने भएपछि मानिसहरुको आवतजावत बढ्ने भएकाले होटलमा लगानी थपेको हुँ,” उहाँले भन्नुभयो ।

अब भोटियाको यो होटल जिल्लाकै एकमात्र सुविधायुक्त होटल बनेको छ । लोकमार्गले सदरमुकाम म्याङलुङलाई समेत छोएर जाने भएपछि ब्लु–हेवन होटलका सञ्चालक रोमभगत प्रधानाङ्गले पनि पहिलेको होटल भत्काएर सुविधासम्पन्न होटल निर्माण गरिरहनुभएको छ । होटलमा तीन करोड रुपैयाँ भन्दा बढी रकम खर्च गर्ने र सुविधायुक्त बनाउने तयारी रहेको उहाँले बताउनुभयो ।

सात वर्षअघिसम्म जिल्लाकै दुर्गम मानिएको तत्कालीन चुहानडा“डा गाविसमा यतिबेला मध्यपहाडी लोकमार्गका कारण निकै चहलपहल छ । बजारमा घरहरु थपिँदा छन् । होटल तथा पसलसमेत खुल्ने क्रम जारी छ । यसले एकातिर आर्थिक गतिविधिलाई बढाएको छ भने अर्कोतर्फ बसाइसराई रोकिएको छ । लोकमार्गले छोएका विभिन्न ठाउ“मा साना बजारहरु विस्तार भएर व्यापार गर्नेको भीड बढिरहेको आठराई गाउँपालिका–४, इवाका वडाध्यक्ष श्यामकुमार भट्टराईले बताउनुभयो ।

“सडक नहुँदा उपभोग्य बस्तु खरिद गर्न पाँचथर पुग्नुपथ्र्यो, अहिले घरदैलोमै सडक आयो,” उहाँ भन्नुहुन्छ – “सडकसँगै टोल–टोलमा बजार बनेका छन् ।” आठराई गाउँपालिकाका बासिन्दा लोकमार्गको ट्र्याक खुलेर सवारी नआउञ्जेलसम्म दैनिक उपभोग्य वस्तु लिनकै लागि डेढ दिन पैदल हिँडेर पाँचथरको फिदिम पुग्थे । तर अहिले यहाँबाट दैनिक दर्जनौँ सवारीका साधनहरु फिदिम हुँदै झापा, दमक, विराटनगर र धरानसम्म पनि पुग्ने गरेका सक्रान्तिबजार उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रेम पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो – “सडक आएपछि विकासको गति बढ्यो । व्यवसायीले लगानी पनि गर्न थालेका छन् ।” लोकमार्ग आसपास आठराई गाउँपालिकाका विभिन्न ठाउँमा मात्रै दर्जनौँ होटलहरु थपिएका उहाँले जानकारी दिनुभयो ।

चुहानडाँडामा पछिल्ला दुई वर्षमा १० वटा नयाँ घर निर्माण भएर स–साना होटलहरु सञ्चालनमा आएका स्थानीय बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक कृष्ण बाँस्कोटाले बताउनुभयो । सक्रान्ति बजारमा पनि पाँच वटा नयाँ होटल थपिएका छन् । लोकमार्गकै इसिवु र ओयाक्जुङ खण्डमा पनि पसल, व्यवसाय र होटल खुल्ने क्रम वृद्धि भएको फेदाप गाउँपालिका–२ का वडाध्यक्ष गोविन्द मादेम्बाले बताउनुभयो ।

सडकको पहुँच वृद्धि भइरहेकै कारण व्यवसाय जम्ने देखेर लोकमार्ग आसपासमा धेरैले होटल व्यवसायमा लगानी बढाएका तेह्रथुम उद्योग वाणिज्य सङ्घका पुर्वअध्यक्ष महेन्द्र काफ्लेले बताउनुभयो । “तमोर नदीले छोएका गाउँ–गाउँमा समेत शहरीकरण हुँदैछ, गाउँमै पनि सानो पूँजीबाटै पसल, होटल र व्यवसाय सञ्चालन गर्नेहरु बढेका छन्,” उहाँले भन्नुभयो । लोकमार्गको आसपास पछिल्लो पाँच वर्षको अवधिमा एकसय भन्दा बढी साना–ठूला होटलहरु खुलेका छन् ।

सडक निर्माणसँगै सवारीसाधनमा आउने यात्रुका कारण लोकमार्ग आसपासका बजार क्षेत्रमा ग्राहकको चाप वृद्धि भएको जिल्ला समन्वय समिति प्रमुख शिवप्रसाद ढुंगानाले बताउनुभयो । सडकले गाउँमा व्यापार राम्रो हुने भएपछि गाउँ छाडेर पूर्वी तराईमा व्यवसाय गर्नेहरु पनि गाउँ फर्किन थालेका छन् ।

लोकमार्गले गाउँमा बढिरहेको बसाइसराई रोकेको छ भने यहाँ कमाएर जिल्ला बाहिर लगानी गर्नेहरु घटेका छन् । नेपाल र भारतको सीमा क्षेत्र पा“चथरको चियोभञ्ज्याङदेखि बैतडीको झुलाघाट जोड्ने यो सडक खण्ड निर्माणसँंगै गाउ“मा विकासको लहर शुरु भएको समन्वय समितिका प्रमुख ढुंगानाको मूल्याङ्कन छ । लोकमार्गले छोएका गाउँमा जग्गाको मूल्य समेत अकाशिएको छ ।