१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनको सीमाक्षेत्रमा थपिँदै सशस्त्र प्रहरीको सुरक्षा



अ+ अ-

काठमाडौं । उत्तरी छिमेकी चीनसँगको सीमाक्षेत्रमा तस्करीलगायत सुरक्षा चुनौती बढेपछि सशस्त्र प्रहरी बलको उपस्थिति बढाइँदै छ । आठ हिमाली जिल्लाका सीमाक्षेत्रमा बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गर्न लागिएको हो । उत्तरी नाकाहरूमा बिओपी स्थापनाका लागि प्रक्रिया अघि बढेको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी सुरज श्रेष्ठले बताए ।

‘संखुवासभाको किमाथांकामा बिओपी स्थापनाका लागि जग्गाको पनि लगभग टुंगो लागेको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘अन्य उत्तरी जिल्लामा पनि जिल्ला सुरक्षा समितिबाट निर्णय भई कार्यालय राख्ने ठाउँबारे अध्ययन भइरहेको नयाँ पत्रिका दैनिकमा खबर छ ।’

किमाथांकाबाहेक ताप्लेजुङको ओलाङचुङगोला, गोरखाको सामागाउँ, मुस्ताङको कोरला, हुम्लाको हिल्सा, मुगुको नाम्चेला, दार्चुलाको लिपुलेक र ताप्लेजुङको हिङसाङचुलीमा सशस्त्रले बिओपी स्थापनाको प्रक्रिया अघि बढाएको हो । हाल रसुवाको रसुवागढी नाका र सिन्धुपाल्चोकको तातोपानी नाकामा मात्र सशस्त्र प्रहरीको कार्यालय छ ।