८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

आजको राशिफल, कस्तो छ तपाईको भाग्य र भविष्य

आजको राशिफल, कस्तो छ तपाईको भाग्य र भविष्य
अ अ+ अ-

आजको राशिफल
वि.सं.२०७५ साल पौष १६ गते । सोमबार । ईश्वी सन् २०१८ डिसेम्बर ३१ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४० । पौष कृष्ण पक्ष । तिथि दशमी,५३ घडी ४८ पला । नक्षत्र चित्रा,१३ घडी २७ पला,दिउँसो १२ बजेर १९ मिनेट उप्रान्त स्वाती । योग अतिगण्ड,०६ घडि १४ पला,बिहान ०९ बजेर २६ मिनेट उप्रान्त सुकर्मा । करण वणिज,बेलुकी ०४ बजेर ५७ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा मुद्गर योग । चन्द्रराशि तुला । दिशिपूजा। सन् २०१८ समाप्ति। काठमाडौंमा सूर्योदय ०६ बजेर ५६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १७ मिनेट । दिनमान २५ घडी ५४ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : बिपरित लिङग प्रतिको आकर्षण बढेर जानेछ भने बिलाशी बस्तुको प्रयोग मार्फत अरुको ध्यान केन्द्रित गर्न सकिनेछ । बौद्धिकता तथा बिवेकको प्रयोग मार्फत काम गरि मनग्गे आम्दानि गर्न सकिनेछ । प्रेम प्रशङगमा खुलेर रमाउन सकिनेछ भने दाम्पत्य जीवन सुदृड हुनेछ । साझेदारि व्यावसायबाट मनग्गे धन लाभ हुने तथा पारिवारिक भेटघाटमा मिठो मसिलो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) : बन्द व्यापारबाट मनग्गे आम्दानि हुनेछ भने नया उद्योगमा लगानि गर्ने अवसर आउनेछ । तपाईको कुरा काट्ने तथा बिरोध गर्नेहरु तपाईकै प्रशंसा गर्न थाल्नेछन् । कुनै पनि प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई हराउदै जित हात पार्न सकिनेछ । मुद्दा मामिला तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुनेछन् । शरिर स्वास्थ्य रहने हुनाले राम्रा काम गरि दाम कमाउन सकिनेछ । पढाई लेखाईमा राम्रो नतिजाकाम साथ तपाईको नाम अग्र स्थानमा आउनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) : व्यापार व्यावसाय फस्टाएर जानेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानिबाट मनग्गे लाभ हुनेछ । सन्तानको प्रगति देखेर मन रमाउँनेछ भने बंश बृद्धिको गतिलो सम्भावना रहेकोछ । पढाई लेखाई अन्य दिन भन्दा सुधार हुँने हुनाले आफन्त हरु खुसि हुँनेछन् । आकस्मिक धन तथा सम्पति लाभ हुँने योग रहेको छ । आफुले मन पराएको मानिसबाट उपाहार प्राप्त हुँने हुनाले मन प्रशन्न रहनेछ । नयाँ योजनाहरु बनाई कार्यान्वयनको चरणमा लैजान सकिनेछ भने सोचेजस्तो आम्दानि गर्न सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) : माया प्रेममा अबिश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमा सँग मनमुटाव उत्पन्न हुनेछ । अन्य काममा व्यास्त हुँदा पढाई लेखाई कमजोर रहनेछ । कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुले भनेजस्तो आम्दानि गर्न सक्नेछन् । समाजसेवामा नाम कमाउन अलि बढिनै संघर्ष गर्नु पर्नेछ । आफन्त तथा ईष्टमित्र सँग टाडिएर लामो यात्रा गर्नुपर्दा मनमा बेचैन बढ्नेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : समाजमा गुमेको साख फिर्ता हुँनुको साथै आफ्नो बर्चस्व बढाउँन सकिनेछ । समयको भरपुर सदुपयोग गरि भाग्य बृद्धि गर्न सकिने साथै दिगो फाईदा हुँने काम आरम्भ गर्न सकिनेछ । नियमित काममा दाजुभाई तथा आफन्तको सहयोग हुँने हुँदा मन प्रशन्न हुनेछ । उत्पादित उद्योगमा लगानि बढाई भने जस्तो रुपैया पैसा कमाउँन सकिनेछ । छोटो,रमाईलो तथा उपलब्धिमुलक यात्रा हुँने अधिक सम्भावना रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) : बोलि बचनमा मिठास आउने तथा बोलेरै धेरै कामहरु गर्न सकिनेछ । गित संगित तथा यस्तै क्षेत्रमा समय खर्चदै हुनुहुन्छ भने प्रशस्त रुपैया पैसा कमाउन सकिनेछ । धन तथा भौतिक सम्पति राम्रो सँग परिचालन गरि आम्दानि बढाउन सकिनेछ । माया प्रेममा आत्मियता बढ्नेछ भने पारिवारिक माहोलमा जमघट भई स्वादिष्ष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । खानपनि सँग सम्बन्धित व्यावसायबाट मनग्गे आम्दानि गर्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) : अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडि छोडेर अग्र पंतिमा आउँन सकिनेछ । परिवारका साथ रमाईलो बाताबरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त भएपनि खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या देखापर्न सक्छ । मेहनेत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलिले लक्ष्य तथा गन्तब्य पहिल्याउँन सहज हुनेछ । व्यावसाय फस्टाएर भने लगानिको नयाँ बाताबरण बन्नेछ भने आम्दानिमा बढोत्तरिको योग रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) : व्यावसायबाट आम्दानि गर्न लगानि बढाउनु पर्ला । खर्च बढ्ने तथा कामहरु नहुने प्रशस्त सम्भावना रहेकोछ । आर्थिक स्थिति खस्केर जाने हुनाले घरायसि खर्च व्यावस्थापन गर्न हम्मे हम्मे पर्नेछ । पढाई लेखाईमा समय दिन नसक्दा पछि परिनेछ । स्वास्थ्यमा समस्या आई खर्च हुने योग रहेपनि लामो दुरिको यात्रा हुने बिदेशी सामानको व्यापार व्यावासाय फस्टाएर जानेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) : माया प्रेममा सामिप्यता बढ्ने तथा पति पत्निबिचको सम्बन्धमा सुधार भएर जानेछ । दाजुभाईले तपाईको काममा आर्थिक सहयोग गर्ने हुनाले मन प्रसन्न रहनेछ । ईच्छा तथा मनोकामनाहरु पुरा हुँनेछन् । दिगो काम गरि आम्दानिका स्रोत बढाउँन सकिनेछ । व्यापार व्यावसायमा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ भने आम्दानिका स्रोतहरु फराकिला हुँनेछन् । साझपख आफन्तसँग टाडिएर लामो दुरिको यात्राको तय गर्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : राजनिति तथा समाजसेवमा जनताको साथ तथा समर्थन पाईनेछ । नया काम पाउने तथा व्यापारमा प्रसस्त आम्दानि हुने हुदा आर्थिक स्थिति सुदृड हुनेछ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । अध्ययनमा राम्रो सफलता हात लाग्नेछ । प्रणण सम्बन्धको डोरो कसिलो भएर जानेछ । पैत्रिक सम्पति तथा सरकारी सम्पतिको प्रयोग गर्न पाईने हुदा मन प्रशन्न हुनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) : आकस्मिक धन सम्पति प्राप्त हुनेछ भने नसोचेको धन तथा सम्पति हाल लाग्ने योग रहेकोछ । समस्याहरुको सजिलै समाधान गरि उपलब्धिमुक कामहरु गर्न सकिनेछ । अध्ययन अनुशन्धानमा सोचेभन्दा राम्रो प्रगति हुँन तथा नयाँ कुरा पत्ता लगाउँन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि बाट भनेजस्तो प्रतिफल प्राप्त हुनेछ । माया प्रेममा सामान्य मनमुटाव सिर्जना भएपनि अन्तत एका अर्कालाई बिश्वास गर्दै छुटिदा मन प्रशन्न हुनेछ । धार्मिक क्षेत्र तथा मन्दिरतिरको यात्राको तय गर्न सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : व्यापार व्यावसायमा लगानि नगर्नुनै उचित हुनेछ आजको दिन घाटा लाग्ने योग रहेको छ । परिवारमा आफन्त तथा पति पत्निबिच विवाद बढ्नेछ भने माईति चेलिबिचको सम्बन्धमा फाटो ल्याउँन आफन्तहरुनै लागि पर्नेछन् । कामहरु समयमा सम्पन्न नहुँने हुँदा दुख पाउँने समय रहेकोछ भने आर्थिक व्यावस्थापन गर्न नजान्दा घरायसि समस्याहरु सुल्झाउँन असजिलो हुनेछ । अध्ययन तथा अध्यापनमा ध्यान नजादा अरु भन्दा पछि परिनेछ ।
तपाईको दिन शुभ रहोस् ।
ज्योतिषि गणेश काफ्ले ।