५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

सफाइ अभियानको १३९ औँ शृङ्खला पूरा

सफाइ अभियानको १३९ औँ शृङ्खला पूरा
अ+ अ-

भरतपुर । भरतपुरमा सार्वजनिक क्षेत्र सफाइ अभियानको १३९ औँं शृङ्खला पूरा भएको छ । २०७३ जेठबाट ‘हप्ताको एक दिन एकछिन समाजका लागि’ भन्ने अभियान थालेर “वे गु्रप”ले शुरु गरेको सफाइ अभियानअन्तर्गत आज बिहान चितवन महोत्सव स्थल नारायणी नदी किनारको सरसफाइ गरिएको हो ।

युवाको उल्लेख्य सहभागिता रहेको सफाइ अभियानमा चितवनका प्रदेश सांसद विजय सुवेदी, उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सहनलाल प्रधान, देवघाट क्षेत्र विकास समितिका पूर्व अध्यक्ष टङ्कनाथ पौडेल, भरतपुर महानगरपालिका–१ का वडाध्यक्ष जयराम श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

अभियानको १३९औँ शृङ्खला पूरा हुँदा आफ्नो ठाउँ आफैँ सफाइ गर्नुपर्छ भन्ने धारणा आम मानिसमा जागृत भएको अभियन्ताले बताएका छन् । “वे गु्रप”ले शुरु गरेको सफाइ अभियानको सिको गर्दै चितवनका अरु क्षेत्रको सफाइ पनि शुरु भएको छ ।

“वे गु्रप” जिल्लाको सरसफाइमा सहभागी हुँदै आएको संस्था हो । फोहरका कारण रोग पनि लाग्ने र सहरको सुन्दरता पनि गुम्ने भएकाले सहर सफा गर्ने उद्देश्य प्राप्तिका लागि अभियान निरन्तर चलिरहेको सरसफाइको क्षेत्रमा निरन्तर काम गरिरहेका संयोजक भोजनारायण कँडेलले बताउनुभयो ।

“समाजमा अभियानको प्रभाव पनि देखिन थालेको छ,संयोजक कँडेलले भन्नुभयो”,“फोहर रोगको घर हो र मेरा लागि पनि हो भन्ने सोचेर आफ्नो फोहर आफँै व्यवस्थापन गर्न सके जटिल समस्या आउँदैन ।” नारायणी नदीमा पहिलेको भन्दा धेरै परिवर्तन आएको र सुन्दरता पनि बढेको कँडेलले बताउनुभयो ।

गु्रपले महानगर क्षेत्रमा गुट्खामुक्त अभियान पनि थालिसकेको छ । फालिएको फोहर टिप्दा मात्र सफासफाइले पूर्णता नपाउने ठहर गरेपछि सार्वजनिक सवारी साधनमा डस्टबिन अनिवार्य राख्ने अभियान थालिएको कँडेलले बताउनुभयो । बरु फोहर नै गर्न नदिने निष्कर्षसहित अभियान अघि बढाइएको उहाँको भनाइ छ । समस्याको रूप ठूलो देखिएपछि सवारी साधनमा डस्टबिन अनिवार्य राख्ने नीति बनाउन महानगरपालिकासँग सहकार्य गरिएको उहाँले बताउनुभयो ।

चौबिसकोठी, पुल्चोक, केन्द्रीय बस टर्मिनल र पोखरा बसपार्कका केही सवारीसाधलाई डस्टबिन दिएर साङ्केतिक रूपमा अभियान शुरु गरिएको उहाँले जानकारी दिनुभयो । सरकार वा कुनै दातृ निकायको प्रत्यक्ष सहयोगबिना स्वयंसेवी रुपमा नै भरतपुरमा सरसफाइ अभियान चल्दै आएको हो ।

चितवनका प्रदेशसभा सांसद विजय सुवेदीले भरतपुरको सफाइ अभियानले यसक्षेत्रका सबै प्रणालीलाई सफाइ गर्ने विश्वास व्यक्त गर्नुभयो । चितवनको सभ्यतासँग जोडिएको नारायणी नदीमा प्रदूषण अत्यधिक रुपमा बढ्न थालेपछि आफैँ सरसफाइमा निस्किएको उहाँले बताउनुभयो । क्लिन र ग्रिन सिटीको रुपमा विकसित हुँदै गइरहेको भरतपुरलाई शहरीकरणको प्रारम्भिक चरणमा नै व्यवस्थित गर्न सकिने उहाँको भनाइ छ । शहरी क्षेत्रको फोहरमैला घरमै प्राकृतिक ट्रिटमेन्ट गरेर बाहिर पठाउनुपर्नेमा सांसद सुवेदीको जोड छ ।

पर्यटकीय गन्तव्य बन्दै गएको नारायणी किनारलाई ठोस रुपमा दीर्घकालीन योजना बनाएर काम गर्नुपर्ने उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सहनलाल प्रधानले बताउनुभयो । सबै सरोकारवालासँग मिलेर छिट्टै नै नारायणी व्यवस्थापनको योजना ल्याउने तयारी गरेको उहाँले जानकरी दिनुभयो ।

भरतपुर महानगरपालिका–१ का वडाध्यक्ष जयराम श्रेष्ठले फोहर फाल्नका लागि नगरपालिकाले विकल्प दिएको बताउँदै विकल्पको अटेर गर्दै जथाभावी फोहर फाल्नेलाई कडा कारवाही गरिने बताउनुभयो । महानगरले दिएको विकल्पको बेवास्ता गर्दै सार्वजनिक क्षेत्रमा फोहर फालेमा पाँच हजारदेखि रु एक लाखसम्म हुनेगरी कारवाही गरिने बताउनुभयो ।

टोल टोलमा विद्यार्थीदेखि स्थानीयवासीसम्मको संलग्नतामा अनुगमन टोली बनाइ, फोहर फाल्नेको निगरानी बढाएको बताउँदै उहाँले भरतपुरको विकास र समृद्धिमा सबैलाई एकजुट भएर लाग्न आग्रह गनुृभयो ।

रासस