५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन

विश्वको ध्यान नेपालमा, यस्तो छ कारण

विश्वको ध्यान नेपालमा, यस्तो छ कारण
अ+ अ-

काठमाडौं । आजदेखि अंग्रेजी पात्रो फेरिएको छ । २०१९ मा भित्रिएसँग देशभित्र स्थायित्वको संकेत त देखिएको छ नै, अन्तर्राष्ट्रिय सम्बन्धमा पनि ठूला उपलब्धि हासिल भएका छन् । बितेको वर्ष विश्वको आँखा नेपालमाथि अझ परेको देखिन्छ । यस क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने राष्ट्रका रुपमा नेपालको परिचय स्थापित हुँदै छ । यो नेपालको लागि सुखद् हो । तर, त्यो जिम्मेवारी नेपालले थेग्न सकेन भने विश्व राजनीतिको खेलमा नेपाल पिसिनसक्ने जोखिम पनि उत्तिकै छ ।

यस वर्ष नयाँ संविधानको जगमा अडिएर निर्वाचन सम्पन्न भयो । त्यसपछि बनेको सरकारले राजनीतिक स्थायित्वको संकेत गरेको छ । जनताले कम्युनिस्ट पार्टीलाई लोकतान्त्रिक सत्ता सञ्चालनको बागडोर सुम्पेका छन् । विश्वमा कम्युनिस्ट सत्ता हराउँदै गएको भनिएको बेला चुनावबाटै नेपालमा कम्युनिस्ट गठबन्धनको सरकार बन्यो । निर्वाचनमा सहकार्य गरेको नेकपा एमाले र माओवादी अन्ततः एक भए ।

वर्षको अन्त्यमा अमेरिकाले परराष्ट्रमन्त्रीलाई निम्त्याएर औपचारिक वार्ता गर्‍यो । दुईपक्षीय कुटनीतिक सम्बन्धको सात दशकमा यो पहिलो पटक अमेरिकाले नेपाललाई यसरी महत्व दिएको हो । यसलाई सरकारले वर्षकै मुख्य सफलताको रुपमा लिएको छ । अमेरिकाले नेपाललाई दिएको महत्व र यस क्षेत्रमा निर्वाह गर्न भनेको जिम्मेवारी चानचुने नभएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । ‘उदाउँदो आर्थिक शक्तिका बीचमा रहेको नेपाललाई अमेरिकाले यस क्षेत्रमा भूमिका खेल्नु भनेको हो,’ उनले भने, ‘हामी अहिले राजनीतिक स्थायित्व र विकासको चरणमा छौं । यसलाई सोचेर, बुझेर अघि बढ्ने बताएँ ।’

अमेरिका मात्र होइन, यो वर्ष नेपालले थुप्रै मुलुकको उच्चस्तरीय भ्रमण गर्‍यो । प्रधानमन्त्रीले भारत र चीनको भ्रमण गरे । राष्ट्रसंघमा सम्बोधन गरे । यसलाई सरकारले उपलब्धीको सूचीमा समेत राखेको छ ।

नेपाल छिमेककेन्द्रित कूटनीतिमा अलमलिएको आरोप लागिरहेको थियो । यस्तो बेलामा सरकारले बाहिरी विश्वलाई पनि महत्व दिन थालेको सरकारले बताएको छ ।

प्रधानमन्त्री केपी ओलीको भारत र चीन भ्रमणले पनि नेपाल र छिमेकको सम्बन्ध अघि बढेको दाबी सरकारले गर्‍यो । यद्यपि सम्बन्ध पुरानै अवस्थामा छ । प्रबुद्ध व्यक्ति समूहले प्रतिवेदन तयार गरिसक्यो तर भारतले बुझेको छैन । यस्तै चीन र नेपालको नाका पनि अझै राम्ररी सञ्चालन भएको छैन । यसबाट नेपालप्रति विशाल छिमेकीहरुको व्यवहार अझै स्पष्ट हुन नसकेको देखिन्छ । पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ भन्छन्, ‘हेर्ने शैली फरक भएको होला, तर व्यवहार उही छ । कत्ति पनि परिवर्तन आएको देखिँदैन ।’

आर्थिक तथा प्राविधिक सहकार्यको लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन नेपालले आयोजना गर्‍यो । अगस्टको अन्त्यमा नेपालले बिम्स्टेक सम्मेलन गरेर सकारात्मक कूटनीतिको संचार गर्‍यो । तर, भारतसँग संयुक्त सैन्य अभ्यासमा सहभागी हुने वक्तव्य र पछिको नजाने निर्णयले पनि नेपाल कूटनीतिमा चुकेको महसुस भयो ।

२०१८ को अन्त्यमा अमेरिकाले नेपाललाई इन्डो प्यासिफिक रणनीतिअन्तर्गत राखेको विषयले बहसको सुरुवात नै गर्‍यो । त्यही विषयको फलोअपमा जापानका परराष्ट्रमन्त्रीको भ्रमण हुन लागेको आकलन विज्ञहरुले गरेका छन् । भारत भएर आउने जापानी विदेशमन्त्रीले यो विषयमा २०१९ को नेपालको कूटनीतिको रेखा तय गरेर जानेछन् ।

सरकारले सफलताको दाबी गरिरहँदा उसको आलोचना भने बढिरहेको छ । सामाजिक संजाल र सञ्चारमाध्यमलाई नियाल्ने हो भने भ्रमण तथा कूटनीतिक आदानप्रदानमा उतिसारो उपलब्धि देखिँदैन । अझ विवादास्पद एसिया प्यासिफक समिटपछि त सरकार रक्षात्मक नै देखिएको छ । ‘निर्वाचनपछि बनेको सरकारलाई विश्वका कम्युनिस्टहरुले ठूलो सफलताको रुपमा लिए । तर, नेपालभित्रको कार्यशैलीले उनीहरु स्वयं कमजोर हुँदै छन्,’ विश्लेषक विनोद सिजापतिले भने, ‘कम्युनिस्टहरु झुट बोलेरै सकिन्छन् । काम गरे मात्र लोकतान्त्रिक पद्धतिबाट कम्युनिस्ट शासनमा टिक्न सक्छन् ।’

नेपालबाहिर यसवर्ष आश्चर्यजनक घटना भए । अमेरिका र उत्तर कोरियाबीचको सिंगापुर शिखरवार्ता भयो । तिनलाई गोर्खा सैनिकले सुरक्षा दिएको विषय समाचारमा छायो । दक्षिण एसियाली क्षेत्रीय संगठन ९सार्क० भित्र श्रीलंकाको राजनीति, पाकिस्तान, भुटान र माल्दिभ्सको निर्वाचन स्मरणयोग्य रहे । पाकिस्तानमा पूर्व क्रिकेटर इमरान खानको उदय र बंगलादेशको निर्वाचनमा दुई बेगमको भीडन्त पनि चर्चामा रह्यो । अमेरिकाको मध्यावधि निर्वाचनले सदनमा ल्याएको सन्तुलन र फ्रान्समा पहेँला भेस्टधारीको आन्दोलन पनि चर्चामा रहे ।

ईयूबाट बाहिरिने बेलायती योजनामा देखिएको अन्योल र राजकुमार ह्यारी र अभिनेत्री मेगन मार्कलको विवाह समाचार शीर्षक बने । विश्वकप फुटबलमा फ्रान्सको विजय, तेलअभिवबाट विवादस्पद जेरुसलेममा दूतावास सार्ने अमेरिकी निर्णय, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको चौथो कार्यकालजस्ता विषयले राजनीति तताए । टर्कीको इस्तानबुलस्थित साउदी महावाणिज्यदूतावासमा पत्रकार जमाल खसोग्गीको हत्याले आङ जिरिंग बनायो भने एक दशकअघि बीउ रोपिएको ‘मी टू’ आन्दोलनको बाछिटा नेपालसम्म आइपुग्यो । समाचार अन्नपूर्ण पोष्टमा छ ।