३० श्रावण २०८३, शनिबार
,
Latest
विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह १७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छुः सभामुख अर्याल आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी अमेरिकासँग वार्ताका लागि इरानले निर्णय नगरेको विदेशमन्त्री अराघचीको भनाइ नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीद्वारा १० साहित्यकार पुरस्कृत पुराना नेपाली चलचित्रमा दर्शकको आकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह



डोनाल्ड ट्रम्प
अ+ अ-

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनानमा हेजबुल्लाहविरुद्ध थप ‘भौतिक’ आक्रमण गर्न आह्वान गर्नुभएको छ ।

इरानसँगको शान्ति सम्झौतामा हेजबुल्लाह द्वन्द्वलाई समावेश गर्न आफूले स्वीकृति नदिएको उहाँले बताउनुभयो ।

“म हिजबुल्लाहमाथि थप भौतिक आक्रमण हेर्न चाहन्छु। मलाई लाग्छ कि यो अधिक सर्जिकल हुनुपर्छ ।” ट्रम्पले एनबीसीको ‘मिट द प्रेस’ सँगको संक्षिप्त संवादमा भन्नुभयो ।

“म लेबनानको जीवन राम्रो भएको हेर्न चाहन्छु,” उहाँले थप्नुभयो । इजरायलले आइतबार इरान समर्थक हेजबुल्लाहको गढ बेरुतको दक्षिणी उपनगरमा आक्रमण गरेको छ र युद्धविरामका बाबजुद आफ्नो क्षेत्रमा लक्षित आक्रमणको बदला लिएको बताएको छ।

इरानसँगको सम्झौतामा लेबनानलाई पनि समावेश गर्न माग गरिरहेको हो कि भन्ने प्रश्नमा ट्रम्पले भन्नुभयो, “होइन, होइन , त्यसो पटक्कै होइन । म माग गरिरहेको छैन।”

“मलाई लाग्छ कि तिनीहरू यो चाहन्छन्, तर मैले यसका लागि स्वीकृति दिइरहेकोे छैन ।”

ट्रम्पले यसअघि पनि लेबनानसम्बन्धी छलफललाई इरानसँगको सम्झौताको वार्ताबाट अलग राख्न चाहेको बताउँदै आउनुभएको थियो भने तेहरानले दुई द्वन्द्वलाई जोड्न चाहेको उहाँले बताउनुभयो ।

ट्रम्पले गत हप्ता ‘द न्यूयोर्क पोस्ट’सँगको अन्तर्वार्तामा पुष्टि गर्नुभयो, “उहाँले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग टेलिफोन कुराकानी गर्नुभएको र त्यस क्रममा उहाँले लेबनानमा इजरायली आक्रमणको बारेमा आफ्ना निकट सहयोगीलाई हप्काएको भने सत्य हो।”

लेबनानमा इजरायली आक्रमणले मार्च २ मा पुनः लडाइँ सुरु भएयता धेरै भवनहरू ध्वस्त पारेको छ र तीन हजार ५६० भन्दा बढीको मृत्यु भएको छ।

इजरायलतर्फ लेबनानमा २९ सैनिक र एक गैर–सैनिक नागरिक ठेकेदारको मृत्यु भएको सेनाले जनाएको छ ।

अमेरिका–इजरायल आक्रमणको पहिलो लहरमा मारिएका इरानी सर्वोच्च नेता अली खामेनीको बदला लिन इजरायलमाथि आक्रमण गर्न थालेपछि हेजबुल्लाहले लेबनानलाई मध्यपूर्व युद्धमा तानेको थियो ।

इजरायल र हेजबुल्लाहबीचको लडाइँ अन्त्य गर्ने भनिएको युद्धविराम अप्रिल १७ मा लागू भयो, तर यसलाई कहिल्यै पूर्ण रूपमा सम्मान गरिएको छैन।

अन्तर्वार्तामा ट्रम्पले सिरियाली राष्ट्रपति अहमद अल–शारा (अमेरिकासँग घनिष्ठ सम्बन्ध बनाएका पूर्व जिहादी) नेतासँग लेबनान द्वन्द्वमा सम्झौता गर्न ‘मद्दत गर्न चाहेको पनि बताउनुभएको छ।

“हामी सिरियालाई सिफारिस गर्न सक्छौं। सिरियाले उनीहरूको कार्यलाई सफा गर्न धेरै राम्रो काम गरिरहेको छ। उनीहरूसँग धेरै राम्रो नेता छन्”, उहाँले भन्नुभयो, “मद्दत गर्न चाहन्छन्।”  (रासस/एएफपी)