५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

यता पनि मतभेद, रविन्द्र मिश्र माथी गम्भिर आरोप

यता पनि मतभेद, रविन्द्र मिश्र माथी गम्भिर आरोप
अ+ अ-

काठमाडौं । पार्टी एकीकरण भएको डेढ वर्षमै विवेकशील साझा पार्टीमा गम्भीर मतभेद देखिएको छ। पार्टीका दुई संयोजक मध्येका एक उज्ज्वल थापाले विवेकशील साझा पार्टी गलत बाटोतर्फ गइरहेको निष्कर्षसहित पार्टी सदस्यलाई पठाएको प्रतिवेदनमा नेतृत्वमा रहेको मतान्तरका फेहरिस्त उल्लेख भएको समाचार अन्नपूर्ण पोष्टमा छ ।

विवेकशील साझा पार्टीको निर्वाचनपछिको एक वर्षको समीक्षा शीर्षकमा पार्टी सदस्यका लागिु पठाइएको १८ पृष्ठ लामो प्रतिवेदनमा थापाले राष्ट्रिय महाधिवेशन बोलाउन माग गरेका छन्। उनले अब पार्टीको नयाँ नेतृत्व निर्वाचित गर्नुपर्ने संकेत गरेका छन्।

राष्ट्रिय महाधिवेशनले अध्यक्षसहित दलको नेतृत्व चयन गर्छ। दलको राष्ट्रिय महाधिवेशनको तुरुन्तै घोषणा गर्नु जरुरी छ र तदपश्चात निर्वाचित पादाधिकारीले नै दलको नेतृत्व लिनुपर्छु, थापाको प्रतिवेदनमा उल्लेख छ । अहिलेको तदर्थ केन्द्रीयरसंयोजन समिति र दलका जुझारु सदस्य थपेर महाधिवेशन समितिमा परिणत गरिनुपर्छ।

संयोजक थापाको प्रतिवेदनले भन्छः– विवेकशील साझामा ठूला र वैचारिक विषयमा मात्र होइन, मसिना विषयमा पनि झगडा छ। उनले एक लाख ६० हजार मासिक भाडा तिरिएको बखुन्डोलस्थित केन्द्रीय कार्यालय प्रयोगमै आउन नसकेको लेखेका छन्।

केन्द्रीय कार्यालयको सचिवालय राम्रो बन्यो भनेर भरमार गर्व गरिएको तर अहिले हेर्ने हो भने कार्यालयको महँगो भाडाका बाबजुद प्रयोग अति न्यून भइरहेको अवस्था देखिएको, यस भवनलाई सबैको लागि मिजासिलो बनाउँदै प्रयोग गर्नेबारे ठोस सोच नदेखिएकोु, उनले लेखेका छन, अहिलेसम्म यस ठाउँलाई सदस्यहरूले अपनत्व महसुस गर्न सकेका छैनन्।

यस्ता छन् थापाका ७ आरोप

१. पार्टीले होश र जोसलाई अँगाल्न सकेन

विवेकशील साझा पार्टी उदार नभएर अनुदार भएको थापाको आरोप छ। उनले भनेका छन्:-

दल उदार हृदयको हुनुपर्ने तर अहिलेसम्म अनुदार रहिआएको छ। त्यसबाट न जोस न होश भएको पार्टी बन्ने देखिएको छ। न नेतृत्व विकास भएको छ, न उल्लेखनीय संख्यामा नेतृत्व र सदस्यहरु थपिएका छन्। दल संकुचित नीति र निर्णयको बन्धक बनेको छ। दलका धेरै उर्जाशील सदस्य, शुभचिन्त निरुत्साहित र उर्जाहीन बनेका छन्।

२. परिपाटी बसाल्ने पार्टी बनाउने चासो कम देखिएको

सहभागितामूलक पद्धतिमा नेता कार्यकर्ता सहभागी गराउने वातावरण बनाउन नसकिएको उनले उल्लेख गरेका छन्। उनले भनेका छन् :-

पार्टीमा बनाउनु पर्ने सहभागितामूलक पद्धतिहरु र सुसंस्कृत नागरिकमुखी अभियान देखिएको सुनाउने वातावरण बनेको छ। सुनाउने वातावरण बनेको तर सुन्ने र सहभागी गराउने वातावरण बनाउन सकिएको छैन।

३. दलले गति लिन नसेकेको र ढंग पनि पर्याप्त नदेखिएको

नागरिकले प्रत्यक्ष देख्न सक्ने समाज सेवामुखी अनि मूल्यमान्यतामा केन्द्रित राजनीतिलाई पृथकताको मूल कारण बनाउनु पर्नेछ। ‘ढंग मिलाएर बल्ल गति लिइन्छ’ भन्ने बुझ्नु पर्छ। अहिले दलको केन्द्रीयदेखि अरु नेतृत्वमा समाजका प्रवुद्ध व्यक्तिहरु नआएका वा आउने वातावरण बनेको छैन। समाजमा विभिन्न कालखण्डमा नायक भनेर चिनिएका र आफूलाई प्रमाणित गरिसकेका व्यक्तिहरुलाई पनि उहाँहरुको जायज आकांक्षालाई संवोधन गरी पार्टीमा रहने वा पार्टीलाई सहयोग गर्ने वातावरण नै सिर्जना भएको छैन।

४. चरम शक्ति केन्द्रीकरणले दललाई बन्धक बनाएको

सहभागितामूलक, समन्वयकारी परिपूरक नेतृत्वहरुद्वारा दल संचालित हुनु पर्नेमा झनै सीमित नेतृत्वमा शक्तिको चरम केन्द्रीकरण भएको स्थिति छ। दल भित्रका सदस्यहरुलाई जिम्मेवारी दिन चरम हिचकिचाहट वा अनुदारले दल हराएको जस्तो देखिएको छ। दल कहाँ हरायो ? भन्ने प्रश्नहरु आम नागरिकबाटै आउन थालेका छन्।

५. डरको राजनीति हावी भएको

डरको राजनीति दलभित्र छिरेपछि क्रमशः निषेधको राजनीति भित्रिने माहोल भएको र आस्थाको राजनीति हराइरहेको छ। नेतृत्वमा अँध्यारोमा भूत देख्ने परिपाटीले व्याप्त र चरम शंकालु प्रवृति कुसंस्कार बन्दै प्रदेश तथा जिल्ला तहमा पनि फैलिन थालेको छ। उर्जाशील सदस्यहरुमा आ–आफ्नो बिगत र पृष्ठभूमिको आधारमा आफूमाथि विभेद भएको हो कि ?, पदरजिम्मेवारी बिमुख गरिएको हो भन्ने शंका दिनपरदिन बढ्दै गएको छ।

६. सिरियल सर्किटमा चल्न रुचाउने प्रवृति हावी भएको

समग्रमा दल सिरियल सर्किट ९एकैपटक विभिन्न कामहरु समानान्तर० ढंगले चल्ने पद्धतिको विकास हुनु पर्नेमा एकदमै सिरियल सर्किटमा चलिरहेको जस्तै विभिन्न कार्यक्रम र अभियानहरु एकैचोटी दलका विभिन्न विभागरएकाइहरुले चलाई राख्नुपर्नेमा खाली एउटै काम त्यो पनि सीमित नेतृत्वको गति र ढंगमै चल्नुपर्ने परिस्थितिको सिर्जना गरिएको छ। जसबाट दलको गतिविधि आम नागरिकमाझ नै देखिएको छैन। दलले वृहत्तर विषयलाई परस्पर सम्बोधन गर्न नसकेको व्यापक जन गुनासो छ।

७. कमजोरीमा केन्द्रीत वातावरण बनेको

आपसी विश्वासलाई घटाउँदै जाने नेतृत्वका कतिपय निर्णयहरु र व्यवहारले गर्दा व्यक्तिगत उत्कृष्टता भए पनि सामूहिक रुपमा असफलताको स्थिति सिर्जना भएको छ। समय, उर्जा दिन सक्नेलाई पनि बेवास्ता गरिएको वा शंकाले हेरिएको छ।

सडक अभियानहरूबाट चर्चामा आएको विवेकशील पार्टी र चर्चित प्रतिवेदनकार रवीन्द्र मिश्रको नेतृत्वमा गठित साझा पार्टीबीच २०७४ साउन १९ गते एकता भएपछि ुविवेकशील साझा पार्टीु गठन भएको थियो। स्थानीय तह निर्वाचनमा नराम्रो पराजय भोगेपछि यी दुई पार्टी संघ र प्रदेश निर्वाचन अगाडि एकीकरण भएका थिए।

प्रवक्ता भन्छन्  (व्यक्तिगत लहड)

दुईवटा पार्टी एकीकरण भएर जाँदा विचारको तहमा हाम्रा धेरै कुरा मिल्ने नै थिए। कार्यविधिका केही कुरा मिलाउने कुरामा छलफलमा त्यति फरक हुने अवस्था थिएन। निर्वाचन र निर्वाचनपछि खासगरी संयोजक उज्ज्वल थापाको अकर्मण्यता र कार्यशैलीले गर्दा समस्त पार्टी पंक्ति जुन तहमा क्रियाशील हुनुपर्ने हो, पार्टीमा आवश्यक सुधारका कामहरू ढिला हुन गएको सही हो। यस्ता कुराहरूलाई पार्टीका औपचारिक समितिहरू जस्तै दुई संयोजक, समन्वय समिति र पार्टी केन्द्रीय समितिमा छलफल गर्नुपर्ने र त्यसबाट समेत केही कुरा आम सदसदस्यको बीचमा लानुपर्ने भएमा वृहद् छलफल गर्नु स्वभाविकै कुरा हो।

तर अहिले हामीले विसंगितपूर्ण भनिएका ठूला पार्टीहरूमा समेत नदेखिने पार्टीका औपचारिक समितिहरूलाई बाइपास गरेर अत्यन्त व्यक्तिगत लहड र तदर्थ हिसाबमा पार्टीको व्यक्तिगत समीक्षा भनेर आम सदस्यहरू र सुभेक्छुकहरूलाई भ्रम र निरुत्साहित गर्ने किसिमको संयोजक उज्ज्वलबहादुर थापाको कार्यशैलीप्रति हामी आगामी केन्द्रीय समितिको बैठकमा गम्भीर समीक्षा गर्नेछौँ र यो समस्याको राजनीतिक समाधान निकाल्छौँ।

विवेकशील साझाका प्रवक्ता सूर्यराज आचार्यसँगको कुराकानी