५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

त्रिविको दिक्षन्तमा छात्र भन्दा छात्रा बढी

त्रिविको दिक्षन्तमा छात्र भन्दा छात्रा बढी
अ+ अ-

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ४४ औं दीक्षान्त समारोहमा २९ स्वर्ण पदक वितरण गर्‍यो । एकै विद्यार्थीले तीनवटासम्म स्वर्ण पाए । त्यसैले स्वर्ण विजेता विद्यार्थीको संख्या भने २३ मात्रै रह्यो । तीमध्ये १४ जना छात्रा हुन् भने नौ छात्र ।

स्वर्ण पाउने मध्येकी एक चितवनस्थित रामपुर क्याम्पसकी सुलोचना श्रेष्ठले स्नातकोत्तर तहतर्फका सर्वोत्कृष्ट तीन स्वर्ण पदक हात पारिन् । सुलोचनाले ‘चान्सलर पदक, त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ स्वर्ण पदक र रामदास मानन्धर स्वर्ण पदक पाइन् ।

झापाको दमक बहुमुखी क्याम्पसकी दुर्गा अर्यालले पनि एमबीएसमा उत्कृष्ट अंक ल्याएर दुई वटा स्वर्ण पदक हात पारिन् । विशिष्ट श्रेणीसहित ७५ प्रतिशत अंक ल्याएकी अर्यालले नेपाल बैंक लिमिटेड सरदार गुञ्जमान सिंह स्वर्ण पदक र रामकृष्ण न्हुँच्छे प्रधान पुरस्कार पाइन् ।

स्नातकोत्तर तहमा स्वर्ण पदक पाउने छात्रामा अल्का श्री श्रेष्ठ, विन्दा श्रेष्ठ, अनिशा भट्टराई, रश्मी थापा, अभिलासा न्यौपाने, सरिता गौतम र मन्दिरा दुलाल छन् । स्नातक तहमा स्वर्ण पदक पाउने छात्रामा स्वेच्छा जोशी, प्रभा त्रिपाठी, प्रतीक्षा पौडेल, विनिता महर्जन र लीना महर्जन छन् ।

एमफिलमा जनप्रशासन केन्द्रीय विभागका छात्र नेत्रप्रसाद सुवेदीले स्वर्ण पाए । स्नातकोत्तर तहमा छात्रमा निर्देश सिलवाल, रामबाबु सापकोटा, राजु श्रेष्ठ र महेश आचार्य तथा स्नातक तहमा राजेश पनेरु, नरेश सुवेदी, सन्तोष खत्री र संघर्ष गाउँले क्षेत्रीले पनि स्वर्ण पाए ।

विद्यार्थीलाई पढाइमा प्रोत्साहित गर्न विश्वविद्यालयले विभिन्न व्यक्ति र संस्थाको नाममा पुरस्कार स्थापना गरी पदक वितरण गर्दै आएको छ । एमफिल, स्नातकोत्तर र स्नातक तह पूरा गरेकालाई पदक वितरण गरिन्छ ।

त्रिविको दीक्षान्त सोमबार पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानको खेल मैदानमा आयोजना गरिएको थियो ।

त्रिविबाट एक वर्षमा विभिन्न तह उत्तीर्ण गरेका ७४ हजार दुई सय ८४ जना विद्यार्थी दीक्षित भएका छन् । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी ओलीले त्यही समारोहबाट दीक्षित भएको घोषणा गरे । उनले स्वर्ण पदक हासिल गर्ने विद्यार्थीलाई प्रमाणपत्र वितरण गरे ।

ओलीले अध्ययनबाट सिकेको ज्ञान र सीपलाई स्वदेशमै खर्च गर्न विद्यार्थीसँग आग्रह गरे । समारोहका प्रमुख अतिथि बनेर आएका भारतको नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयका स्कुल अफ इन्टरनेसनल स्टडिजका साउथ एसियन इकोनोमिक्स विषयका प्राध्यापक महेन्द्र पी लामाले विद्यार्थीलाई किताबी ज्ञानमा मात्र भर नपर्न आग्रह गरे । कक्षाकोठा र किताबको सिकाई मात्र पर्याप्त नभएको उनको भनाइ थियो ।

शिक्षामन्त्री तथा विश्वविद्यालयका सहकुलपति गिरिराजमणि पोखरेलले विश्वविद्यालयले दिएको शिक्षा महत्वपूर्ण रहे पनि पर्याप्त नभएको बताए । विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाले त्रिविलाई विश्वकै उत्कृष्ट विश्वविद्यालय बनाउने अभियानमा आफू रहेको बताए ।

२०७४ जेठ १८ देखि २०७५ जेठ ३१ सम्म त्रिविका ६० आंगिक र १ हजार ८५ सम्बन्धन प्राप्त क्याम्पसबाट स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि गरेकालाई दीक्षित गरिएको थियो । दीक्षान्तमा भाग लिन भने ९ हजार ५ सय ५ ले मात्रै आवेदन दिएका थिए । त्रिविका ५ वटा अध्ययन संस्थान र ४ वटा संकाय छन् । समाचार अन्नपूर्ण पोष्टमा छ ।