• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   अझै पनि शिक्षालाई सर्वसुलभ र व्यवहारिक बनाउन सकेका छैनौँ: सभामुख घिमिरे ★   गुल्मीमा ट्रयाक्टर दुर्घटना हुँदा बालकको मृत्यु, दुईजना घाइते ★   तीन करोड ५७ लाखमा पक्की पुल निर्माण ★   सीतापाइलास्थित कल्भर्टमा कार खस्दा चालकको मृत्यु ★   ठाउँठाउँमा पहिरो खस्दा कर्णाली करिडोर अवरुद्ध ★   पुन: वामपन्थी एकताको प्रक्रियातिर अघि बढिसक्यौँ: प्रधानमन्त्री ★   काठमाडौं प्रहरी प्रमुख रजौरेद्वारा नयाँबानेश्वर वृत्तको निरीक्षण ★   मदन भण्डारीको ७३औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै ★   अध्यक्षमा माधव र घनश्यामबीच प्रतिस्पर्धा निश्चित ★   म्याग्दीको मङ्गलामा ‘लिफ्ट’ प्रविधिको सिँचाइ आयोजना निर्माण

वीरगन्ज महानगरमा अाजदेखि हर्न निषेध, प्लास्टिक प्रयाेगमा नियन्त्रण



वीरगञ्ज : वीरगञ्ज महानगरपालिकालाई सभ्य, सफा, सुसंस्कृत र गौरवमय शहर बनाउने योजनालाई मूर्तरुप दिन मंगलबार अर्थात पुस १७ गतेदेखि नगर क्षेत्रमा हर्न बजाउन निषेध गर्नुका साथै प्लास्टिक नियन्त्रण गर्न थालिएकाे छ ।

नगर कार्यपालिकाको २०७५ मंसिर १८ गतेको निर्णय बमोजिम बीरगञ्ज महानगरपालिका क्षेत्रभित्र हर्न निषेध र प्लाष्टिक नियन्त्रण गर्ने कार्यक्रम कार्यान्वयन हुन लागेकाे हाे ।

कार्यक्रम सफल बनाउन समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत दुई चरणमा अभिमुखीकरण तथा पूर्वतयारी बैठक समेत सञ्चालन गरिएको महानगरले जनाएकाे छ। यस महाअभियानलाई सफल पार्न हातेमालो गर्न सबै सरोकारवाला निकाय, पत्रकार, समाजिक संघसंस्थाहरु, धार्मिक संघसंस्थाहरु, सरकारी अर्द्धसरकारी तथा कर्पोरेट संस्थाहरु राजनैतिक दलमा आवद्ध व्यक्तिहरु, नागरिक समाज, समुदाय प्रहरी वडा समितिमा आवद्ध सम्पुर्ण पदाधिकारीहरु, सामाजिक सुधारका अभियन्ताहरु, वातावरणप्रेमीहरु, स्वयंसेवकहरु लगायतलाइ अाह्वान गरिएकाे छ ।

महानगरले पुस १७ गते बिहान  ७.३० बजे महानगरपालिकाका ३२ वटै वडाको समुदाय प्रहरी साझेदारी वडा समितिको नेतृत्वमा आआफ्नो वडाभित्रका सबै टोलहरु समेट्ने गरी एउटा व्यक्तिले ३० फिट एरियाका प्लाष्टिक, कागज लगायतका हातले टिप्न मिल्ने फोहोरहरु संकलन गर्ने, वडाध्यक्षले विभिन्न वडामा सोही समयमा कार्यक्रम शुरु गर्न सिट्टी फुक्ने व्यक्ति तोक्ने, संकलित फोहोर वडाकै ट्रयाक्टरबाट उठाउने व्यवस्था गर्ने, बिहान ७.३० बजे देखि ८.०० बजेसम्म सरसफाई अभियान संचालन गरी ८.३० देखि ८.३० सम्म सडकमा गुडीरहेका सवारी साधनहरुलाई हर्न नबजाउन अनुरोध गर्दै यसका वेफाइदाबारे सचेत गराउने तथा प्रत्येक सहभागीले आफूले इमर्जेन्सी अवस्थामा बाहेक हर्न नबजाउने प्रतिवद्धता व्यक्त गर्ने याेजना सार्वजनिक गरेकाे छ ।

यस्तै, महानगरपालिकाका कर्मचारीहरु तथा जिल्लास्थित सरकारी कार्यालयहरुले आआफ्ना कार्यालयहरुबाट अभियान शुरु गर्दै घण्टाघरसम्म आई कोणसभा गर्ने तथा महानगरपालिकाका सफाई कर्मचारीहरु आआफ्नै वडामा हुने कार्यक्रममा सहभागी हुने निर्णय गरिएकाे छ ।

महानगरपालिकाले नगर क्षेत्र प्रवेश गर्ने सबै नाकाहरुमा सचेतना सम्बन्धी बुकलेट वितरण गर्ने, तपाई हर्न निषेधित तथा प्लाष्टिक नियन्त्रित क्षेत्रमा प्रवेश गर्दै हुनुहुन्छ  भन्ने उल्लेख गरिएका व्यानरहरु राख्न सम्बन्धित वडाहरुलाई सामग्री उपलब्ध गराउने, सचेतना सामग्रीलाई सबै विद्यालयहरु, कलेजहरु, वैङ्कहरु, सामाजिक संस्थाहरु, सरकारी अर्द्धसरकारी तथा कर्पोरेट संस्थाहरुले बुकलेटको अन्तिममा प्रायोजकको रुपमा आआफ्नो लोगोमात्र थप गरी प्रत्येक घर परिवारमा यो सन्देश पुर्‍याउने गरी अपील सहितको बुकलेट वितरण गर्ने, महानगरपालिकाले सबै महत्वपूर्ण सडक चोकहरुमा राख्नका लागि ट्राफिक संकेतहरु तयार गरी गराई जिल्ला ट्राफिक कार्यालय, पर्सालाई उपलब्ध गराउने निर्णय गरिएकाे छ ।

जिल्ला ट्राफिक कार्यालय, पर्साले सबै सवारी चालकहरु तथा यातायात व्यवसायीहरुलाई अभिमुखीकरण गर्ने व्यवस्था मिलाउने, लेन अनुशासन र ‌ओभरटेक सम्बन्धमा समेत अनुशिक्षण दिने, उद्योग वाणिज्य संघ पर्सा, पानपराग तथा गुट्खा व्यवसायी समिति तथा यातायात व्यवसायी समितिहरुले आआफ्ना सदस्यहरुलाई यो महाअभियान सफल पार्न सबै खाले सहयोग पुर्‍याउन निर्देशन जारी गर्ने तथा सबै स्थानीय सञ्चार माध्यमहरुले पुस १७ गतेदेखि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रचार प्रसार र जनचेतना सामग्रीहरु प्रकाशन प्रसारण गर्ने व्यवस्था मिलाउने तथा पुस २४ गते देखि दण्डात्मक उपायहरु समेत प्रयोग गर्नुपर्ने भएकोले महानगरपालिका र जिल्ला ट्राफिक कार्यालयले दण्डात्मक उपायहरुको स्वीकृत कार्यविधि कार्यान्वयनमा ल्याउने महानगरकाे कार्यसमितिकाे निर्णयमा भनिएकाे छ ।

हर्न निषेध र प्लाष्टिक नियन्त्रणको महाअभियानलाई प्रभावकारी र सहभागितामूलक बनाउन आजै प्याब्सन तथा एन प्याबसनमा आवद्ध विद्यालयहरुका प्रधानाध्यापकहरु, क्याम्पसका प्रमुखहरु, विभिन्न राजनैतिक दलका युवा नेतृत्ववर्गसँग महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा भीष्मकुमार भूसालले विभिन्न चरणमा अन्तर्क्रिया गरी सुझावहरु लिंदै सबैको साथ, सहयोग, सहकार्य र समन्वयको लागि महानगरको तर्फबाट अपील समेत गर्नुभएको छ।

उक्त अभियानमा जिल्ला प्रशासन कार्यालय, पर्सा र जिल्ला प्रहरी कार्यालय, पर्साको सक्रिय साथ र सहयोग रहेको बताइएकाे छ।

महानगरपालिकाभित्र ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन महानगरपालिकाले जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक  रेवती ढकाललाई चार थान गोप्रो क्यामरा उपलब्ध गराएको छ।

ती क्यामराहरु नगरप्रमुख विजय कुमार सरावगीबाट प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई तथा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा भीष्मकुमार भूसालको उपस्थितिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सालाई हस्तान्तरण गरिएको छ ।