५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

गुणस्तर विभागमा खुलमखुला घूस, पैसा नदिए गेटसम्म खुल्दैन

गुणस्तर विभागमा खुलमखुला घूस, पैसा नदिए गेटसम्म खुल्दैन
अ+ अ-

एक घन्टामा १२ पटक लेनदेन, पैसा नदिए गेटसम्म खुल्दैन

काठमाडौं माछापोखरीस्थित नेपाल गुणस्तर तथा नापतौल विभाग पस्ने वित्तिकै देखिन्छ आकर्षक नारा । लेखिएको छ– गुणस्तरीयता, सन्तुष्टि, सुरक्षा र विश्वसनीयता । तर, विभागका कर्मचारीले मापन गरेवापत खुलमखुला घुस लिने गरेका छन् । आइतबार विहान ११ :२० बजे ट्याक्सीको मिटरमा सिल लगाइदिने कर्मचारीले चालकसँग घुस मागे । सरकारी पोषक लगाएका ती कर्मचारीले भने, ‘चिया खर्च दिनुस् ।’ चालक अनकनाए । कमाइ नभएको भन्दै गुनासो गरे । तर ती कर्मचारीले चालकलाई छाड्दै छाडेनन् । चालकले ५० रुपैयाँ थमाएपछि बल्ल छाडे ।

ती चालक विभागभित्र काम सकाएर गेटतर्फ मोडिए । गेट नजिकै पुगे तर गेट खोलिएन । गेटमा बस्ने कर्मचारी उनको नजिक आए । अनि हाकाकाकी भने, ‘चिया खर्च दिनुस् पहिला ।’ चालकले पहिल्यै ५० रुपैयाँ बुझाइसकेको बताए । विहानैदेखि एकसुको कमाइ नभएको भन्दै गुनासो गरे । तर गेट खुल्दै खुलेन । कर्मचारी भन्दै थिए, ‘हामीलाई पनि हेर्नुपर्यो नि ।’ गेट खुलेन । चालकले एकसयको नोट निकालेर कर्मचारीको हातमा थमाइदिए । बल्ल गेट खुल्यो । ‘मनपरी हुन्छ यहाँ । पाइलैबिच्चै घुस खुवाउँनुपर्छ ।’ चालक रिसाउँदै गोंगबुतर्फ लागे ।

मिटर चेक गर्ने ठाउँ नजिकै कसैलाई जान दिइदैन । नजिकै गयो भने झपारेर पठाइन्छ । भित्तामा सुचना टाँसिएको छ, ‘ट्याक्सीमा एकजना मात्रै चढ्नु होला ।’ मिटर जाँच गरिसकेपछि मास्क लगाएका ती कर्मचारीले भन्छन्, ‘यसो बिचार गर्नुस है ।’ एकजना ट्याक्सी चालकले भने ‘मिटर चेक गर्ने ठाउँमा हावा कम छ भनेर ५० रुपैया माग्यो । मैले दिएँ ।’ उनी रिसाउँदै बाहिरिए ।

जता गयो उतै माग्छन्

दिउँसो ११ :१५ देखि १२ :१५ सम्म विभागमा जम्मा २५ वटा ट्याक्सी भित्रिए । यही अवधिमा २० ट्याक्सी गेटबाट बाहिरिए । बाहिरिने मध्ये १७ वटाले आफ्नो काम बनेको बताए । तीमध्ये १२ वटा ट्याक्सी चालकले गेटका कर्मचारीलाई १० रुपैयाँदेखि १ सय रुपैयाँसम्म घुस दिएर गए । कर्मचारीले सिधै घुस मागे पनि ५ ट्याक्सी चालकले भने दिएनन् । कोही बिहानदेखि कमाइ नभएको भन्दै झर्किँदै गए । कोही ‘सरकारले दिन्छ । हामीसँग किन माग्या ? ’ भन्दै थर्काएर गए ।

गेटमा बस्ने कर्मचारीको घुस माग्ने तरिका अचम्मको थियो । ट्याक्सी हुँइकिएर गेटमा आइपुग्थ्यो । कर्मचारी गेटको एउटा ढोका बन्द राखेर ट्याक्सीलाई रोक्थे । जबसम्म ती कर्मचारीलाई चालकले पैसा थमाइदिँदैन थिए, तबसम्म गेट बन्द हुन्थ्यो । रुपैयाँ हात परेपछि ढोका खुल्थ्यो ।

ट्याक्सी चालक जगत श्रेष्ठले ती कर्मचारीलाई २० रुपैयाँ थमाएर बाहिरिए । उनी भन्दै थिए, ‘गेटमा बस्ने, मिटर जाँच्ने, सिल मार्ने जहाँसुकै बस्नेले सिधै घुस माग्छ ।’ अढाइ दशकदेखि टेम्पो र ट्याक्सी चलाउँदै आएका श्रेष्ठले विभाग कहिल्यै नसुध्रिएको बताए । उनले भने, ‘यहाँ आउँदा प्रत्येक पटक पैसा दिएको छु । कहिल्यै सुध्रिएन यो कार्यालय ।’

प्रविन थपलिया ट्याक्सीको मिटर जाँच्न विभाग पुगे । उनलाई विभागको अवस्थाबारे पूर्वजानकारी थियो । उनले विहानै खुद्रा पैसा स्टेरिङ छेउको सानो डिकीमा हाले । अपशोष ! मिटर रिड नगरेका कारण उनको काम बनेन । उनले भने, ‘आज पैसा चढाउनु परेन । अब अर्को पटक आउँदा चढाउनुपर्छ ।’

विभागका महानिर्देशक विश्ववावु पुडासैनीले घुस माग्ने कर्मचारीलाई तुरुन्तै बोलाएर स्पष्टिकरण लिइने बताए । उनले भने, ‘अहिले तुरुन्तै बोलाएर स्पष्टिकरण लिन्छु । कार्यालयमा यस्तो काम गर्न छुट छैन । पहिला पनि कारबाही गरिसकेका छौं ।’

नियमको धज्जी उडाउँछन् कर्मचारी

विभागको मुल गेट छिर्ने बित्तिकै देब्रेतिर रातो अक्षरमा ‘पिउने पानी मात्र’ लेखिएको ट्याङ्की छ । जस्तापाताले बनेको त्यो ट्याङ्की पुरानो छ । ट्याङ्कीमाथि थोत्रा डिब्बाहरु राखिएका छन् । बिग्रिएका पुराना सामानहरु पनि प्रशस्तै छन् । परबाट हेर्दै घिनलाग्ने गरि ट्याङ्कीभरी लेघ्रा बसेको छ । ट्याङ्कीमूनी जुठा भात र तरकारी मिल्काइएको छ ।

खानेपानीकै ट्याङ्की मूनि भाँडा माझ्ने, खकार्ने, सिंगान पुछ्ने रछ्यान बनेको छ । अझै अचम्म लाग्दो कुरा के हो भने ट्याङ्कीमा पानी नै छैन । धाराको टुटी चाहीँ जडान गरिएको छ । पानी ट्याङ्कीको देब्रेतिर शौचालय छ । परैबाट देखिने गरि ठुला अक्षरमा लेखिएको छ– शौचालय । शौचालय छ भनेर जानकारी नै दिनु नपर्ने गरी दुर्गन्ध फैलिएको छ । सास रोकेर शौचालय छिनुपर्छ । भित्र पानी छैन । महिला, पुरुष भनेर छुट्याईएको पनि छैन । अपांगमैत्री त झन् कहाँ हो कहाँ ! त्यसमाथि शौचालयको ढोकै लाग्दैन । चुकुल छ, तर बिग्रेको । शौच गरिरहँदा कोही आइ पो हाल्ने हो कि भन्दै त्राहिमाम हुनुपर्छ ।

कार्यालयको भित्तामा गेटबाटै देखिने गरी प्लाष्टिकजन्य पदार्थ जथाभावी नफाल्न सुचित गरिएको छ । तर कार्यालय परिसरभित्र पानीका रित्ता बोतल र ‘पोलीथिन’ जहिँतहीँ देख्न सकिन्छ । प्लाष्टिकका भाँचिएका÷कुचिएका सामानहरु यत्रतत्र मिल्काइएको छ । कार्यालयभित्रको बेथिति यतिमा मात्रै सिमित छैन । एउटा सुचना ठाउँठाउँमा पढ्न पाइन्छ– धुम्रपान निषेधित क्षेत्र । तर गुणस्तर विभागभित्रै गुणस्तरहिनताको पराकाष्टा देखिन्छ । बिहानको १० :१८ बजे । भवन नम्बर १ को पछाडि चौरमा बसेर कोटपाइन्ट लगाएका एक कर्मचारी सुर्ती मोल्दै थिए । बुढी औंलाले सुर्ती मोल्दै घरीघरी प्याट्–प्याट् पार्थे । सुर्तीको धुलो उडाउँदै गरेको दृष्य हेर्दा यस्तो लाग्थ्यो–गुणस्तर विभागका कर्मचारी आफैंले गुणस्तरको धज्जी उडाइरहेको छ ।

कोही नआउने, आउने गफमात्रै गर्ने

उपभोक्ताले दिनहुँ विषादी मिसिएको तरकारी खाइरहेका छन् । गुणस्तर जाँच्नुपर्ने कर्मचारी भने दिनभर चौरमा खुट्टा पसारेर घाम तापिरहेका थिए । उनीहरु कर्मचारी समायोजनबारे गफ गरिरहेका थिए । कार्यकक्षको ढोकामा प्राय स् ‘बाहिर’ लेखिएको थियो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनी दिनभर कार्यालयमा देखिएनन् । विदामा बसेको उनले बताए । त्यस्तै उपमहानिर्देशक प्रमोदा प्रधान, इन्जिनियर अनिता कार्की, मेडिकल इन्जिनियर सुनिलकुमार यादव कोही पनि कार्याकक्षमा थिएनन् । कतै कर्मचारी कम्प्युटरमा व्यस्त थिए । कोही कार्य कक्षभित्रै मोबाइल चलाइरहेका थिए । भौतिक तथा रसायन प्रयोगशालाका कर्मचारी प्राय स् बाहिरै थिए । खाजा खाने समय १ देखि २ बजेसम्म तोकिए पनि ३ बज्न लाग्दासमेत कर्मचारी चौरमै गफिरहे । महानिर्देशक पुडासैनीले सोमबार कार्यालय आउने वित्तिकै छड्के जाँच गरिएको बताए । उनले भने, ‘जाँचमा एकजना मात्रै कर्मचारी अनुपस्थित रहेको पाइयो ।’

भ्रष्टाचार गरेको थाहा पाए १०७ मा फोन गर्नु भन्दै अख्तियारको सुचना टाँसिएको छ जताततै । तर सेवाग्राहीलाई कामको चटारो छ । पाइलापाइलामा घुस दिन्छन् तर १०७ मा कसैले फोन गर्दैनन् । सेवाग्राही कहाँबाट कहाँ जाने भन्नेबारे प्रष्ट सुचना कहीँ छैन । भित्तामा टाँसिएको वडापत्र पनि खुइलिएको छ ।

कार्याकक्षबाहिर टाँसिएको छ–अनुमति बिना प्रवेश निषेध । तर, १२ :४५ बजे कोट लगाएका एक सेवाग्राही कर्मचारीको पछि लागेर कार्यकक्षभित्र छिरे । कर्मचारी बस्ने कुर्सीमा उपर खुट्टी लगाएर बसे ।

दिउसो १ बजे । ट्याक्सी तथा ट्याम्पो इकाइका कर्मचारीले सात दिनसम्म ट्याक्सी चलाउन नपाउने गरी एक ट्याक्सी चालकको मिटर जफत गरिन् । झ्यालबाट सेवाग्राही बिलौना गर्दै दिए । उनी भन्दै थिए, ‘मेरो गल्ती छैन म्याम । जाँड खाएको पेसिन्जरले सिल चुँडाइदियो । कमाएर खाने भाँडो यहाँ राखेपछि म के गरुँ अब रु ’ उनको बिलौना कर्मचारीले सुनिनन् । ती चालकले कतै फोन गर्दै भने, ‘सर ७ दिनसम्म गाडि कुदाउन नपाउने रे । किस्ता तिर्ने बेला भइसक्यो । तपाईं नै यहाँ आउनुपर्यो सर । हेलो सर, हेलो सर।।। । उनको फोन काटियो । चालक निरास भइ चौर गएर टोलाउन थाले ।

विभागभित्र देशको चिन्ता

कार्यालय खुल्न १५ मिनेट बाँकी थियो । ट्याक्सी÷ट्याम्पो इकाइ अघिल्तिर २०, २५ जना चालकहरु जम्मा भइसकेका थिए । छेउको चौरमा ३ जना चालक गफिरहेका थिए । उनीहरु सरकारी अड्डामा हुने बेतिथिमाथि आक्रोस् पोखिरहेका थिए । सरकारी अड्डाबारे उनीहरुको साझा बुझाइ थियो । भन्दै थिए, ‘कर्मचारीहरुले पैसा नखाइ कामै गर्दैनन् ।’

गुणस्तर विभागको अनियमिततादेखि दिक्क थिए उनीहरु । प्रत्येक पटक आउँदा यहाँका कर्मचारीलाई घुस खुवाउँदै हिँड्नु परेको उनीहरुले बताए । चालक बिनय तिमल्सिनाले यसरी देश कहिल्यै विकास नहुने ठोकुवा गरे । उनले भने, ‘नेपाललाई सिंगापुर बनाउँछु भन्ने पनि आए । समृिद्ध भन्दै भट्याँउने पनि आए । तर खै के नापियो ? देश त झनै बर्बात हुँदैछ ।’

ट्याक्सी चालकले यात्रु लुट्छन् भन्ने आरोपप्रति उनीहरुले दुखेसो पोखे । ‘लुट्ने चाँही नेता र कर्मचारी । दोष चाँही हामी माथि, खण्डन गर्दै एक चालकले भने, ‘बन्दाकोबीमा किरा लागेको बाहिर मात्रै देखिन्छ । भित्र ध्वस्त भइसकेको कसैलाई मेसो हुँदैन । यो देश पनि बन्दाकोबी जस्तै भइसक्यो ।’ ट्याक्सी चालक बन्दाकोबीको बाहिरी भाग मात्रै भएको उनले बताए । भने, ‘भित्रै कुहिएको संकेत यही गुणस्तर विभागमै पाइन्छ ।’

बहसमा अर्का एक ट्याक्सी चालक थपिए । उनले गुणस्तर विभागको अनुगमनबारे रोचक कुरा सुनाए । ‘अनुगमनमा जाने भन्दै टन्न मासु भात खाएर आउनेहरु छन् यहाँ, उनले आक्रोशित हुँदै भने, ‘यिनीहरुले नाप्ने जोख्ने केही गर्दैनन् । बरु, अगाडि नै हामी आउँदैछौँ भनेर जानकारी दिन्छन् । अनि खान्छन्, आउँछन् ।’ अन्नपुर्ण पोष्टमा खबर छ ।