५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

टहराबाटै गाउँपालिकाको कामकाज

टहराबाटै गाउँपालिकाको कामकाज
अ+ अ-

खोटाङ । एउटा लामो टहरा । टहराभित्र प्रवेश गरेपछि शुरु हुन्छ स्थानीय सरकारको दैनिक कामकाज । स्थानीय तह गठन भएको डेढ वर्ष पार भइसकेको छ ।

देशभरिका अरु स्थानीय तहको छुट्टै शान छ । कयौँ कार्यालय व्यवस्थापकीय हिसाबले मजबुत छन् । यहाँको एउटा स्थानीय तह टहरामा सञ्चालित छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलदेखि सुदुरदक्षिण क्षेत्रमा अवस्थित बराहपोखरी गाउँपालिकाको कामकाज विद्यालयको टहरामा सञ्चालन गरिँदै आएको छ ।

स्थानीय बालकन्या आधारभूत विद्यालयले दिएको टहरामा स्थानीय सरकारको सम्पूर्ण काम हुन्छ । एउटा कोठा भएको उक्त टहराभित्र दर्ता चलानी शाखादेखि लिएर गाउँपालिका अध्यक्ष बस्नेसम्मको ठाउँ लहरै छ । धुलोमाटोको कक्षाकोठामा केटाकेटीलाई शिक्षकले पढाइरहेको अवस्थाभन्दा पनि नाजुक छ गाउँपालिकाको अवस्था । एउटै टहराभित्र लहरै राखिएका टेबल कुर्सीको पछाडिपट्टि कागजमा लेखिएको छ, दर्ता चलानी, योजना तथा अनुगमन शाखा, सूचना तथा प्रविधि शाखा, कृषि, पशु, महिला तथा बालबालिका शाखा, शिक्षा एकाइ, स्वास्थ्य, प्रशासन, प्राविधिक फाँट, लेखा शाखा र प्रमुख प्रशासकीय अधिकृत कक्ष ।

गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र गाउँ कार्यपालिकाका सदस्य अन्य कर्मचारी बसिसकेपछि मात्रै बाँकी रहेको कुर्सीमा बस्ने गर्छन् । “ठाउँ अभावले बेञ्चमा बस्नुपर्ने बाध्यता छ,” गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जराले भन्नुभयो, “तत्कालका लागि अस्थायी रूपमा विद्यालयले दिएको टहराबाट सेवा प्रवाह गरिरहेका छौँ । चाँडै व्यवस्थित भवन बनाउने योजना छ ।” हाल एउटै कोठाबाट सबै काम गर्न असहज भइरहेको उहाँको भनाइ छ ।

उपाध्यक्ष गोमा मगरका अनुसार गाउँपालिकाको आफ्नै भवन बनाउनका लागि बजेट विनियोजन गरिएको छ । चालू आर्थिक वर्षभित्र निर्माण गर्ने तयारी छ । भवन निर्माणका लागि गाउँपालिकाले रु ८० लाख विनियोजन गरिसकेको छ । भवन निर्माणका लागि स्थानीयवासीले ३७ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेलले एउटै टहराबाट सबै प्रकारको सेवा प्रवाह गर्दा सेवाग्राहीलाई असहज हुने गरेको बताउनुभयो । संस्थागत, भौगोलिक, भौतिक तथा कानूनी हिसाबले पनि यस गाउँपालिका अन्यभन्दा पछाडि रहेको अधिकृत भुजेलले बताउनुभयो । सेवाग्राहीका लागि एउटै कोठामा गाउँपालिकाको सबै काम भए पनि कर्मचारीका लागि असहज भएको छ । “यसै वर्षभित्र १६ कोठे व्यवस्थित भवन निर्माण गरिँदैछ,” भुजेलले भन्नुभयो । भवनका लागि सर्वेक्षण र डिजाइनको काम भइसकेको छ । रासस