५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

डेमोक्राट पार्टी भन्छ– मेक्सिको पर्खाललाई बजेट दिन सक्दैनौं

डेमोक्राट पार्टी भन्छ– मेक्सिको पर्खाललाई बजेट दिन सक्दैनौं
अ+ अ-

वासिङटन । संयुक्तराज्य अमेरिकाका सङ्घीय कार्यालयहरु बजेट अभावमा आंशिक बन्द भएको डेढ हप्ता भइसक्यो । अमेरिकी कङ्ग्रेसको माथिल्लो सदन सिनेटमा डेमोक्राट पार्टीले राष्ट्रपति डोनाल्ड ट्रम्पको सीमा पर्खालका लागि बजेटको व्यवस्था नगरी बाँकी बजेट मात्र पारित गर्ने प्रस्ताव पुनः अगाडि सारेको छ ।

राष्ट्रपति ट्रम्पका लागि “प्रतिष्ठाको विषय” बनेको सीमा पर्खालको बजेट पारित नभए के होला रु राष्ट्रपति ट्रम्पले भन्नुभएको छ, “बरु सरकारी कार्यालयहरु बन्द हुन्, पर्खाल निर्माणका लागि बजेट छुट्याउनुको विकल्प छैन । राष्ट्रिय सुरक्षा नै मेरो पहिलो प्राथमिकता हो ।”

अमेरिकी कङ्ग्रेसका दुबै सदनमा केही वर्षदेखि बहुमतमा रहेको रिपब्लीकन पार्टीको प्रभाव खस्केको छ । खासगरी, अमेरिकी कङ्ग्रेसको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा गत नोभेम्बरमा भएको निर्वाचनमा रिपब्लीकन पार्टीले बहुमत गुमाएपछि राष्ट्रपति ट्रम्पका कैयौं महत्वाकाँक्षी योजना र कार्यक्रम ओझेलमा पर्ने निश्चित भइसकेको छ ।

विपक्षीको विश्वास आर्जन नगर्दासम्म ट्रम्पका आगामी दिनहरु फलामका चिउरा चपाउनु सरह हुनेछ ।

हाल बन्द अवस्थामा रहेका सरकारी कार्यालयहरुको बजेट व्यवस्थाका लागि नवनिर्वाचित डेमोक्राट्सले सोमबार दुईवटा विधेयक अगाडि सारेका छन् । यो बजेट पारित भएमा हजारौं सङ्घीय कर्मचारीहरु काममा फर्कन पाउनेछन् । कङ्ग्रेसको बहुमत सहितको नयाँ सत्र प्रारम्भ हुनासाथ उक्त बजेट पारित गर्ने योजना डेमोक्राट्सको छ ।

डेमोक्राट्सले हाउस अफ रिप्रिजेन्टेटिभ्समा बहुमत हासिल गरेयता पहिलो कार्यसूचीका रुपमा बजेट विधेयकको अनुमोदन रहेको छ ।

रिपब्लीकन पार्टीको बहुमत रहेको माथिल्लो सदन सिनेटले बजेट विधेयकलाई पारित गर्ने वा नगर्ने भन्ने बारेमा अन्यौल कायमै छ । खासगरी, रिपब्लीकन पार्टीभित्रै बजेटका बारेजमा मतैक्य हुन सकेको छैन । सिनेटमा रिपब्लीकन पार्टीका नेता मिच म्याक्कोनेलका प्रवक्ता डोनाल्ड स्टेवार्टले राष्ट्रपति ट्रम्पको समर्थन बेगर सिनेट रिपब्लीकनले कुनै कार्यबाही नगर्ने बताउनुभयो ।

“कुरा प्रस्टै छः राष्ट्रपतिले हस्ताक्षर नगर्ने किसिमको कुनै पनि कुरा सिनेटले राष्ट्रपतिकहाँ पठाउने छैन,” स्टेवार्टले भन्नुभयो ।

साङ्केतिक नै भएपनि तल्लो सदनले विधेयक पारित गरेमा त्यसले राष्ट्रपतिमाथि थप दबाब सिर्जना गर्नेछ । यस्तै, ट्रम्प प्रशासनका अधिकारीहरुले गतिरोध अन्त्यका लागि राष्ट्रपतिले कुनै हतार नगरेको बताएका छन् ।

नाम बताउन नचाहने एक अधिकारीको भनाइमा राष्ट्रपति ट्रम्पको विश्वासमा सीमा पर्खालका बारेमा जनमत आफ्नो पक्षमा रहेको छ ।

ट्रम्पले सप्ताहान्तमा एकपछि अर्को ट्वीटमा डेमोक्राट्सहरु वार्तामा आउनुको विकल्प नरहेको बताउनुभएको छ । सोमबार ट्रम्पले गर्नुभएको ट्वीटमा भनिएको छ, “सिमेन्ट र गिटीको पर्खाल बनाउनुको विकल्प छैन । मैले पर्खाल बनाउने प्रस्ताव त्यागेको छैन । सीमा सुरक्षासँग सम्बन्धित केही विज्ञले वारपार देखिने किसिमको पर्खाल उपयुक्त हुने प्रस्ताव गरेपनि मेरो धारणा बलियो सिमेन्टको पर्खाल नै हो ।”

राष्ट्रपति ट्रम्पले सोमबार फक्स च्यानललाई दिएको अन्तर्वार्तामा भन्नुभएको छ, “म डेमोक्राट्ससँग मध्यस्थता गर्न तयार, इच्छुक र सक्षम छु । तर, मैले पर्खाल नै चाहिन्छ भन्नेमा जोड दिइआएको छु । हामीसँग बलियो सीमा सुरक्षा चाहिन्छ र सीमा सुरक्षामा पर्खालको ठूलो महत्व छ ।”

बजेट पारित नहुँदा अमेरिकी सङ्घीय कार्यालयहरु डिसेम्बर २२ देखि आंशिक बन्द भएका हुन् ।