३ भाद्र २०८३, बुधबार
,
Latest
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने अन्तरिक्ष प्रविधिमा चीनको नयाँ सफलताः ‘जुके–३’ रकेटको पहिलो खण्ड जमिनमा सफल अवतरण खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला कावुलको एक विद्यालय बाहिर विस्फोट, धेरै विद्यार्थी घाइते टर्कीको सिभास प्रान्तमा मिनीबस दुर्घटनाः चार जनाको मृत्यु, १० घाइते चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तरिक्षबाट देखिएका सन् २०१८ का पृथ्वीका दृश्यहरू



अ+ अ-

सन् २०१८ मा पृथ्वीका चर्चित ठूला घटनाका तस्वीरहरू डिजिटल ग्लाेबले एसाेसिएटेड प्रेस मार्फत उपलब्ध गराएकाे थियाे । यी तस्वीरहरू पृथ्वीभन्दा धेरै माथि अन्तरिक्षबाट भूउपग्रहका माध्यमबाट खिचिएका थिए । यी राेचक र तथ्यपरक तस्वीरहरूले पृथ्वीमा भएका घटनालाइ समग्रमा बुझ्न मद्दत गरेका थिए । यी तस्वीरहरू विश्वका संचार माध्यममा प्रकाशन भएका थिए । तिनै तस्वीरकाे संगालाे यहाँ प्रस्तुत गरिएकाे छ ।

अमेरिकाकाे क्यालिफाेर्नियामा लागेकाे भीषण डढेलाे ।

 

भियतनाम युद्धपछि पहिलाेपटक भियतनामकाे समुद्री तटीय क्षेत्रमा लडाकू विमान सहितकाे अमेरिकी विमान बाहक विशाल पानीजहाज ।
अमेरिकाकाे नर्थ क्याराेलिनामा अाएकाे हरिकेन फ्लाेरेन्स नामकाे अाँधीले सडक, फार्म र घरहरू डुबानमा पारेकाे अवस्था ।
रूसकाे पूर्वी साइबेरियामा रूसले गरेकाे विशाल सैन्य अभ्यासका क्रममा पाराड्रपकाे क्षण ।

 

इन्डाेनेसियाकाे मध्य सुलावेसीस्थित पालुमा भूकम्पपछि सुनामीले गरेकाे क्षतिकाे अवस्था ।

 

अमेरिकाकाे वासिङटनमा मार्च फर अावर लाइभ्समा सहभागीहरूकाे विशाल भीड ।
अमेरिकाकाे हवाइकाे किलावे ज्वालामुखी विस्फाेटबाट निस्केकाे लाभाकाे अद्भुत दृश्य ।
भारतकाे केरला राज्यमा अाएकाे बाढीले जलमग्न भएकाे स्थिति ।