• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

आज पनि घट्यो शेयर बजार




काठमाडौँ । धितोपत्र बजारमा आज पनि शेयरको मूल्य ओरालो लागेको छ ।

साताको शुरुदेखि नै ओरालो लागेको बजार आज अन्तिम दिन समेत कारोवार मापक नेप्से परिसूचक एक दशमलव ५६ बिन्दुले घटेर एक हजार १७८ दशमलव ८७ बिन्दुमा झरेको छ । ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ४८ बिन्दुले घटेर २५० दशमलव शून्य ६ बिन्दुमा पुगेको छ ।

स्टककाअनुसार आज कूल १५८ कम्पनीको सात लाख ९७ हजार ६१३ कित्ता शेयर रु २७ करोड ६९ लाख ५६ लाख ३०१ मूल्यमा खरिद बिक्री भए । कारोवार भएका कूल नौ उपसमूह मध्ये छ उपसमूहको शेयर बढे भने तीन उपसमूहको शेयर भने घटेका छन् ।

बैंकिङ ४ दशमलव ३६, विकास बैंक ६ दशमलव १८ र जलविद्युत् ६ दशमलव ३७ बिन्दुले घटेका छन् । होटल १८ दशमलव २५, वित्त शून्य दशमलव ३८, निर्जीवन बीमा १५ दशमलव शून्य दुई, अन्य शून्य दशमलव तीन, लघुवित्त एक दशमलव २२ र जीवन बीमा ६८ दशमलव शून्य पाँच बिन्दुले बढेका छन् ।

घटेको बजारमा युनाइटेड मोदी हाइड्रो पावर, सिन्धु विकास बैंक, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, अपि पावर कम्पनीका शेयरधनीले कमाएका छन् । कालिका लघुवित्त वित्तीय संस्था, हाथवे फाइनान्स कम्पनी, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, नागवेली लघुवित्त वित्तीय संस्थाका शेयरधनीले आज बढी गुमाएका छन् ।