• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

स्थानीय निकायलाई दिइएको अधिकारको सदुपयोग गरौँ – सहमहामन्त्री डा.महत




नुवाकोट । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले हाल स्थानीय निकायलाई प्राप्त अधिकारको सदुपयोग गर्नुपर्ने सुझाव दिएका छन् । यस अधिकारको सदुपयोग गर्न सबैलाई आग्रह गर्दै डा.महतले भने, नेपालको संविधानले स्थानीय नियकालाई असीमित अधिकार दिएको छ यो अधिकारको सही सदुपयोग गरी गाउँकै विकासमा लगाउनुपर्छ ।
गाउँको विकासका लागि सबै एकजुट हुनुपर्ने र गाउँका लागि आएको बजेट आफ्नै ठानेर एकीकृत विकास आयोजनाको अवधारणाका साथ समुदायको अधिकतम हित हुनेगरी सो क्षेत्रमा लगाउनुपर्ने सुझाव उनले दिए ।
टोलकुमारी खड्गबहादुर महत स्मृति प्रतिष्ठानद्धारा आज नुवाकोटको पञ्चकन्या गाउँपालिका, कबिलासमा अवस्थित शान्ति विद्या आधारभूत विद्यालयका विद्यार्थीहरुलाई झोला तथा न्यानो कपडा वितरण कार्यक्रममा प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै सहमहामन्त्री डा.महतले स्थानीय निकायको काम भनेको सिंहदरबारको आँखा नपुग्ने ठाउँमा जनताको घर आँगनमै रहेर जनताको सेवा गर्नु हो, तर करमााथि कर थोपरेर जनतालाई दुःख दिनु होइन भने ।
सहमहामन्त्री डा.महतले तर वर्तमान ओली सरकारले भने जनतालाई विकास र सुख सुविधा होइन कि जेमा पनि करमात्र लगाएर जनतालाई दुःख मात्र दिएको भन्दै आलोचना गरे । उनले भने, यो सरकार जनतलाई विकास तथा सुविधा दिन आएको होइन बरु हुने नहुने कामको आश्वासन र करमात्र थोपरेर जनतालाई दुःख मात्र दिन आएको हो ।
उनले वर्तमान सरकार संस्थागत भ्रष्टाचारमा ओर्लिएको र त्यसको हरहिसाब जनताले एक एक गरेर राखिरहेको बताए । सरकारका यस्ता कैयौँ संस्थागत भ्रष्टाचारहरुमध्येको एक उदाहरण वाइडबडी प्रकरण हो, उनले भने ।
सो प्रतिष्ठानकी अध्यक्ष विना महतले नुवाकोट जिल्ला र त्यसमा पनि कबिलास आफ्ना भावनात्मक सम्बन्ध रहेको स्थान भएकोले यस क्षेत्रको विकासका लागि आफू सक्दो रुपमा प्रयत्नरत रहेको र आगामी दिनमा पनि यसको विकासमा लाग्ने प्रण गर्नुभयो ।
यस प्रतिष्ठानले उक्त विद्यालयमा छात्रवृत्ति वितरण गर्ने तथा विद्यार्थीहरुलाई झोला लगायतका सामग्री र जाडो मौसममा न्यानो कपडा वितरण गर्दै आएको छ । साथै नुवाकोट जिल्लामा आधारित रहेर उक्त प्रतिष्ठानले केही वर्षदेखि एम्बुलेन्स सेवा सञ्चालन गर्दै आएको छ । विसं २०७२ को भूकम्पबाट पीडितहरुलाई पनि सो प्रतिष्ठानले पुराएको थियो ।
सो प्रतिष्ठान डा. प्रकाशशरण महतका माता स्वर्गीय टोलकुमारी र पिता खड्गबहादुरको स्मृतिमा स्थापना गरिएको हो । यस संस्थाले नुवाकोटमा आधारित रहेर विभिन्न समाजसेवाका कार्य गर्दै आएको छ ।