• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

बिदामा बसे दीपकराज जोशी, चोलेन्द्रले खोसे जोशीको चेम्बर



काठमाडौँ । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशी शुक्रबारबाट बिदामा बसेका छन् । जोशी आजबाट लागू हुने गरी ५ दिनका लागि बिदामा बसेका हुन् ।

यद्यपि सर्वोच्च अदालत प्रशासनले भने जोशी बिदामा बसेको बारे कुनै औपचारिक जानकारी नआएको भन्दै यसबारेमा केही थाहा नभएको बताएको छ ।

दीपकराज जोशीको चेम्बर खोसियो

बुधबार प्रधानन्यायाधीशमा नियुक्त भएलगत्तै चोलेन्द्र शमशेर राणाले जोशीविरुद्ध कुनै पनि मुद्दाको पेशी नदिने बताएका थिए ।


जोशीले बुधबार मात्रै पत्रकारसँगको अन्तक्र्रियामा आफुलाई पेसी नतोकिएको भन्दै अदालतलाई बन्धक नबनाउन राणासँग आग्रह गरेका थिए ।जोशी आफ्नो सहपाटि भएको तर संसद्को सम्मानका लागि आफूले उनलाई इजलास दिन नसकेको भन्दै राजीनामा गर्न राणाले सुझाएका थिए ।