• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

फ्लोरिडाको सवारी दुर्घटनामा सात जनाको मृत्यु



फोर्ट लाउडरभिल, अमेरिका ।  संयुक्तराज्य अमेरिकाको फ्लोरिडा राजमार्गमा यात्रुबाहक सवारी साधन र इन्धन बोकेको ट्याँकर एकापसमा जुधेर भएको दुर्घटनामा सात जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । 

उक्त दुर्घटनाका क्रममा सवारी साधनमा आगो समेत लागेको थियो । उद्धारकर्मीहरुले आगो नियन्त्रणमा ल्याउनुका साथै केही घाइतेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको स्थानीय प्रहरीले जनाएको छ । आगलागीका कारण सडकमा समेत क्षति पुगेको छ । 

फ्लोरिडा राजमार्ग अनुगमन कार्यालयका प्रवक्ता प्याट्रिक रिओरडानले आगलागीको कारणबारे अनुसन्धान शुरु गरिएको बताउनुभएको छ । दुर्घटनामा एक परिवारका सबै सदस्य मारिएको भन्दै प्रवक्ता रिओरडानले उनीहरु सवारीसाधन जुधेर मारिएका हुन् वा आगोले डढेका हुन् भन्ने अनुसन्धान भइरहेको जानकारी दिनुभयो । 
––