• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

प्रधानसेनापति थापा पुस २७ गते भारत जाने, सैनिक प्रवक्तामा यामप्रसाद ढकाल



काठमाडौँ : प्रधानसेनापति पूर्णचन्द्र थापाले आगामी शुक्रबार (पुस २७ गते) बाट भारतको औपचारिक भ्रमण गर्नुहुने भएको छ ।

प्रधानसेनापतिको जिम्मेवारी सम्हालेपछि भारतका सेनाध्यक्ष विपिन रावतको निमन्त्रणमा उहाँ पहिलोपटक भारतको औपचारिक भ्रमणमा जान लाग्नुभएको हो ।

भारत भ्रमणमा रहँदा प्रधानसेनापति थापालाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीय सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्नुहुनेछ । नेपाल र भारतबीच एक अर्काे देशका प्रधान सेनापतिलाई मानार्थ महारथीको दज्र्यानी दिने प्रचलन छ । भ्रमणका क्रममा प्रधानसेनापति थापासँग त्यहाँका रक्षामन्त्री र सुरक्षा सल्लाहकारबीच भेटघाट हुने कार्यक्रम छ ।

भारतको छ दिने औपचारिक भ्रमण पूरा गरी प्रधानसेनापति थापा माघ २ गते स्वदेश फर्कनुहुने सैनिक प्रवक्ता गोकुल भण्डारीले जानकारी दिनुभयो ।

सैनिक प्रवक्तामा ढकाल

नेपाली सेनाले प्रवक्ताको जिम्मेवारी सहायकरथी यामप्रसाद ढकाललाई दिएको छ ।

पूर्वी पृतनामा चिफ अफ स्टाफको जिम्मेवारीमा रहनुभएका ढकाललाई जङ्गी अड्डाले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका प्रमुखसहित प्रवक्ताको जिम्मेवारी तोकेको हो ।

उहाँले आगामी सातादेखि जिम्मेवारी सम्हाल्नु हुनेछ । हालका प्रवक्ता एवं सहायकरथी गोकुल भण्डारीको सैनिक प्रतिष्ठान खरिपाटी भक्तपुरमा काज सरुवा भएको छ ।

उहाँले नयाँ प्रवक्तालाई आगामी साता जिम्मेवारीको बुझ बुझारत गर्नुहुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयबाट थाहा भएको छ । सैनिक प्रतिष्ठान खरिपाटीका प्रमुख एवं सहायकरथी सीताराम खड्काको मध्यपश्चिम पृतनामा सरुवा भएको छ ।