• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा ★   सत्संगको क्रममा भागदौड, ५० बढीको मृत्यु

ललितपुर बागडाेलमा भीषण अागलागी, साेफा डेकाेरमा क्षति



ललितपुरः ललितपुर जिल्लाको ललितपुर महानगरपालिका ४ नख्खुमा पुस २१ गते विहान भएको आगलागी एपीएफ टोली, नेपाली सेना, स्थानीय प्रहरी तथा दमकलको सहयोगमा नियन्त्रणमा ल्याइएको सशस्त्र प्रहरीले जनाएकाे छ ।
नख्खुमा रहेको दुई वटा काठ फर्निचरमा आगलागी भएको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा ललितपुर नम्बर २१ गण तथा सशस्त्र प्रहरी बल नेपाल कारागार सुरक्षा बेस नख्खुबाट तत्कालै एपीएफ टोली खटिएको थियो ।
उक्त आगलागी नियन्त्रणमा एपीएफ टोलीको साथै जुद्ध बारुण यन्त्रको दुई वटा दमकल, भक्तपुरको दुई वटा, ललितपुरको दुई वटा र नेपाली सेनाको एक वटा दमकलको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा ल्याइएको हो ।
उक्त काठ फर्निचर उद्योगमा कामदारहरुले आगो ताप्ने क्रममा सो आगलागी भएको बताइएको छ । उक्त आगालागीबाट करीब ४० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।