• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा ★   सत्संगको क्रममा भागदौड, ५० बढीको मृत्यु

सरकार संस्थागत भ्रष्टाचारमा ओर्लियो –सहमहामन्त्री डा.महत




काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले वर्तमान सरकार संस्थागत भ्रष्टाचारमा ओर्लिएको आरोप लगाएका छन् ।
नेपाल राष्ट्रिय मगर संघद्धारा मोरङको लेटाङमा आयोजित प्रदेश नम्बर १ स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै डा.महतले भने, यो सरकार संस्थागत भ्रष्टाचारमा ओर्लिएको छ यसको पछिल्लो उदाहरण वाइडबडी खरिद प्रकरण हो ।
डा.महतले वाइडबडी खरिद प्रकरणलाई सरकारले जतिधेरै टालटूल गरे पनि भ्वाङ देखिइसकेको दृष्टान्त पेश गर्दै यस अनियमितताको नेपाली काँग्रेसले सशक्त विरोध गर्ने बताए ।
उनले भने– सरकारले जति नै धेरै जोगाउन खोजेपनि यस प्रकरणका कैयौँ अनियमिता उद्घाटित भइसकेको र त्यसलाई सार्वभौम संसदको संसदीय समितिले सार्वजनिक गरिसकेकोले अब त्यसका आधारमा कारबाही गर्ने या संवैधानिक निकायले छानबीन गर्ने बाहेकको अरु कुनै पनि कार्य काँग्रेसलाई मान्य हुदैन ।
सहमहामन्त्री डा.महतले वर्तमान सरकारले लगानीको वातावरण निर्माण गर्नुको सट्टा झन बिगारेको र यसको असर देखा परिसकेको बताए । नेपालमा लगानीको वातावरण नरहेको र यो कुरा नेपालमा वैदेशिक लगानी घटेकोले प्रमाणित भइसकेको उनको भनाई थियो ।
यो या त्यो गरिदिन्छौँ भनेर झुटो आश्वासन दिएर सत्तामा आएका कम्युनिष्टहरुको वर्षदिनको कामले जनतामा व्यापक निराशा पलाएको तथा उनीहरुका नक्कली आश्वासन जनताले बुझिसकेको पनि उनले बताए ।
दुई तिहाइको भनिएको अहिलेको सरकारबाट जनता आहात भएका, करैकरले थिचेर नागरिकमा वितृष्णा छाएको, उद्योगी व्यावसायीहरुलाई आतंकित बनाइएको, प्रेसलाई तर्साएर आफ्नो नियन्त्रणमा राख्ने प्रयत्न गरिएको तथा देशको कर्मचारी बर्गलाई त्रसित बनाएर पार्टीको नियन्त्रणमा राख्ने दुश्प्रयास गरिएको सहमहामन्त्री डा. महतको भनाई थियो ।
उनले नेपाली काँग्रेसले नै शान्ति स्थापना, संविधान लेखन र संविधान जारी गर्ने कार्यको नेतृत्व गरेको ताजा इतिहास सबैका सामु छर्लंगै हुदाहुदै पनि अहिलेको कम्युनिष्ट सरकारले काँग्रेसले केही गरेको छैन भनेजस्तो गरेर दुश्प्रचार मात्र गरिरहेको डा.महतले बताए ।
नेपाली काँग्रेसको नेतृत्वमा निर्माण र जारी भएको वर्तमान संविधानले नेपालमा जनजाति, महिला तथा पिछडिएको बर्गलाई अधिकार प्रदान गरेको उनले स्मरण गरे । उनले नेपालको एकीकरण तथा अन्य महत्वपूर्ण प्रजातान्त्रिक आन्दोलनहरुमा समेत नेपालका मगर समुदायको उल्लेखनीय भूमिका रहेको स्मरण गरे ।