• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

दीपक मनाङ्गेले पनि आइतबार सपथ लिने




काठमाडौँ । प्रदेश सभामा मनाङ जिल्लाबाट निर्वाचित भएका दीपक मनाङ्गेले आइतबार प्रदेश सांसद पदको सपथ लिने भएका छन् । मनाङ्गेको सपथको लागि आइतबार गण्डकी प्रदेशको प्रदेशसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको समाचारमा जनाइएको छ । उनी प्रदेश सांसदमा निर्वाचित भएका थिए । तर ज्यान मार्ने उद्योगमा उनलाई प्रहरी मुद्दा हालेको थियो । सोही कारण उनले सपथ लिन पाएका छैनन् ।
मनाङ्गेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको छ । तर उनलाई सर्वाेच्चले रिहा गर्ने आदेश दिएको थियो । त्यसैले उनी गतहप्ता मात्र सार्वजनिक भएका हुन् ।
टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त रेशम चौधरीले सांसद पदको सपथ लिएपछि मनाङ्गेलाई पनि सपथको बाटो खुलेको अनुमान गरिएको थियो । सोही कारण मनाङ्गे आइतबार सपथका लागि पोखरा जाने भएका छन् । उनी अहिले काठमाडौँमै छन् । सपथका लागि भोलि उनी पोखरा जान लागेको उनको पारिवारिक स्रोतले जनाएको छ ।