• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा ★   सत्संगको क्रममा भागदौड, ५० बढीको मृत्यु

फोरममा हाम्रो कम्युनिष्ट पार्टी समाहित




काठमाडौँ – सङ्घीय समाजवादी फोरम नेपालमा ‘हाम्रो कम्युनिष्ट पार्टी नेपाल’ समाहित भएको छ । यहाँ आज आयोजित कार्यक्रममा उक्त पार्टी फोरममा समाहित भएको फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

समाहित कार्यक्रममा उपप्रधान तथा स्वास्थ्यमन्त्री तथा फोरमका अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई समृद्धि बनाउन साना पार्टीसँग एकता गरेर पार्टीलाई बलियो बनाउन थालिएको बताउनुभयो ।

उहाँले पार्टी मजबुद भए मात्र मुलुकको विकास हुने भएकाले विचार मिल्ने पार्टीसँग एकता गरिएको बताउनुभयो । कार्यक्रममा फोरमका सहअध्यक्ष श्रेष्ठले सङ्घीय शासन प्रणालीलाई संस्थागत गर्नका लागि पार्टी एकताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

उहाँले समाजवादी, लोकतान्त्रिक र प्रगतिशील शक्तिबीच एकता गर्दै लैजाने भन्दै नयाँ ढङ्गको पार्टी बनाउनका लागि सिद्धान्त, सङ्गठन र कार्यशैली मिल्ने पार्टीसँग एकता गरिएको बताउनुभयो ।

कार्यक्रममा हाम्रो कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष हीरालाल गजुरेलले फोरमसँग विचार मिल्ने भएकाले एकता गरिएको बताउनुभयो । यसअघि उक्त पार्टीमा प्रकाश अधिकारीको नेतृत्वको पार्टी नेपाल कम्युनिष्ट पार्टी (संयुक्त माक्सवादी) एकीकरण भएको थियो ।

(रासस)