• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा ★   सत्संगको क्रममा भागदौड, ५० बढीको मृत्यु

कांग्रेस सांदसले गरे यस्तो कमाल, तलबभत्ता सामाजिक सेवामा



काठमाडौं । पछिल्लो समय सरकारका मन्त्री, सांसद तथा तिनका आफन्तले विभिन्न बहानामा सुविधाको दुरुपयोग गरेको चर्चा चुलीमा छ । तर, गण्डकी प्रदेशका दुई सांसदले भने आफूले बुझ्ने तलबभत्तासमेत सामाजिक कार्यमा खर्च गर्दै आएका छन् । गोरखा क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित सांसद प्रकाशचन्द्र दवाडीले प्राप्त सबै तलबभत्ता सामाजिक सेवामा खर्चेका हुन् । दवाडीले पारिश्रमिक र भत्तामा केही रकम थप गरी समाजसेवामा लगाएको बताएका छन् । सांसद दवाडीले पनि सबै विवरण सार्वजनिक गर्ने नयाँ पत्रिकालाई जानकारी दिए । दवाडी कांग्रेसबाट निर्वाचित सांसद हुन् ।

कहाँ–कहाँ खर्चिए दवाडीले तलबभत्ता
सांसद प्रकाशचन्द्र दवाडीले आफ्नो निर्वाचन क्षेत्र भित्रका ३ वटा विद्यालयलाई ५५ हजार ५ सय ५५ रुपैयाँका दरले अक्षयकोष निर्माणका लागि रकम प्रदान गरेको जनाएका छन् । यसैगरी, भूकम्पले भत्काएको मन्दिर निर्माणका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ, २ वटा प्राविलाई ५० हजारका दरले आर्थिक सहयोग, ४ ठाउँमा एम्बुलेन्स किन्नका लागि ५० हजारका दरले सहयोग, भवन निर्माण प्रयोजनका लागि एउटा आमा समूहलाई ५० हजार सहयोग र अर्को आमा समूहलाई भवन निर्माणकै लागि एक लाख रुपैयाँ सहयोग गरेको उनले बताए ।

स्थानीय युवा क्लबलाई ५० हजार र गुरुङ समुदायको ल्होसार मनाउन २५ हजार सहयोग गरेको उनले बताए । तर कति सहयोग भयो भन्ने विषयमा पूरै विवरण उतार्न नभ्याएको उनको भनाइ छ । ‘मेरो तलबभत्ता आउने खातामा कति आएको छ हिसाब गरेको छैन,’ उनले भने, ‘आवश्यक सहयोग गर्न चेक काटेर दिएको छु, नपुगेको पैसा केही आफैँ पनि खातामा जम्मा गरिदिन्छु, पछि सबै स्टेटमेन्ट निकालेर सार्वजनिक गर्छु ।’ नयाँ पत्रिका दैनिकमा खबर छ ।