![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
![](https://newspolar.com/wp-content/uploads/2018/12/Accident-nepal.jpg)
भक्तपुर । सूर्यबिनायक नगरपालिका–५ सल्लाघारी चोकस्थित सिर्जनानगरबाट दुवाकोटतर्फ जाँदै गरेको बा ९४ प ७१७४ नं को मोटरसाइकल अनियन्त्रित भई आज दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा चालक भक्तपुरको चाँगुनारायण नगरपालिका–४ बस्ने २९ वर्षीय शहीद तामाङको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।
दुर्घटनामा मोटरसाइकलमा सवार दुईजना घाइते भएको र तामाङको उपचारको क्रममा इवामुरा अस्पताल सल्लाघारीमा मृत्यु भएको र अर्का घाइते चाँगुनारायण नपा ४ बस्ने २७ वर्षीय सेरवबहादुर तामाङको सोही अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।