• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   वर्षाबाट धेरै क्षति हुनसक्ने ३४ जिल्लामा रेड अलर्ट ! ★   एसइईको पुरक परीक्षा साउन २३ देखि ३१ सम्म ★   जर्जियामाथि सहज जितसहित स्पेन युरो कपको क्वाटरफाइनलमा, जर्मनीसँग भिड्ने ★   अन्तिम समयमा दुई गोल गर्दै इंग्लयाण्ड युरो कपको क्वाटरफाइनलमा ★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल

अस्पतालबाट डिस्चार्ज भएसँगै म्याराडोना फेरी मेस्सीको आलोचनामा उत्रिए



अर्जेन्टिनी विश्वकप विजेता म्याराडोना फेरी लियोनल मेस्सीको आलोचनामा उत्रिएका छन्। ग्यास्ट्रिकका बिरामी म्याराडोना पेटमा देखा परेको समस्याका कारण अस्पताल भर्ना भएका थिए।

उनी शुक्रबारमात्र अस्पतालबाट डिस्चार्ज भएका हुन्। म्याराडोनाले फेरी मेस्सीको नेतृत्वदायी क्षमतामा प्रश्न उठाए।

गत वर्षको अक्टोबर महिनामा समेत म्याराडोनाले मेस्सीको नेतृत्वमा प्रश्न गरेका थिए। उनले मेस्सी खेलपूर्व २० पटक ट्वाइलेट जाने खेलाडी भएको बताएका थिए।

‘म मेस्सीलाई सम्मान गर्दछु। उनी उत्कृष्ट खेलाडी हुन्। तर उनीसँग नेतृत्वदायी क्षमता छैन।’ म्याराडोनाले अर्जेन्टिनी पत्रिका ओलेसँग भने,‘यदी म राष्ट्रिय प्रशिक्षक भएको भए। म मेस्सीलाई अन्तर्राष्ट्रिय दायित्वमा फर्काउन चाहान्न थिए। मलाई लाग्छ अर्जेन्टिनीहरुले मेस्सीसँग ठूलो विश्वास गर्नु अर्थहिन छ।’

कुनै समय उनी मेस्सीलाई विश्वकै उत्कृष्ट फुटबलर मान्दथे। यतिबेला तिनै म्याराडोनाले मेस्सी अर्जेन्टिनाको कप्तानको भूमिका सम्हाल्न नसक्ने खेलाडी भएको बताउदै आएका छन्।

यसअघि तिनै म्याराडोनाले सन् २०१० को विश्वकप फुटबलमा अर्जेन्टिनाको कप्तानीको जिम्मा मेस्सीलाई दिएका थिए।

त्यसबेला उनी प्रशिक्षक थिए। सन् २००६ को विश्वकपमा मेस्सी १८ वर्षका थिए। मेस्सीको सोही विश्वकप डेब्यू थियो। एक खेलमा मेस्सीलाई टोलीमा नराख्दा म्याराडोना साह्रै रिसाएका थिए।

उनले मेस्सीलाई टोलीमा अटाउनुपर्ने भन्दै अर्जेन्टिनाका फुटबल अधिकारीसँग झगडा समेत गरेका थिए।