३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य

विदेशमा एक वर्षमा ८७८ श्रमिकको मृत्यु

विदेशमा एक वर्षमा ८७८ श्रमिकको मृत्यु
अ+ अ-

काठमाडौँ — वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्युदर पछिल्ला दिन भयावह देखिएको छ । अस्वस्थ खानपिन, दुर्घटना र अनुपयुक्त बसाइ मृत्युको प्रमुख कारण मानिएका छन् । पेसागत र पारिवारिक तनावले आत्महत्या दर पनि बढेको छ ।

एक वर्षयता मात्र ८ सय ७८ जनाको मृत्यु भएको छ । यिनमा ३५ जना महिला छन् । नेपाली दूतावासका अनुसार सबभन्दा बढी मलेसियामा ३ सय २२, साउदी अरबमा २ सय ८, कतारमा १ सय ४१, यूएईमा १ सय ३, कुवेतमा ४८, दक्षिण कोरियामा २६, ओमनमा ११, बहराइनमा १०, जोर्डनमा ४, इजरायलमा ३, युगान्डा र नाइजेरियामा एक/एक नेपालीको ज्यान गएको छ ।
श्रमिकलाई पर्याप्त अभिमुखीकरण तालिम नहुँदा कम उमेरमै मृत्युको सिकार हुनुपरेको साउदी अरबका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले बताए । ‘अभिमुखीकरण तालिम नाउँ मात्रैको भयो,’ उनले भने, ‘निजी क्षेत्रले जस्तो दिन्छ, त्यसैमा निर्भर छ ।’कार्यक्षेत्रबाहिर बढ्दोउल्लिखित तथ्यांकमध्ये झन्डै ७.७४ प्रतिशत अर्थात् ६८ जनाको मात्रै कार्यक्षेत्रमा मृत्यु भएको हो ।
गन्तव्य देशका सरकारले कार्यक्षेत्रको दुर्घटना दर नियन्त्रण गरेकाले त्यहाँको मृत्युदर कम देखिएको राजदूतहरूको बुझाइ छ । ‘हाम्रा श्रमिकको ठूलो संख्या निर्माण क्षेत्रमा छ । मृत्युदर निर्माण क्षेत्रभन्दा बाहिर बढी छ,’ कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले भने, ‘क्याम्पभित्रको मृत्युदर चिन्ताजनक छ ।’
काम सकेर क्याम्पमा आराम गरिरहेका बेला मृत्यु हुनेको संख्या २४.०३ प्रतिशत अर्थात् २ सय ११ छ । दिनभर सकुशल काम गरेका श्रमिक अचानक हृदयाघात, मस्तिष्कघातको सिकार हुने गरेका छन् । ‘कोही त खाना खाइवरि बेडमा पल्टेकाहरू बिहान मृत अवस्थामा फेला पर्छन्,’ कोइरालाले भने, ‘यस्तो हुनुको ठ्याक्कै कारण छैन ।’
कतिपयले अस्वस्थ बसाइ र खानपिन अनि दिनभर चर्को घाममा काम गरेर चिसो कोठामा बस्दा यस्तो हुने बताउने गरेका छन् । श्रमिकहरू भने खानपिन र बसाइलाई मूल कारण ठान्छन् । ‘राति पाकेको खाना भोलिपल्ट दिउँसो खानुपर्छ । त्यो विषमा परिणत हुन्छ,’ गैरआवासीय नेपाली संघ, साउदीका अध्यक्ष नारायण पासवानले भने, ‘श्रमिकले स्वस्थ खाना नै पाउँदैनन् । फेरि बेलाबेला स्वास्थ्य परीक्षण गराउने बानी छैन ।’
मलेसियाको अवस्था झन् डरलाग्दो छ । चिसो मौसम भए पनि अस्वस्थ खानपिनका कारण यहाँ सबैभन्दा बढी ३६.७ प्रतिशतको मृत्यु भएको छ । यहाँ सहज रूपमा पाइने अस्वस्थ मदिराको सिकार न्यून आम्दानीका श्रमिक भइराखेको नेपाली दूतावासको भनाइ छ । ‘कम आय भएका श्रमिकले उच्चकोटिको मदिरा खाँदैनन् । उनीहरू घरेलु रूपमा उत्पादित मिसावटयुक्त मदिरा पिउँछन् । यसले भित्रभित्रै शरीरलाई खत्तम पारेको थाहा पाउँदैनन्,’ एक अधिकारीले भने, ‘ती श्रमिकलाई कसले सम्झाउने ?’
आत्महत्या र सडक दुर्घटनादूतावासहरूका अनुसार श्रमिकको आत्महत्या दर डरलाग्दो रूपमा बढिरहेको छ । कार्यस्थलमा रोजगारदाताले गर्ने दुव्र्यवहार र पारिवारिक मनमुटाव यसको मूल कारण औंल्याइएको छ । एक वर्षमा १५.२६ प्रतिशत अर्थात् १ सय ३४ श्रमिकले आत्महत्या गरे ।
‘कोरियामा धेरै आर्थिक आम्दानी छ तैपनि उनीहरू खुसी देखिँदैनन् । कोरियाको डरलाग्दो अवस्था नै आत्महत्या हो,’ कोरियास्थित श्रम सहचारी डिल्ली बाँस्तोलाले भने, ‘श्रमिकलाई मानसिक समस्या धेरै देखिन्छ ।’
कोरियापछि बढी आत्महत्या मलेसिया (४३), यूएई (३३) र कतार (२०) मा देखिन्छ । ‘एकातिर सोचेजस्तो काम र तलब हुँदैन । ऋणको भार थपिएको हुन्छ । अर्कातिर परिवारसँग पनि मनमुटाव भइरहन्छ,’ मलेसियास्थित श्रम काउन्सेलर बद्री कार्कीले भने, ‘विदेशमा रहेका श्रीमान्/श्रीमतीलाई घरपरिवारबाट पनि अनावश्यक तनाव पुग्ने काम गर्नुभएन ।’
एक वर्षमा सडक दुर्घटनामा १७.१९ प्रतिशत अर्थात् ६८ जनाको ज्यान गयो । जेद्दास्थित नेपाली महावाणिज्यदूत रेवती पौडेलले बाटो काट्न नजान्दा अकालमा ज्यान गइरहेको बताए । ‘गाडी १ सय २० को गतिमा दौडिरहेको हुन्छ । फेरि नेपालमा जस्तो दायाँ होइन, बायाँ साइडबाट गाडी कुदाइन्छ । गाडी परै छ भनेर फराकिलो सडक काट्न दौडिन्छ । कतिखेर कुन गाडीले भेट्छ पत्तै पाइँदैन,’ पौडेलले भने ।
सुनुवाइ हुँदैनश्रमिकको सुरक्षाका लागि सतर्कता अपनाउन सम्बन्धित निकायलाई आग्रह गरे पनि सुनुवाइ नहुने राजदूतहरूको गुनासो छ । ‘हरेकले भाषणमा दैनिक विमानस्थलमा कतिवटा शव आउँछन् भनेर फलाकिरहेको हुन्छ । हामीले न्यूनीकरणका लागि सुझाव पठाउँछौं, कतै सुनुवाइ हुँदैन,’ एक अधिकारीले भने ।
कुवेतका लागि राजदूत यज्ञ हमाल अभिमुखीकरण गुणस्तरीय बनाउनुको विकल्प नभएको बताउँछन् । ‘अहिले जसरी अभिमुखीकरण गरिन्छ, यो ठीक छैन,’ उनले भने, ‘हरेक देशको आफ्नै खालको विशिष्टता छ । पेसागत हिसाबले थाहा पाउनुपर्ने कुरा अलगअलग छन् । यी सबैलाई समेट्ने तालिम दिनुपर्छ ।’
दूतावासले जागरण कार्यक्रम चलाए पनि पर्याप्त छैन । ‘हामीले श्रमिकको स्वास्थ्य परीक्षण गर्दै आइरहेका छौं,’ ओमनका लागि राजदूत शर्मिला पराजुली ढकालले भनिन्, ‘श्रमिकहरू गन्तव्य मुलुकमा आउने बेलामै आवश्यक सूचना दिन जरुरी छ । यता सबै श्रमिक रहेको ठाउँमा पुग्न जटिल छ ।’
श्रममन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीलाई जोखिमयुक्त बनाउन कार्ययोजना बनाएर सुधार गरिरहेको बताए । ‘श्रमिकको जीवन सुरक्षित बनाउन हामीले गन्तव्य देशका सरकारसँग नजिकबाट काम गरिरहेका छौं,’ उनले भने, ‘अहिले त श्रम सम्झौतालाई नै परिमार्जन गर्नेदेखि नयाँसग श्रम्झौता गर्ने काम भइरहेको छ ।’ उनले अभिमुखीकरण तालिमकोपाठ्यक्रम परिमार्जन गरिएको बताए ।

(हाेम कार्की, कान्तिपुर दैनिकबाट साभार)