• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्छ: उपसभापति वाग्ले ★   टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसक्योः रोहित ★   अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी ★   सिभिल सहकारीको सम्पत्ति हड्प्न सिभिल मलका मालिक लालकाजी र मिनाले मुद्दा हालेको पीडित बचतकर्ताहरुको आरोप ★   हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी ★   भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौँः मन्त्री श्रेष्ठ ★   एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान ★   राप्रपा भक्तपुर अध्यक्षमा कार्की निर्वाचित ★   प्राकृतिक सम्पदाको उपयोगबाट आत्मनिर्भरता बन्दै म्याग्दी ★   स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड

प्रतिबन्धहरु फुकुवा गर्न निःशस्त्रीकरणमा प्रभावशाली कदम आवश्यक – राष्ट्रपति मून



सियोल ।  दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनले आणविक निःशस्त्रीकरणमा ठोस र छिटोछिटो काम गर्न उत्तर कोरियासँग आग्रह गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति मूनले विश्व समुदायले उत्तर कोरियाली आणविक निःशस्त्रीकरणलाई जतिसक्दो चाँडो कार्यान्वयनमा आएको हेर्न चाहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “मलाई विश्वास छ, उत्तर कोरियाले व्यवहारिक ढङ्गबाट आणविक निःशस्त्रीकरणलाई जतिसक्दो चाँडो सम्बोधन गर्नेछ । उत्तर कोरियाको आणविक निःशस्त्रीकरण प्रक्रियामा जतिचाँडो काम हुनसक्यो उति चाँडो अन्तर्राष्ट्रिय प्रतिबन्धहरु फुकुवा हुनेछन् ।” 

संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीच कसले पहिले के गर्ने भन्नेमा विवाद रहेकै अवस्थामा राष्ट्रपति मूनको विचार सार्वजनिक भएको हो । 

संयुक्तराज्य अमेरिकाले पहिले आणविक निःशस्त्रीकरण गर्नुपर्ने शर्त राखिएको छ भने उत्तर कोरियाले अमेरिकासँग भएको सम्झौता बमोजिम आणविक निःशस्त्रीकरणका सबालमा धेरै काम गरिसकेकाले पहिले प्रतिबन्धहरु फुकुवा हुनुपर्ने अडान राख्दै आएको छ । यिनै विवादलाई लिएर बेलाबखत दुबै मुलुकबाट एकअर्काप्रति लक्षित आरोप प्रत्यारोप चल्ने गरेको छ । 

राष्ट्रपति मूनले संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीचको यही मतभिन्नताले अविश्वास र शत्रुता बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । 

“मेरो सोचाईमा दुबै पक्ष जानकार छन् । उत्तर कोरियालाई अन्तर्राष्ट्रिय प्रतिबन्धहरु अन्त्यका लागि बढी ठोस आणविक निःशस्त्रीकरण कदमहरु चाल्न आवश्यक छ भन्ने राम्रैसँग थाहा छ । अमेरिकाले पनि उत्तर कोरियाको आणविक निःशस्त्रीकरणलाई प्रोत्साहित गर्न आवश्यक छ भन्ने बुझेको छ ।” 

राष्ट्रपति मूनले थप्नुभयो, “तैपनि, आपसी मतभिन्नताका कारण दुबै देशले अरुका कुरा सुन्नु परेको छ । मेरो विचारमा त्यहीकारण अहिलेसम्म दोस्रो अमेरिका–उत्तर कोरिया शिखर बैठक हुन सकिरहेको छैन ।” 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता कीम जोङ–उनबीच सन् २०१८ को जुन महिनामा सिंगापुरमा पहिलो ऐतिहासिक शिखर बैठक भएको थियो । राष्ट्रपति मूनले दोस्रो शिखर बैठक चाँडै हुने विश्वास व्यक्त गर्नुभयो । उत्तर कोरियाली नेता कीमको यसैसाता भएको चीनको भ्रमणले त्यसैलाई सङ्केत गर्दछ । 

“अध्यक्ष कीमको चीन भ्रमणले दोस्रो उत्तर कोरिया–अमेरिका बैठक अब टाढा छैन भन्ने सङ्केत गरेको छ । चीनले अन्तर–कोरियाली संवादमा विगतमाझैं सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास छ,” राष्ट्रपति मूनले भन्नुभयो । 

उहाँले उत्तर कोरियाली नेता कीमले निकट भविष्यमा दक्षिण कोरियाको भ्रमण गर्ने विश्वास व्यक्त गर्नुभयो । यो भ्रमण सम्भवतः अमेरिकी राष्ट्रपति डोनाल्डसँगको भेटलगत्तै हुनेछ । 

“दक्षिण कोरिया भ्रमणका लागि अध्यक्ष कीमले व्यक्तिगत रुपमै प्रतिज्ञा गर्नुभएको छ र घोषणा पनि भएको छ । तर यो कुरा उत्तर कोरिया–अमेरिकाबीचको दोस्रो शिखर बैठकसँग पनि जोडिएको छ,” राष्ट्रपति मूनले भन्नुभयो । 

राष्ट्रपति मूनले अन्तर्राष्ट्रिय प्रतिबन्धहरु फुकुवा हुनासाथ उत्तर कोरियासँग आर्थिक सम्बन्धहरु पुनः स्थापित गर्ने बताउनुभयो । “हाम्रो अर्थतन्त्रमा पछिल्लो समय केही समस्या देखिएका छन् । विश्व व्यापारमा तनाबको स्थिति पनि छ । तर, मेरो विश्वासमा उत्तर कोरियासँगको
आर्थिक सहयोग र सम्पर्कले नयाँ, महत्वपूर्ण वृद्धिमा सघाउनेछ ।”