१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ राहत र पूर्वाधार सामग्री बोकेको चिनियाँ विमान काठमाडौ आईपुग्यो एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ भोटेकोशी बाढी: २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियामा एक नेपाली विद्यार्थी बेपत्ता



अ+ अ-

काठमाडौँ । अष्ट्रेलियाको एक नेपाली विद्यार्थी बेपत्ता भएका छन्।

अष्ट्रेलियाको न्यु साउथ वेल्स र भिक्टोरिया राज्यको सीमामा पर्ने अल्वरीस्थित मुर्रे नदीमा पौडी खेल्नेक्रममा २१ वर्षिय विगुल पण्डित डुबेर बेपत्ता भएको नेपाली दूतावासले जानकारी दिएको छ ।

बुधबार साँझ सात बजेतिर उनि बेपत्ता भएको खबर पाए लगतै प्रहरी, एम्बुलेन्सका कर्मचारी र स्वयमसेवक घटना स्थलमा पुगेका थिए । स्थानिय प्रहरीले खोजी तिब्र पारेपनि नदिको पानी धमिलो भएकाले खोजी कार्य प्रभावित भएको सञ्चार माध्यमहरुले जनाएका छन् ।

हराईरहेका पण्डित चाल्स स्टर्ट विश्वविद्यालयमा अध्ययनरत थिए। पण्डित पहिलो पटक नदीमा पौडी खेलिरहेका थिए।
प्रत्यक्षदर्शीका अनुसार घुँडासम्म आउने पानीमा बिगुल साथीभाईसँग पानी छ्यापाछ्याप र फुटवल खेल्दै रमाईलो गरिरहेका थिए। अचानक गायब भएपछि सबै जना मिलेर खोजे पनि फेला पारेका थिएनन्।