• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   ‘ट्र्याक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र ★   वर्षाबाट धेरै क्षति हुनसक्ने ३४ जिल्लामा रेड अलर्ट ! ★   एसइईको पुरक परीक्षा साउन २३ देखि ३१ सम्म ★   जर्जियामाथि सहज जितसहित स्पेन युरो कपको क्वाटरफाइनलमा, जर्मनीसँग भिड्ने ★   अन्तिम समयमा दुई गोल गर्दै इंग्लयाण्ड युरो कपको क्वाटरफाइनलमा ★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली

सबै रोगको एउटै औषधि सिटामोल !



वीरगञ्ज । सबै रोगको एउटै औषधि सिटामोल । सुन्दा अचम्म लाग्छ तर यो सत्य हो ।

नेपालको संविधान, २०७२ ले प्रत्येक नेपाली नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने हक सुनिश्चित गरे पनि पर्सा जिल्लाको दुर्गम गाउँका स्वास्थ्य चौकीमा सिटामोलबाहेक अत्यावश्यक औषधि भने पाइँदैन ।

सङ्घीय सरकारले स्वास्थ्य चौकीलाई ३९ प्रकारका औषधि दिने गरेपनि अधिकांश स्वास्थ्य चौकीमा सिटामोलबाहेक अन्य औषधिबाट स्थानीय जनता वञ्चित हुँदैआएका छन् । सरकारले स्वास्थ्य चौकीमा सबै प्रकारको औषधि पठाए पनि सेवाग्रहीले सिटामोलबाहेक अन्य औषधि पाएका छैनन् । सरकारले दिने अन्य औषधि आखिर कहाँ जान्छ त रु जिराभवानी गाउँपालिका–३, नेकपाका नेता भोला महतो थारु भन्नुहुन्छ, “राम्रो तथा महँगो औषधि कर्मचारीले नै बाहिरको औषधि पसलमा बेच्ने गर्छन् ।”

स्वास्थ्य चौकीमा सञ्चालक समिति नभएकाले कर्मचारीले मनपरी अन्य औषधि नजिकको औषधि पसलमा बेच्ने गरेको बताइन्छ । निर्मलबस्तीका पूर्वअध्यक्ष लालबहादुर श्रेष्ठले कर्मचारीतन्त्रकै कारण स्थानीयवासी आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुँदै आएका छन् ।

पर्सा जिल्लामा ८२ वटा स्वास्थ्य चौकी छन् । सामान्य उपचार मात्र हुने स्वास्थ्य चौकीमा गम्भीर प्रकृतिका बिरामी आए उपचारका लागि सहर पठाउनुपर्ने बाध्यता छ । पकहामैनपुरमा रहेका सबै स्वास्थ्य चौकीका अहेब अनिलकुमार यादव भन्नुहुन्छ, “गाउँपालिकाले अन्य औषधिभन्दा सिटामोल बढी दिने गरेकोले यस्तो स्थिति आएको हो ।” उहाँका अनुसार विगतमा जिल्ला जनस्वास्थ्य कार्यालय मातहतमा हुँदा सबै औषधि उपलब्ध हुने गथ्र्यो तर स्थानीय निकायमा गाभिएपछि सिटामोल, ब्रुफेनजस्ता औषधि बढी आउने गर्छन् ।

सरकारले क्षयरोगको बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराएपनि पर्सागढी नगरपालिका–६ चैनपुरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रले उक्त रोगको औषधि नभएको भनी फर्काउने गरेको स्थानीयवासीको गुनासो छ । तर वडाध्यक्ष किशोरी राउत अहिरले गुनासोलाई मिथ्या भन्दै क्षयरोग लगायतका सबै औषधि प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क पाउने गरेको दावी गर्नुभयो ।

अहिले ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य चौकीहरूमा अति आवश्यक पर्ने केडिनालिन, चारकोल जस्ता औषधिहरु डेढ वर्ष देखि छैन तर सिटामोल, ब्रुफेन जस्ता औषधिहरू व्यापक मात्रामा रहेको स्वास्थ्य चौकी पकहामैनपुरका हेल्थ असिष्टेण्ट विष्णु महतराको भनाइ छ ।

ल्याब, एकसरे मेशिन नभएकोले समान्य जाँचका लागि बिरामीहरूलाई समस्या पर्ने गरेको स्वास्थ्य चौकीका कर्मचारीहरू बताउँछन् । सङ्घीयता लागू हुनुभन्दा अघि जनस्वास्थ्य कार्यालयले सरकारको मापदण्डअनुसार सबै औषधिहरू स्वास्थ्य केन्द्रमा पठाउने गर्दथ्यो तर स्थानीय सरकारको मातहतमा स्वास्थ्य चौकी गएपछि सिटामोल, ब्रुफेन, अलबेण्डाजोल जस्ता औषधिहरू मात्र पाइने गरेकाले सेवाग्रहीहरू आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित हुँदै आएका छन् ।

पर्सा जिल्लामा एक महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिका गरी १४ स्थानीय तहमा ८३ स्वास्थ्य चौकीहरू छन् ।