२५ जेष्ठ २०८३, सोमबार
,
Latest
अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा. केसीको माग ‘विशुद्ध व्यावसायिक हो कि ? अरु केही खिचडी सिचडी के हो ?’: सञ्चारमन्त्री बाँस्कोटा



अ+ अ-

काठमाडौं । सरकारले चिकित्सा शिक्षासँग जोडिएका डा. गोविन्द केसीको अधिकांश माग पूरा गदिसकेको बताएको छ ।

शिक्षा तथा स्वास्थ्य समितिको निर्णयपछि डा. केसीले अनसन नबसि उत्सव मनाउन जुट्नु पर्नेमा केसीले त्यसको ठिक बिपरीत कार्य गरेको सरकारका प्रवक्ता बास्कोटाको टिप्पणी छ ।

मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गोकुल बास्कोटाले भने, ‘केसीले उठाएका मागहरु सबै पूरा भइसकेका छन् त्यसैले अनशन बस्न छाडेर अस्पतालमा बिरामीहरुको सेवा गर्न आउनुपर्छ।’

केसीले अरु विषयमा केके मिटिङ बैठक गर्नुहुन्छ, क–कसको अनुरोधमा माग राख्नुहुन्छ थाहा नभएको मन्त्री बास्कोटाले टिप्पणी गरे ।

डा. केसीले उठाएका द्वन्द्वकालीन मुद्दा लगायतका मागतर्फ संकेत गर्दै उनले भने, ‘विशुद्ध व्यवसायिक हो कि अरु केही खिचडी सिचडी केके हो हेर्नुहोला ।’

डा.केसी भने १० साउनमा आफूसँग भएको सहमति विपरीत चिकित्सा शिक्षा विधेयक अगाडि बढाएको भन्दै बुधबारदेखि इलाममा आमरण अनसन बसेका छन् ।