१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा. केसीको माग ‘विशुद्ध व्यावसायिक हो कि ? अरु केही खिचडी सिचडी के हो ?’: सञ्चारमन्त्री बाँस्कोटा



अ+ अ-

काठमाडौं । सरकारले चिकित्सा शिक्षासँग जोडिएका डा. गोविन्द केसीको अधिकांश माग पूरा गदिसकेको बताएको छ ।

शिक्षा तथा स्वास्थ्य समितिको निर्णयपछि डा. केसीले अनसन नबसि उत्सव मनाउन जुट्नु पर्नेमा केसीले त्यसको ठिक बिपरीत कार्य गरेको सरकारका प्रवक्ता बास्कोटाको टिप्पणी छ ।

मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गोकुल बास्कोटाले भने, ‘केसीले उठाएका मागहरु सबै पूरा भइसकेका छन् त्यसैले अनशन बस्न छाडेर अस्पतालमा बिरामीहरुको सेवा गर्न आउनुपर्छ।’

केसीले अरु विषयमा केके मिटिङ बैठक गर्नुहुन्छ, क–कसको अनुरोधमा माग राख्नुहुन्छ थाहा नभएको मन्त्री बास्कोटाले टिप्पणी गरे ।

डा. केसीले उठाएका द्वन्द्वकालीन मुद्दा लगायतका मागतर्फ संकेत गर्दै उनले भने, ‘विशुद्ध व्यवसायिक हो कि अरु केही खिचडी सिचडी केके हो हेर्नुहोला ।’

डा.केसी भने १० साउनमा आफूसँग भएको सहमति विपरीत चिकित्सा शिक्षा विधेयक अगाडि बढाएको भन्दै बुधबारदेखि इलाममा आमरण अनसन बसेका छन् ।