• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   वर्षाबाट धेरै क्षति हुनसक्ने ३४ जिल्लामा रेड अलर्ट ! ★   एसइईको पुरक परीक्षा साउन २३ देखि ३१ सम्म ★   जर्जियामाथि सहज जितसहित स्पेन युरो कपको क्वाटरफाइनलमा, जर्मनीसँग भिड्ने ★   अन्तिम समयमा दुई गोल गर्दै इंग्लयाण्ड युरो कपको क्वाटरफाइनलमा ★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल

उपमहान्यायाधिवक्ताको पनि राजिनामा



वासिङ्टन डिसि ।  अमेरिकी उच्च अधिकारीहरुले राजिनामा दिने क्रममा उप महान्यायाधिवक्ताले पनि राजिनामा दिन लाग्नुभएको छ । 
निर्वाचनका बेला रुसको संलग्नताका बारेमा अनुसन्धान गर्ने जिम्मेवारीमा रहनुभएका उप महान्यायाधिवक्ता रोड रोसेन्स्टैनले राजिनामा दिन लाग्नुभएको हो । 
महान्यायाधिवक्तामा मनोनित विलियम बारले पनि राजिनामा दिने अपेक्षा गरिएको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् । 
तर उहाँलाई राजिनामा दिन दवाव नपरेकाले उहाँले राजिनामा नदिनु भएको पनि समाचारमा उल्लेख छ । 
उपमहान्यायधिवक्ता रोसेन्स्टेनले भने राजिनामा दिने आफ्नो निर्णयका बारेमा ह्वाईट हाउस र राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जानकारी गराईसकेको बताउनुभएको छ । 
ट्रम्पले यसअघिका महान्यायाधिवक्ता जेफ सेसन्सलाई पनि बर्खास्त गर्नु भएको थियो । सेसन्सले राष्ट्रपतिसमक्ष दिएको राजीनामामा महान्यायाधिवक्ताको पद छाड्ने निर्णय आफ्नो नभएको स्पष्ट पार्नु भएको थियो । उहाँले राष्ट्रपतिको आग्रहमा आफूले राजीनामा दिन लागेको उल्लेख गर्नु भएको थियो । 
विगत केही महिनाको अवधिमा दर्जन भन्दा बढी उच्च पदस्थ सरकारी अधिकारीहरूले राष्ट्रपति ट्रम्पसँगको सहकार्य तोडिसकेका छन् । 
कतिपयलाई राष्ट्रपति ट्रम्पले निस्कासन गर्नु भएको हो भने कतिपयले काम गर्न नचाहेको भन्दै पद त्याग गरेका छन् । 
गृह मन्त्री रयन जिङ्क, राष्ट्रसंघका लागि अमेरिकी प्रतिनिधि निक्की हेली, रक्षा मन्त्री जेम्स माटिस, विदेश मन्त्रालयका मुख्य कर्मचारी रेयर एड्माइरल केभीन स्विनीलगायतले गत केही महिनामा राजिनामा दिनु भएको छ । 
—