• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   जर्जियामाथि सहज जितसहित स्पेन युरो कपको क्वाटरफाइनलमा, जर्मनीसँग भिड्ने ★   अन्तिम समयमा दुई गोल गर्दै इंग्लयाण्ड युरो कपको क्वाटरफाइनलमा ★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार

राष्ट्रपतिकै सहभागितामा कसरी मनाइयो पृथ्वी जयन्ती हेर्नुहोस पाँच फोटोमा




काठमाडौँ । नेपाल राष्ट्रको एकीकरणका नायकका रुपमा सम्मानित पृथ्वीनारायण शाहको जन्मदिन आज नेपालमा २९७आँै पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवसका रुपमा उच्च सरकारी सहभागितामा मनइएको छ । कार्यक्रममा राष्ट्रपति विद्या भण्डारी नै सहभागी भएकी छिन् ।


सिंहदरबारको मूलद्धार अगाडि उपस्थित भएर राष्ट्रपति भण्डारीले त्यहाँ रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरिन् । सरकारले सार्वजनिक विदा नदिएपनि पृथ्वी जयन्तीको कार्यक्रममा उच्च सहभागिता जनाएर पृथ्वी जयन्ती मनाएको छ ।


प्रज्ञा भवनबाट बाजागाजासहित शुरु भएको र्यालीमा उपप्रधानन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, सञ्चारमन्त्री गोकुल बास्कोटा सहभागी भएका थिए । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपालको एकीकरण अभियानमा पृथ्वीनारायण शाहलाई सम्मान गर्दा निरंकुश राजतन्त्रको कुरा नगरेको बताए ।


अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानलगायतले आयोजना गरेको शोभायात्रा कार्यक्रममा उनले छरिएर रहेको नेपाल एक बनाउने अभियन्ताका रूपमा शाह रहेकाले सरकारले उनको जन्मजयन्तीलाई सम्मान गरेको बताए । “नेपालमा रहेका धर्म, संस्कृति भाषालाई गोलबद्ध गर्ने काम उहाँले गर्नुभयो”, उपप्रधानमन्त्री पोखरेलले भने, “त्यसैले उहाँको सम्झनामा एकीकरण दिवस मनाइएको हो ।”
पृथ्वीनारायण शाहले मुलुकलाई एकताबद्ध नगराएको भए अहिलेजस्तो नेपाली स्वाभिमान, स्वाधीन र स्वतन्त्र नहुने उनको भनाइ थियो । रक्षामन्त्री पोखरेलले कुनै सिद्धान्तमा नभई उहाँले गरेको कामलाई सम्मान गर्न दिवस मनाइएको बताए ।