![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
![](https://newspolar.com/wp-content/uploads/2019/01/Padma_Aryal.jpg)
काठमाडौं । नेपाल सरकारले डेढ वर्षअघि रोक लगाएको जग्गा कित्ताकाट फुकुवा गरेको छ ।
खेतियोग्य जमिन मासिदै गएका कारण सरकारले रोकेको कित्ताकाट प्रकिया फेरी फुकुवा गरेको हो ।
अब सम्बन्धित स्थानीय तहले खेतीयोग्य जग्गा होइन भनेर सिफारिस गरेपछि जग्गा कित्ताकाट गर्न पाइने भूमि ब्यवस्थामन्त्री पद्मा अर्यालले जानकारी दिइन् ।
रोक्का गर्दा ब्यबहारिक कठिनाइ भएको र बिभिन्न विकृति भएका कारण जग्गा कित्ताकाट खुला गर्नुपरेको उनको प्रष्टीकरण छ ।
२०७४ साउन २६ मा जग्गा खण्डिकरण रोक्न गरेको निर्णय खारेज गरिएको मन्त्रालयले जनाएको छ ।