• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   ‘ट्र्याक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र ★   वर्षाबाट धेरै क्षति हुनसक्ने ३४ जिल्लामा रेड अलर्ट ! ★   एसइईको पुरक परीक्षा साउन २३ देखि ३१ सम्म ★   जर्जियामाथि सहज जितसहित स्पेन युरो कपको क्वाटरफाइनलमा, जर्मनीसँग भिड्ने ★   अन्तिम समयमा दुई गोल गर्दै इंग्लयाण्ड युरो कपको क्वाटरफाइनलमा ★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली

विवेकशील साझा पार्टीमा विभाजन



काठमाडौँ : विवेकशील साझा पार्टी विभाजन भएको छ । पार्टीका वैचारिक दृष्टिकोणमा असहमति जनाउँदै नेता उज्वल थापाको नेतृत्वमा एक समूह विभाजित भएको हो ।

नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको प्रदेशसभा सदस्य विराजभक्त श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार ३७ सदस्यीय केन्द्रीय समिति रहेका उक्त पार्टीका १६ जना निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि गएका हुन् ।

संयोजक रवीन्द्र मिश्र पक्षले त्यसमाथि छलफल गर्नुको साटो छ जना केन्द्रीय सदस्य सिफारिस गर्ने, विभागहरु भङ्ग गर्ने र महिला तथा युवा सङ्गठन बनाउने सिफारिस गरेको जनाइएको छ । विवेकशील र साझा पार्टीबीच २०७४ सालमा एकता भएको थियो ।

नयाँ दल दर्ता दुर्भाग्यपूर्ण

विवेकशील साझा पार्टीले उज्वलबहादुर थापाको नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिनु दुःखद् भएको जनाएको छ ।

पार्टीका प्रवक्ता डा सूर्यराज आचार्यले आज जारी गर्नुभएको विज्ञप्तिमा लाखौँ नेपाली नागरिकले आशा र विश्वासका साथ पार्टीलाई हेरेको परिस्थितिमा उक्त घटना दुर्भाग्यपूर्ण भएको उल्लेख गरिएको छ ।

यही पुस ३० गते हुन लागेको केन्द्रीय समितिको बैठकको तयारी गरेको अवस्थामा केही केन्द्रिय सदस्यले छुट्टै दल दर्ताका लागि निवेदन दिएको घटनाले पार्टीलाई आश्चर्यचकित बनाएको उक्त विज्ञप्तिमा पार्टीका सबै प्रदेश तथा जिल्ला संयोजक आ–आफ्नै जिम्मेवारीमा यथावत् क्रियाशील रहेको जनाइएको छ ।

पछिल्लो विकसित घटनाक्रमबाट संपूर्ण पार्टी सदस्य, पार्टी अभियानकर्ता, सम्पूर्ण शुभेच्छुकलाई विचलित नभई जिम्मेवारीप्रति सचेत रहन पार्टीले आग्रह गरेको छ ।