१४ भाद्र २०८३, आईतवार
,
Latest
सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह ‘यस कठिन घडीमा आईएमई प्रभावित नागरिकको पक्षमा उभिएको छ’ त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा सेनासहितको प्राविधिक टोली परिचालित बाढीपीडितका लागि यूएईले दियो १ करोड डलर, ८० टन राहत सामग्री पनि पठायो भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ” भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २ हजार ४९८ अझै सम्पर्कविहीन चीनबाट ५० टन राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा वेस्ट बैंकको जेनिनमा इजरायली हवाई आक्रमण, तीन प्यालेस्टाइनीको मृत्यु भोटेकोशी–त्रिशूलीमा बाढीको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस नेता रिजालले भने– शीतल निवासलाई नयाँ दरबार नबनाउँ



अ+ अ-


काठमाडौँ । कांग्रेस नेता मीनेन्द्र रिजालले प्रधानमन्त्री ओलीले आफ्नो सरकारबाट भए गरेका कामकाबारेमा दिएको विवरण सर्वथा झुटो भएको आरोप लगाएका छन् । उनले भने– प्रधानमन्त्रीले नै मुलुकलाई ढाँटेपछि के गर्ने ? उनले ब्यंग्य गर्दै भने– प्रधानमन्त्रीज्यू तपाईँको आफनो अभिव्यक्ति अरुलाई सुनाउनु भन्दा पहिले आफैँले ऐना अगाडि बसेर सुन्नुस्, त्यो कत्तिको झुठो छ तपाइँ आँफै थाहा पाउनुहुन्छ ।


प्रधानमन्त्री केपी शर्मा ओलीले पुस २२ गते संसदमा गरेको सम्बोधनमा पेश गरिएका तथ्य र तथ्याङ्क यथार्थ नभएको उनको भनाई थियो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि सरकारको यो कार्यको आलोचना गरेको छ ।


आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर डा.रिजालले राष्ट्रपतिका लागि सरकारले नयाँ गाडी र हेलिकप्टरको व्यवस्था गर्न लिएको निर्णयको पनि विरोध गरे । उनले विभिन्न माध्यमबाट आएका टिप्पणीप्रति असन्तुष्टि जनाउँदै यस्ता गतिविधिले लोकतन्त्र कमजोर हुने भन्दै सरकारमाथि प्रहार गरेका थिए ।


सरकारको निर्णयबाट १८ करोडकोे गाडी, डेढ अर्बको हेलिकप्टरमा चढाउने र पुरानो भन्दा पनि बढी भोगविलासीतर्फ नयाँ दरबारलाई लान खोजिएको उनको आरोप थियो । उनले भने– यसरी गणतन्त्र बलियो हुँदैन, नेपाल जे छ, जस्तो छ जनताको आर्थिक अवस्था जस्तो छ त्यहि सुहाउँदो राष्ट्रपतिलाई सुविधा दिनुपर्छ ।

जनताले भोकभोकै बसेर राष्ट्रपतिलाई बिलासी बनाउने पक्षमा नेपाली जनता छैनन् । उनले भने– प्रधानमन्त्रीज्यू राष्ट्रपति निवास शीतल निवासलाई नयाँ दरबार नबनाउँ ।