• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

चीनको कोइला खानीमा दुर्घटना, २१ जनाको मृत्यु



बेइजिङ । चीनको एउटा कोइलाखानीमा भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या २१ जना पुगेको छ ।

अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार चीनको उत्तरी साङ्सी प्रान्तको एक कोइला खानीमा जमिनमुनि ८७ जना कार्यरत रहेका बेला शनिबार दिउँसो उक्त दुर्घटना भएको थियो ।

दुर्घटनालगत्तै पुरिएकाको उद्धार थालिएको थियो । खानीमा हराएका दुई जनालाई आइतबार बिहान मृत अवस्थामा भेटिएको स्थानीय अधिकारीहरुले बताएका छन् ।

अन्य ६६ जनालाई भने कोइलाखानीबाट सकुशल उद्धार गरिएको अधिकारीहरुलाई उद्धृत गर्दै चिनियाँ सञ्चार माध्यम सिन्ह्वाले जनाएको छ । निजी कम्पनी बाइजी माइनिङद्वारा सञ्चालित खानीमा भएको उक्त दुर्घटनाका बारेमा अनुसन्धान भइरहेको छ ।

पर्याप्त सुरक्षा व्यवस्थाको अभावमा चीनमा कोइलाखानीमा यस्ता दुर्घटना बेलाबेलामा भइरहने गरेका छन् । ठूला सरकारी उद्योगको तुलनामा निजी क्षेत्रबाट सञ्चालित कोइला उद्योगमा सुरक्षा व्यवस्था कमजोर रहने गरेको छ ।

कोइला उत्पादनमा सुधार ल्याउन तथा गैर कानुनी उद्योगहरु बन्द गर्न पहल गरिए पनि खानी दुर्घटनाका समाचारहरु आइरहने गरेका छन् । गत वर्ष डिसेम्बरमा पनि चीनको दक्षिण पश्चिममा भएको कोइला खानी दुर्घटनामा सात जना कामदारको मृत्यु हुनुका साथै अरु तीन जना गम्भीर घाइते भएका थिए ।

चीनको राष्ट्रिय कोइला खानी सुरक्षा प्रशासनका अनुसार सन् २०१७ मा कोइला खानीमा कार्यरत तीन सय ७५ जनाको मृत्यु भएको थियो । अघिल्लो वर्षको तुलनामा यो करिब २८ प्रतिशतले न्यून हो ।