६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

साझा प्रकाशनको धर्ना स्थगित

साझा प्रकाशनको धर्ना स्थगित
अ+ अ-

काठमाडौँ । बक्यौताको ५० प्रतिशत रकम पाउने भएपछि साझा प्रकाशनमा गत साउनदेखि धर्नामा रहेका अवकाशप्राप्त कर्मचारीले आन्दोलन स्थगित गरेका छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयमा आज प्रकाशनको व्यवस्थापक र आन्दोलनरत पक्षबीच भएको वार्तामा सो सहमति भएको हो । उत्पादनविहीन र रुग्ण बनेको सो संस्थाका अवकाशप्राप्त कर्मचारीको पाउनुपर्नेमध्ये ५० प्रतिशत रकम समानुपातिक रुपमा वितरणका लागि हालै अर्थ मन्त्रालयबाट रु आठ करोड ६४ लाख २४ हजार निकासा भएको थियो ।

मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा भएको वार्तामा बाँकी रकमका लागि मन्त्रालय, साझाको व्यवस्थापन र अवकाशप्राप्त कर्मचारीले सामूहिक रुपमा पहल गर्ने सहमति भएको प्रकाशनका महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले जानकारी दिनुभयो ।

बैठकमा सचिव मैनालीले संस्थाका व्यवस्थापक र कर्मचारीलाई उत्पादन र काममा लाग्न निर्देशनसमेत दिनुभएको छ । सो प्रकाशनमा विगतमा उमेरहद, स्वेच्छिक अवकाश र राजनीनामा गरी कूल १२८ पूर्वकर्मचारीले अवकाश हुँदा बढी पाउनुपर्ने रकमको करीब ३० प्रतिशत मात्र यसअघि भुक्तानी पाएका थिए ।

सहमतिबमोजिम आफूहरुले बाँकी रहेको रकम यथाशीघ्र पाउने अपेक्षाका साथ धर्नाको कार्यक्रम स्थगन गरेको वार्तामा सहभागी आन्दोलनरत अवकाशप्राप्त कर्मचारीका प्रतिनिधि दीपक अधिकारीले बताउनुभयो । उक्त रकम वितरणका लागि मन्त्रालयबाट लेखा हेर्ने एक प्रतिनिधि प्रकाशनमा जानेछन् ।

आफूहरुले पाउनुपर्ने रकम नपाए पुनः बहाली गरिनुपर्ने र रकम भुक्तानी गरिनुपर्ने माग राख्दै पूर्वकर्मचारीले आन्दोलन गरेपछि पछिल्लो पाँच महीनामा सो प्रकाशनका उत्पादन र कामको वातावरण बिथोलिएको थियो ।

महाप्रबन्धक शर्माले सोमबारदेखि रकम वितरण र उत्पादन सञ्चालन हुने जनाउँदै आफैँ सक्षम हुनुपर्ने संस्थामा सधँै सरकारबाट ल्याएर कर्मचारीको सेवासुविधा दिनुपर्ने अवस्था दुःखद् रहेको बताउनुभयो । उहाँले आफूले संस्था सुधार, विगतको अनियमितताको छानबिन र कर्मचारी कटौतीका योजना अघि सारे पनि सञ्चालक समिति र कर्मचारीबाट पर्याप्त सहयोग नमिलेको गुनासो गर्नुभयो । सो संस्थाको अध्यक्ष र नेपाल सरकारबाट मनोनित हुने तीन सदस्यको आधिकारिकताबारे विवाद कायम रहेकाले लामो समयदेखि सञ्चालक समितिको बैठक बस्ने सकेको छैन ।